Friday, December 4, 2020

सभासद तारालामा तामाङद्वारा शववाहन खरीदका लागि आर्थिक सहयोग


धनगढी, १९ मंसिर ।
ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव वाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले २० हजार एक सय २३ रुपैया सहयोग गरेका छन् ।
नेकपाका नेता तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य लामाले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर २० हजार एक सय २३ रुपैया सहयोग गरेका हुन् ।
लामा कञ्चनपुरबाट सुदूर पश्चिम प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्र्फुत ढंगले देश विदेशबाट सहयोग जुट्न थालेको हो ।
अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया शव बाहनका लागि जम्मा गरेको छ । हालसम्म १४ लाख रुपैया भन्दा बढि संकलन भईसकेको छ ।
ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोग र सकारात्मक प्रतिबद्धताले अत्यन्त उत्साही भएको बताए ।
उनले शव बाहन खरीदका लागि आर्थिक सहयोग गरेकोमा नेकपाका नेता तथा सुदूर पश्चिम प्रदेश सभाका प्रमुख सचेतक लामा प्रति आभार व्यक्त गरे ।
पश्चिम टुडेबाट

No comments:

Post a Comment