Sunday, January 15, 2023

कृष्णबहादुर तामाङको सभापतित्वमा नेपाल रेडक्रस सोसाईटी पुनर्वास उपशाखाको नयाँ कार्यकारी समिति गठन



कञ्चनपुर, माघ १ 
नेपाल रेडक्रस सोसाईटी पुनर्वास  उपशाखाको सभापतिमा कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । सनिवार सम्पन्न निर्वाचनमा  तामाङले १०१ मत प्राप्त गर्नुभएको थियोे । उनका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र सिंह धामीले ८६ मत प्राप्त गर्नुभएको थियोे । उपसभापतिमा कल्पना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १५१ मत प्राप्त गर्नुभएको थियोे ।उहाँका प्रतिद्वन्द्वी मेनुका उप्रेतीले १०४ मत प्राप्त गर्नुभएको थियोे । त्यसैगरी सचीवमा रुपेश खरेल विजयी हुनुभएको छ । उहाँले १७४ मत प्राप्त गर्नुभएको छ ।  । उहाँको प्रतिद्वन्द्वी रामनारायण कंडेलले ८९ मत प्राप्त गर्नुभएको थियोे । कोषाध्यक्ष पदमा कृष्णहरी पण्डित निर्विरोध चयन हुनुभएको थियोे । त्यसैगरी उपसचिव पदमा नवीन कुमार तिमल्सेना १४५ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी ओमनाथ ढकालले ११४ मत प्राप्त गर्नुभएको थियोे । उपकोषाध्यक्ष पदमा गौरव शर्माले १७७ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी श्याम परियारले ८५ मत प्राप्त गर्नुभएको थियोे  । त्यसैगरि महिला सदस्यमा देवी भट्ट १४५, सदस्यहरुमा अजय शर्मा १५९, कृष्ण प्रसाद चापागाईं १०५, नवराज थापा १०३ र चन्द्र बहादुर थापा १०० मत ल्याई विजयी हुनुभएको थियोे ।
नेपाल रेडक्रस सोसाइटीको २२ औं उपशाखा सभा तथा सातौं अधिवेशनमा  पदाधिकारी चयनमा सहमति जुटाउन भरमग्दुर प्रयास असफल भएपछि निर्वाचन भएको थियोे । एउटै पदमा एकभन्दा बढी  आकांक्षी देखिएपछि सहमति प्रयास असफल भएको थियोे  ।

No comments:

Post a Comment