कोभिड १९ को महामारीका कारण लामो समयदेखि बन्द पुनर्वास नगरपालिकाका विद्यालयहरु भदौ २७ गते अगाडी नै खुल्ने भएका छ्न । पुनर्वास नगर शिक्षा समिति र नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।
यद्यपि संस्थागत केही विद्यालयले भने आज मंगलबार देखि नै भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सुरु गरेका छ्न ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशको निर्णय नं. २ मा सकेसम्म भर्चुअल माध्यमबाट पठनपाठन गर्ने/ गराउने तर भौतिक उपस्थितिमै पठनपाठन गराउनु पर्ने भए २०७८ श्रावणमा जारी गरेको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको प्रावधान भित्र रही विद्यालय खोल्न पाउने प्रावधान भए अनुसार विद्यालय खोल्ने निर्णय गरिएको हो । यसका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सूचनामा जनाईएको छ । सोमबार बसेको बैठकले स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको पालना भए नभएको स्थानीय निकायले कडाइका साथ अनुगमन गर्ने र नभएको पाईएमा तत्काल विद्यालय बन्द गर्न सकिने जनाईएको छ ।
No comments:
Post a Comment