Sunday, September 5, 2021
पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार पदबाट हटाईए
कञ्चनपुर, २० भदौ ।
पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार पदबाट हटाईएका छ्न । सुनारलाइ सनिवार बसेको कार्यपालिका बैठकले नगर प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । सामाजिक सञ्जाल फेसबुकमा सनिवार लामो स्टाटस लेख्दै प्रवक्ता सुनारले सो बारेमा जानकारी गराएका हुन ।
आफुले फेसबुकमा शुद्ध राजनीतिक टिकाटिप्पणी गरेको र यहि विषयलाई लिएर पुनर्वास नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को प्रथम कार्यपालिकाको बैठकले आफुलाई लिखित स्पष्टीकरण मागेको तर नितान्त पार्टी र नेता सङ्गको राजनीतिक टिप्पणी मात्र गरेको र नगरपालिकामा कुनै पनि व्यक्ति तथा संस्थालाई आँच आउने काम नगरेको तथाा संस्थाको बदनाम हुने कुनै अनैतिक कार्य नगरेको हुँदा लिखित स्पष्टीकरण दिन आवश्यक नभएको प्रवक्ता सुनारले लेखेका छ्न । आफू नगर प्रवक्ताको पदमा बहाल रहँदा आफुलाई सहयोग गर्ने पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा सहित सम्पूर्ण शुभेच्छुकहरुलाई प्रवक्ता सुनारले धन्यवाद दिएका छ्न ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment