Wednesday, October 21, 2020
बेलौरी वडानम्बर ७ को नवनिर्मित भवनको उदघाटन, सबै वडामा भवन बन्नेक्रम जारी !
यम प्रसाद आचार्य बेलौरी/ कञ्चनपुर, कार्तिक ०५ कंचनपुरको बेलौरी नगरपालिका वडानम्बर ७ को नवनिर्मित सुविधा सम्पन्न भवनको बुधबार उदघाटन भएको छ । त्यसैगरी अन्य वडामा पनि तीब्र रुपमा भवन बन्ने क्रम जारी छ। बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख चौधरीले नवनिर्मित भवनको उदघाटन गर्नुभएको हो । कार्यक्रममा उपमेयर चित्र कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरी, कर्मचारी, जनप्रतिनिधी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।
भवन उदघाटन गर्दै नगर प्रमुख चौधरीले चुनावी प्रतिज्ञा सँगै अब सिहदरवार गाउँ-गाउँमा पुगेको बताउनु भयो। उहाँले भवन निर्माण सँगै वडाले अब सहज र छिटो छरितो तरिकाले सेवा पुर्याउन टेवा पग्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाले भवन अभावका कारण छिटोछरितो सेवा पुरयाउन गाह्रो भएको स्मरण गर्दै अब त्यो समस्या टरेको जिकिर गर्नु भयो। उहाँले नगरका सबै वडामा भवन निर्माण कार्य भैरहेको बताउदै अब नगरपालिका पुर्वाधारयुक्त दिशामा उन्मुख भएको पनि जिकिर गर्नुभयो। त्यसरी नै नगर प्रवक्ता बिनोद नेपालीले यसै आर्थिक बर्षमा सबैवडा पुर्वाधारयुक्त हुने बताउनु भएको छ। उहाँले वडा नम्बर ४ र ५ ले साविक को श्रीपुर गा.वि.स भवन, ८ ले साबिक रामपुर बिलासपुरको गा.बि.स भवन र २ ले साबिक लक्ष्मिपुर गा.बि. स भवन प्रयोग गर्ने र वडा नम्बर १,३ र ५ को दशै लगत्तै भवन निर्माण सुरु हुने र अन्य वडामा निर्माण कार्य भैरह्र्काले छिट्टै सबै वडाको आफ्नै भवन बन्ने बिश्वास व्यक्त गर्नुभयो । भवन उदघाटन पछी खुशी साट्दै वडा अध्यक्ष प्रकाश श्रेष्ठले वडाका काम गर्न सजिलो हुने र सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ।
एक करोड १५ लाख लागत स्टमेट भएपनि ६४ लाखमा सम्झौता गरेको लटैनाथ निर्माण सेवाले सम्झौता अबधि भन्दा अगाबै भवन हस्तान्तरण गरेको हो। यसरी निर्माण व्यवसायी कालुसिह विष्टले समय अगावै काम गरेको भन्दै उनलाई सम्मान सहित पुरस्कार दिईएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment