असोज ५ बर्दिया /सीमा सुरक्षाका लागि खटियकाे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागु’पदा’र्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेकेा सशस्त्र प्रहरि सिमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए । बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतको सीमा सुरक्षा चेकपोष्ट कट्टीको टोलीले २३ किलो ५ सय ग्राम चरे’स पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए। सहायक प्रहरि निरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सिमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागु’पदा’र्थ सहित पक्राउ गरेको रावतले जानकारी दिए। स्थानिय बुद्धि दमाईको घरमा चरे’स लुकाएको जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगर बाट ५.५ किलो अफि’म र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफि’म र ५ किलो चरे’श बरा’मद भएको हो । बरा’मद गरिएको लागू’औष’ध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको शसस्त्र प्रहरीले जनाएको छ। निर्मलाको साथबाट शसस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि कको र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत ले जानकारी दिए ।
No comments:
Post a Comment