कृष्ण बा बुढा मङ्सिर १८ बर्दिया /बर्दियाको बाँसगडि नगरपालिकामा आधारभूत अस्पताल भवन को शिलन्यास कार्यक्रम सम्पन्न भएको छ। सरकारले ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गर्ने कार्यक्रम मंसिर १५ गतेबाट सुरु गरेको हो । यसै क्रममा आज मंसिर १८ गते बर्दियाको बाँसगडि नगरपालिकामा १३ करोडको लगानीमा २५ शैयाको अस्पताल निमार्ण हुने भएको हो।
अस्पताल शिलन्यास कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन भइरहेको बताउदै स्वास्थ्य मन्त्रालयले ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु निमार्ण कार्य अगाडी बढाइसकेका कारण ‘ कुनै पनि स्थानिय निकायले जग्गा नभएर अस्पताल बनाउन सकिएन भन्न नपाउँने बताउनु भयो । अस्पताल निमार्णमा आर्थिक हिसाबले कुनै पनि कमी आउँन नदिने समेत प्रतिवद्धता गर्नु भयो ।
उक्त कार्यक्रममा बिशिष्ट अतिथि संघीय सांसद तुल्सा थापाले बोल्दै अब कुनै पनि नेपालीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुनपर्नै बताउनु भएको छ । अस्पताल निमार्णका लागि थप आर्थिक सहयोग चाहिएमा सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै सकारात्मक सोचका साथ सबैले होस्टेमा हैसे गर्दै अगाडी बढे अस्पताल छिट्टै नै सुचारु हुने छ र बर्दियाका बासिन्दाले थप उपचारका लागि बाह्य जिल्ला धाउनु नपर्ने बताउनु भयो ।
त्यसरी नै कार्यक्रममा आफ्ना भनाइ राख्दै नगर प्रमुख शालिकराम अधिकारिले सरकारले नागरिक हकका लागी स्वास्थ्य सेवाको सुनिश्चताता गरेको सेवालाई अब बाँसगढीका जनताले पनि २ वर्ष भित्रमा आधारभूत स्वास्थ्य सेवा विशेषज्ञका साथ लिन पाउने र पुर्व पश्चिम राजमार्गको नजिकै यो अस्पताल भएकोले भविस्यमा यो राजमार्गमा हुँदै आउने जाने र कुनै घटना हुँदा स्वास्थ्य सेवाको लागि लाभ लिन सकिने कुरा बताउनु भयो ।’यसरी नै अस्पताल निमार्णमा सबैको साथ र सहयोग पाएको खण्डमा सरकारले तोकेको समय अवधि भन्दा छिट्टै अस्पताल निमार्ण गरि सक्ने नगर प्रमुखले जिकिर गर्नुभयो ।
No comments:
Post a Comment