Saturday, January 7, 2023

नागरिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पुनर्वास /कञ्चनपुरको पुनर्वास नगरपालिका ३ आई.बी.आर.डी. बजारमा संचालित नागरिक बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमका बिच १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

आफ्ना बचतकर्ता तथा शेयर सदस्यको मागलाइ ध्यान दिई शुक्रवार पुनर्वास नगरपालिका ७ स्थित परासन सत्सङ भवनको सभाहलमा र शनिबार पुनर्वास नगरपालिका ६ स्थित भानु मेमोरियल बोडिङ स्कुलको प्राङ्गणमा भब्य रुपमा सम्पन्न गरेको हो । 

सहकारीका अध्यक्ष धोखे रानाको सभापतित्व तथा मुलचन्द्र रानाको प्रमुख अतिथ्य तथा बिशिष्ट अतिथिमा राना थारु उत्थान समन्वय समितिका अध्यक्ष फुल्लन राना, अतिथिमा रामदुलारे राना, राम बहादुर राना, सीता राम राना, समाजसेवी, बुद्धिजीवी, शेयर सदस्य तथा बचतकर्ताको उल्लेख्य सहभागितामा शुक्रबारको कार्यक्रम सम्पन्न भएको थियो । 

त्यसै गरि उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको प्रमुख अतिथि, बिशिष्ट अतिथिमा सल्लाहकार समितिका सदस्य नरेन्द्र गौतम, अतिथिमा साना किसान सहकारी पुनर्वास र कालिकाका प्रतिनिधि, दलित सहकारीका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी, शेयर सदस्य तथा बचतकर्ताको उल्लेख्य सहभागिता शनिबारको कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा बोल्नु हुदै उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङले सहकारी भनेको हाम्रो घरको भकारी जस्तै हो भकारीमा धान कति भर्ने र आफुलाइ चाहिएको बेला जति चाहिन्छ त्यति नै झिक्न सकिन्छ । आफू सङ भएको रकम सहकारीमा जम्मा गरि आफुलाइ चाहिएको बेला ऋणका रुपमा लगि काम गर्न सहयोग पुर्याउने भएका कारण सहकारीको महत्त्व र आबश्यक्ता रहेको जिकिर गर्नु भएको थियो ।


साधारणसभामा  संस्थाका अध्यक्ष धोखे रानाले आर्थिक बर्ष ०७८/७९ को असार मसान्तसम्म को शेयर पुजि ३५ लाख ९५ हजार ४००, कुल निक्षेप १ करोड ८७ लाख ४३ हजार ९५४, कुल जम्मा आय ३३ लाख ३४ हजार ७ सय ७०, कुल जम्मा व्याय ३१ लाख ४९ हजार २१ र शेयर सदस्य ४२५ जना रहेको तथ्यांक प्रस्तुत गर्नु भएको थियो । 

सहकारीकि कर्मचारी भावना कुमारी रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहकारीका ब्यबस्थापक  तिर्थ राज रानाले गर्नुभएको थियो ।

No comments:

Post a Comment