Wednesday, October 7, 2020

कोरोना संक्रमित बढदै जाँदा अस्पतालमा बेडको अभाव


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण दर वृद्धि भएसँगै अस्पतालहरुमा बेडको अभाव हुँदै गएको बताएका छन् । उनले बिरामीहरुलाई पायक पर्ने स्थानमा बेड उपलव्ध हुन नसकेको भन्दै यस महामारीको अवस्थामा सबै सरकारी तथा निजी अस्पतालहरुले कोभिडका विरामीहरुको उपचार  व्यवस्था गर्न आवश्यक रहेको पनि बताएका छन् ।
उनले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको भन्दै अब अस्पतालले नधान्ने पनि बताएका छन् ।  ‘विशेषगरी काठमाडौँ उपत्यकामा संक्रमितहरुको उपचार व्यवस्थापन गर्न थप चुनौती बढेको अवस्था छ’, बुधबारको नियमित प्रेस ब्रिफिगमा प्रवक्ता गौतमले भने, ‘यही तरिकाले संक्रमण बढ्दै जाने हो भने अस्पतालले यो भार थाम्न सक्दैन ।’ 

उनले भिडभाड नगर्न आग्रह गर्दै ‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्ने भान’ भएको बताए । ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ’ गौतमको भनाइ छ ।

No comments:

Post a Comment