नेकपाका नेता एवं पूर्वमन्त्री लालबहादुर विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर भएको छ । स्थिति गम्भीर भएपछि आईसियुमा राखेर उपचार गरिदैै छ । ब्रेन स्ट्रोकका विरामी विश्वकर्माको हाल ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरमा उपचार भईरहेको उहाँका छोरा सुरेश गजुरेलले हाम्रै साझा पत्रिकालाई जानकारी गराउनुभयो ।
कञ्चनपुर पुनर्वास ५ स्थायी घर भएका विश्वकर्मालाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि पुस २२ गते काठमाडौँ लगीएको थियो । जनसंख्या तथा वातावरण पूर्वसहायक मन्त्री विश्वकर्मा तत्कालीन नेकपा एमालेको नौं वर्ष कञ्चनपुर जिल्ला सचिव हुनुहुन्थ्यो भने हाल नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । विश्वकर्मा राष्ट्रिय सभाको पूर्वसदस्य समेत हुन । उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक श्रोतले बताएको छ ।
No comments:
Post a Comment