पुनर्वास ५ का कार्यालय सहयोगी दिपक बहादुर श्रीमालको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पुनर्वासको टाउन बजारबाट ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती जाने मुख्य रोडमै मृत अवस्थामा श्रीमाल भेटीएका थिए । उनको नजिकै उनको मोटरसाइकल भेटिएकाले मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रत्यक्षदर्शीहरुले बताएका छ्न । आफै लडेर मृत्यु भएको वा कुनै सवारीसाधनमा ठोकिएको कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिहान करिब ४.५० बजेतिर आफुहरुलाई खबर प्राप्त भएको र आफुहरु त्यहाँ पुग्दा मृतक श्रीमालको शव तातो र रगत नजमेकै अवस्थामा भेटिएकाले ४.३० बजेतिर मृत्यु भएको अनुमान आफुले गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका ईञ्चार्ज नरेशराज मल्लले बताउनुभयो ।
शवलाई पोस्टमार्टमका पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि ईञ्चार्ज मल्लले बताउनुभयो ।
यसबिच कार्यालय सहयोगी श्रीमालको मृत्यु भएका कारण आज एक दिन पुनर्वास नगरपालिकाले शोक बिदा गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै पुनर्वास नगरपालिका र यस नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु तथा विषयगत
No comments:
Post a Comment