Thursday, December 10, 2020

प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या यसरी भएको थियोे


मोरङ, २५ मङ्सिर ।
मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको विप्लव समूहले घाँटी रेटेर हत्या गरेको छ ।
नेकपा विप्लव समूह मेची-कोशी व्युरोले सो हत्याको जिम्मेवारी लिएको छ ।
मिक्लाजुङ वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो ।
उहाँले प्रहरी उपरिक्षक सन्तोष खड्का नेतृत्वको प्रहरी टोली नै घटनास्थल पुगेको र हात बाँधेर घाँटी रेटेर हत्या गरिएको अबस्थामा शव फेला परेको जानकारी दिनुभयो ।
हत्या गर्नु अघि प्रधानाध्यापक श्रेष्ठलाई घरबाट अपहरण गरी लगिएको मोरङ प्रहरीले जनाएको छ ।
मिक्लाजुङ वडा नं. १ को घटनास्थल मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाको सिमाना र विकट ठाँउमा रहेकाले प्रहरीलाई घटनास्थल पुग्न धेरै समय लागेको थियो ।हालसम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । सो क्षेत्रमा प्रहरीले सर्च अपरेशन संचालन गरेको प्रदेश-१ प्रहरी कार्यालयले जनाएको छ ।
यसरी भयो हत्या
गत मंसिर २३ बिहान झिसमिसेमा नै रिचार्ज कार्ड किन्न शिक्षक राजेन्द्र श्रेष्ठ पसल पुगेका थिए। रिचार्ज कार्ड लिएर फर्कदै गर्दा उनको हत्या भएको हो ।
मोरङको उत्तरी भागमा पर्ने ठाउँ हो `बर्खे´। यो ठाउँ बिकटनै मानिन्छ यहाँ प्रहरी पुग्न समेत कठिन ठाउँ छ।यहीँको सरस्वती प्राथमिक बिधालयको प्रधानाध्यापक राजेन्द्रलाई उनको घरबाट ५०० मिटर पर लगेर हत्या गरियो।

प्रत्यक्षदर्शीका अनुसार ब्याउन भरेभोली भएको गाइको रेखदेखमा उनी गोठमा नै थिए।उनकी श्रीमती घरभन्दा अलि पर रहेको बाख्रा फार्ममा गएकी थिइन् ।त्यसैबेला ६ जनाको टोलि आएर केही कुरा सम्झाउनु छ भन्दै उनलाई लगियो।उनको हात पछाडि बाधेर लगिएको थियो।प्रत्यक्षदर्शीले सोध्दा एकैछिनमा पठाइदिहाल्छौ भन्ने जवाफ आयो।

यो कुरा थाहा पाएपछि गाउँका १२/१४ जना राजेन्द्र लाई पछ्याउँदै गए।पाँच सय मिटर जति उता गएपछि उहाँलाई गोली हानेर मारिएको अस्थामा भेटियो।भुइँमा रगत लतपतिएको थियो।त्यसरी लैजाने को थिए?भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।
दुईजना बाहेक अरुसबै मास्क लगाएर आएका थिए भने एकजनाले पेस्तोल बोकेको देख्न सकिन्थ्यो ।

दिउँसो २:०० बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन ।प्रहरीले विप्लव समुहले हत्या गरेको अनुमान गरेको छ तर पुष्टि भने भएको छैन ।

इलामको चुलाचुलीस्थित जोडिएको यो गाउँ दुर्गम मानिन्छ ।२०५४ सालदेखि राजेन्द्रले पढाउन थालेका हुन् ।स्कुलमा प्रधानाध्यापक सहित दुई शिक्षकको दरबन्दी छ।

मधुमल्ला देखि टाडी हुँदै बर्खे जाने बाटो गाउँले चन्दा उठाएर नै खनेका थिए।बर्खे बाट चन्दा सबैभन्दा बढी दिने राजेन्द्रनै थिए।त्यतिबेला राजेन्द्रले १ लाख चन्दा दिएका थिए।उनी हरेक सहयोग गर्नुपर्ने ठाउँमा उपस्थित हुन्थे।पेन्सन पाकिसक्दा पनि विद्यालयमा जनशक्ति नहुदा उनी पढाइरहेका थिए।

अब शिक्षक बाट अवकाश लिएर बाख्रा फार्म खोल्ने तयारीमा थिए।त्यसका लागि एक बर्ष अघि फर्म दर्ता समेत गरिसकेका छन् ।अहिले उनको खोरमा ४०/५० वटा बाख्रा छन् ।अबकाश पछि बाख्रा थप्ने उनको योजना थियो ।




No comments:

Post a Comment