-सुनिलकुमार लो
कञ्चनपुर, २१ असोज ।
पुनर्वास नगरपालिकाका असिस्टेन्ट सब ईञ्जिनियर लालमन तामाङसहित आठजनामा कोरोना पुष्टि भएको छ । तामाङ लगायत पुनर्वास २ ईट्टा भट्टीटोलका चारजना, दुई सुरक्षाकर्मी र पुनर्वास ८ का एक गरी पुनर्वासका आठ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । तामाङले गत असोज १९ गते स्वाब परिक्षण गरेका थिए । तामाङसहित पुनर्वासमा आठ जनालाई कोरोना संक्रमणको रिपोर्ट आज प्राप्त भएको हो ।
गत आईतवारदेखि सामान्य रुघा र हल्का ज्वरो आईरहेपनी आफूलाई त्यतीधेरै अप्ठेरो भने नभएको, दैनिक ब्याट्मिन्टन लगायत खेलकुद गतिविधिमा संलग्न भैइरहेको अ.स.ई. लालमन तामाङले बताए । "आफूलाई कोरोना पोजेटिभ आएको खबरले चिन्तित तुल्याएपनि आफूभन्दा ज्यादा चिन्ता आफ्नो सम्पर्कमा आएका अनगिन्ती व्यक्तिहरुको लागीरहेको छ । मेरो सम्पर्कमा आउनुभएका सबैलाई कोरोना परिक्षण गर्न र थप होशियारी अपनाउन आग्रह गर्दछु" तामाङले कुराकानीको क्रममा बताए ।
आज कोरोना संक्रमणको पुष्टि भएका पुनर्वास २ ईट्टाभट्टी टोलका चारजना व्यक्तिहरु गोरे बोगटी, करन बोगटी, लक्ष्मी बोगटी र सुभाष बोगटी गत आइतबार कोरोना संक्रमण र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएकी सुत्केरी महिलाका परीवारका सदस्यहरु हुन । त्यसैगरी अन्य तीन जना ललित बि.क.र कोपिला श्रेष्ठ इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी जवान र रामे कामी पुनर्वास ८ का बासिन्दा भएको पुनर्वास नगरपालिकाका स्वास्थ्य प्रमुख राम बहादुर धामीले बताए ।
केही समययता पुनर्वासमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । गत आईतवार मात्रै ईलाका प्रहरी कार्यालय पुनर्वासका ईञ्चार्ज प्र.नि. कैलाशसिंह बिष्टलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।
No comments:
Post a Comment