Wednesday, October 7, 2020

कर्मचारीलाई कोरोना देखिएपछि पुनर्वास नगरपालिकामा सम्पूर्ण सेवा बन्द


-यम प्रसाद आचार्य 
कञ्चनपुर, २१ असोज ।
पुनर्वास नगरपालिकाका असिस्टेन्ट सव-ईञ्जिनियर लालमन तामाङलाई कोरोना संक्रमण पुष्टि भएसंगै बुधबार नगरपालिकाले एक सूचना जारी गरि अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । नगरप्रमुख जीवनराज थापा र प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टद्वारा हस्ताक्षरीत सो सूचनामा सामाजिक दुरी लगायतका स्वास्थ्य मापदण्ड पूरा गरि अत्यावश्यक सेवा भने लिन सकिने सर्वसाधारणलाई जानकारी गराएको छ ।
पुनर्वास नगरपालिकाका असिस्टेन्ट सब ईञ्जिनियर लालमन तामाङसहित आठजनामा बुधबार  कोरोना पुष्टि भएको हो । तामाङ लगायत पुनर्वास २ ईट्टा भट्टीटोलका चारजना, दुई सुरक्षाकर्मी र पुनर्वास ८ का एक गरी   आठ जनामा कोरोना पुष्टि भएको पुनर्वासका स्वास्थ्य प्रमुख रामबहादुर धामीले जानकारी  गराएका छ्न  ।  

No comments:

Post a Comment