Monday, November 30, 2020

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वास र लालझाडीमा अस्पताल भवन शिलान्यास,पुनर्वास र बेलौरी र लालझाडीमा अस्पताल बन्ने


कञ्चनपुर, १५ मङ्सिर ।
पुनर्वासको त्रिभुवन स्वास्थ चौकीमा खानेपानी मन्त्री बिना मगरले सोमबार एक कार्यक्रम बिच पन्ध्र सैयाको अस्पताल भवन शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा  प्रदेशसभा सदस्य तथा नेकपा सुप सचेतक तारालामा तामाङ्ग , पुनर्वास नगरपालिका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट धामी साथै जनप्रतिनिधिहरुको उपस्थिति थियोे । त्यसैगरी आजै मन्त्री मगरले लालझाडी गाउँपालिकामा पनि अस्पताल भवनको शिलान्यास गर्नुभएको थियोे ।
त्यसैगरी बेलौरी नगरपालिकाको श्रीपुर स्वास्थ्य चौकीमा पनी पन्ध्र शैयाको अस्पताल भवनको शिलान्यास भएको छ । बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीले सोमबार एक कार्यक्रम बिच अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने योजना अनुसार सो कार्यक्रम भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल बनाउन लागेको हो ।  । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । 
 सरुवा रोगका बिरामीलाई हरेक प्रदेश प्रदेशमा सेवा पुरयाउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । 
स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेेेे कार्यक्रम थियोे । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियोे । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो । 
प्रदेश नं १ को ८६ स्थानीय तह, प्रदेश नं २ को ५३ स्थानीय तह, वाग्मती प्रदेशमा ५१ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ५७ स्थानीय तह, कर्णाली प्रदेशमा ४२ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ५४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । 
पाँच शैयाको अस्पतालका लागि रु. ७० लाख, १० शैयाका लागि रु. ८५ लाख र १५ शैयाका लागि रु. एक करोड रकम निकासा भएको छ ।  

No comments:

Post a Comment