Wednesday, December 2, 2020
कञ्चनपुरमा धार्मिक सहिष्णुताको अनौठो नमूना, वडा कार्यालय शिलान्यासमा लामा, पण्डित र पास्टरद्वारा सामुहिक पूजा आराधना
-सुनिलकुमार लो
कञ्चनपुर, १७ मङ्सिर
कञ्चनपुरमा धार्मिक सहिष्णुताको अनौठो नमूना देखिएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडानम्बर ३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा हिन्दु, बौद्ध र ईसाई धर्मका पण्डित, लामा र पाष्टर बोलाई पूजा आराधना गरिएको छ ।
ईसाई धर्मको तर्फबाट रेभ. पास्टर भीम बहादुर तामाङ, बौद्ध धर्मको तर्फबाट लामा गुरु क्षेत्र बहादुर लामा र हिन्दु धर्मको तर्फबाट पण्डित झलक प्रसाद खनालको उपस्थिति रहेको थियोे । तामाङ बाहुल्य रहेको सो क्षेत्रमा ईसाई धर्म मान्ने मानिसहरूको संख्या सबैभन्दा बढी रहेको छ भने थोरै संख्यामा बौद्ध र हिन्दु धर्म मान्ने मानिसहरू रहेका छ्न ।
वडा कार्यालय भवन शिलान्यास प्रदेश सभासद तथा नेकपा सुप सचेतक तारालामा तामाङ, पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्टले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, पुनर्वास ३ का वडाअध्यक्ष कृष्णबहादुर तामाङका साथै अन्य जनप्रतिनिधिहरु र सर्वासाधारणको उपस्थिति रहेको थियोे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment