यम प्रसाद आचार्य , कञ्चनपुर, २८ कार्तिक । दार्चुला बाट महेन्द्रनगरका लागि छुटेको यात्रु बाहक बस बैतडीको खोड्पे नजिकै दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति ९ बजेतिर भीरबाट ५०० मिटर खसेर दुर्घटना भएको हो । ४० भन्दा बढी सवार उक्त बसको दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये ७ जनाको अवस्था गम्भीर भए पछि उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । तर अझै सम्म मृतक र घाइतेहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। तिहार मुखमै भएको यस भयानक दुर्घटनाले सुदुरपश्चिमलाई शोकमय बनाएको छ।
No comments:
Post a Comment