Friday, November 27, 2020

खानेपानी मन्त्री बिना मगरद्वारा जनकल्याण मा.वि.को निरीक्षण सम्पन्न


-सुनिलकुमार लो
कञ्चनपुर, १२ मङ्सिर ।
नेपाल सरकारका खानेपानी मन्त्री  बिना मगरले  पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार  निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे ।
जनकल्याण मा.वि.को स्थापना मन्त्री बिना मगरको बुवा चन्द्रबहादुर मगरको पहलकदमीमा वि.सं.२०४७ सालमा भएको थियोे । उहाँ विद्यालयको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म विद्यालयलाई नेतृत्व प्रदान गरेर विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन प्रभावकारी भूमिका खेल्नुभएको थियोे ।
अनुगमनका क्रममा मन्त्री बिना मगरले विद्यालयमा रहेका समस्याहरुलाई  समाधान गर्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गरीने प्रतिवद्धता व्यक्त गर्नुभएको थियोे ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले विद्यालयको मुख्य भवन अत्यन्त जिर्ण भई बर्षातमा चुहिने भएको र मानवीय क्षति समेत हुने सम्भावना बढेकाले यस समस्यालाई मन्त्री मगरले गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने कुरामा विद्यालय परीवार आशावादी रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा पुनर्वास ईञ्चार्ज स्थीर प्रसाद घिमिरे, नेकपा नेता रामबहादुर देवकर, पुनर्वास ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सिना, विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेल तथा विद्यालयका शिक्षकहरुको उपस्थिति थियोे ।

No comments:

Post a Comment