पुनर्वास नगरपालिकाको १२ औँ नगर सभा सनिवार सम्पन्न भएको छ ।
सात वटा प्रस्तावहरू पारित गर्दै १२ औँ नगर सभा सम्पन्न भएको हो । १२ औँ नगर सभामार्फत नगरप्रमुख तोयप्रसाद शर्माले चालु आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्मको चालु खर्च ३२.७० प्रतिशत र पुँजीगत खर्च १४.१० प्रतिशत खर्च गरेको बताए ।
स्थानीय तह संस्थागत सो मूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनको प्रारम्भिक नतिजा प्राप्ताङ्क ७२ अङ्क,वित्तीय मूल्याङ्कनको आर्थिक वर्ष २०७८/७९ को मूल्याङ्कनका ७६ अङ्क दाबी गरिएको छ । यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित आय व्यय ८४ करोड ४० लाख पुर्याउने लक्ष्य लिएको छ । १२ औँ नगर सभाले नगरपालिकाको आर्थिक,सामाजिक,सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुर्याएको भन्दै पुनर्वासमा कृयाशिल ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
चालु आर्थिक वर्षको रकम संशोधन गर्ने र आर्थिक वर्ष २०७९/८० मा निर्माण भएका कार्यविधि निर्देशिका अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
No comments:
Post a Comment