काठमाडौ, ९ पुस ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट नेकपा ओली समूहको सुदूरपश्चिमको संयोजक बनेका छ्न ।
नेकपाको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । बैठकले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ।
त्यस्तै, प्रदेश नं १ मा सुवास नेम्वाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल र कर्णाली प्रदेशमा मणि थापालाई संयोजक तोकिएको महासचिव विष्णुप्रसाद पौडेलले जनाए ।
यसैबीच नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी सो केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै बदर गरेको छ।
No comments:
Post a Comment