Thursday, December 10, 2020
अब कोहि पनि भुमिहिन हुँदैन, सबैजना जमिन मालिक बन्छ्न - मन्त्री मगर
२५ मंसिर, कंचनपुर/ नेपाल सरकार खानेपानी मन्त्री बिना मगरले भुमीहिन जनताको समस्या सधैकालागि समधान हुने बताउनु भएको छ। कंचनपुरको बेलडाँडि गाउँपालिको नवनिर्मित भवनको उद्धाटन गर्दै मन्त्री मगरले भूमिहीन जनतालाई जमिनको मालिक बनाउने योजना सरकारले अघि सारेर काम गरिरहेकाले अब सबै जमिनको मालिक बन्ने बताउनु भएको हो ! उँहाले चुनावमा प्रतिबद्धता गरे अनुसार नै सरकारले सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित बसोबसिलाई लाल पुर्जा दिने तयारी गरेको बताउनु भयो। बषौँदेखि जमिन नभएका, भूमिहिन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताउनु भयो । ‘जनता अब जमिनमा मालिक बन्छन, ‘उहाँले भन्नुभयो, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’ उहाँले संघीय सरकारले देशभरिका सय पालिकासँग सम्झौताकोे काम अघि बढाइरहेको त्यस मध्ये बेलडाँडी गाँउपालिका लगाएत कंचनपुरका अन्य पालिका पनि परेकाले छिट्टै यस कार्यले गति लिने जिकिर गर्नु भयो ! त्यस्तै मन्त्री मगरले लामो समय देखि कंचनपुरमा समस्याको रुपमा रहेको आरक्षपिडितको समस्या पनि कम्युनिस्ट सरकारकै नेतृत्वमा समाधान हुने बताउनु भयो। आरक्ष पिडितको समस्या घर घरमै गएर आफुले बुझेको स्मरण गर्दै समस्या समाधानको लागि आफू कटिबद्ध भएर लागेको बताउनु भएको छ। साथै उँहाले क्षेत्र नम्बर एकमा दिगो बिकासको शृङ्खला शुरु भैसकेकोले चाडै नै क्षेत्रको मुहार बदलिने बिश्वास ब्यक्त गर्नु भएको छ। उँहाले बिरोधका लागि बिरोध भन्दा बिकास निर्माणमा सबैलाई आवद्ध हुन अपिल समेत गर्नु भएको छ!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment