पुनर्वास /स्थानीय क्षेत्रमा हुने विकासका कार्यक्रम सम्पन्न पश्चात फरफारकका लागि सहजता बनाउने उदेश्यले पुनर्वासका उपभोक्ता समिति पदाधिकारीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम को आयोजना गरिएको छ ।
पुनर्वास नगरपालिकाले वडा नम्बर १० र ११ का उपभोक्ता सहभागी बिच आयोजना गरेको एकदिने अभिमुखिकरण तालिममा स्थानीय क्षेत्रमा गरिने कुनै पनि विकासका योजना सम्पादन का निमित्त आवस्यक पर्ने प्रारम्भिक जानकारी दिने उदेश्य ले कार्यक्रम को आयोजना गरिएको पुनर्वास नगरपालिका योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।
उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रम गर्नको उदेश्य माथि प्रकाश पार्दै पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले स्थानीय सरकार गठन अघि विगतमा विकासका काम सम्पन्न गरिसकेपछि भुक्तानी लिन जिल्ला जानू पर्ने अवस्था थियोे , अहिले त्यो अवस्था छैन , अहिले स्थानीय सरकार पछि अलि सजिलो भएको छ तर पनि उपभोक्ता समितिलाई कागजी प्रक्रिया मिलाउन नजानेर अझै झन्झटिलो हुने गर्छ यसलाई सहज बनाउन उपभोक्ता अभिमुखिकरण तालिमको आयोजना गरिएको रानाले बताईन ।
विकास का कार्यक्रम सर्भसुलभ तथा अझ पारदर्शिता होस भनेर पनि कार्यक्रम को आयोजना गरिएको हो उनले भनिन ।
उपभोक्ता समितिको बैठक बस्दा उठाईने माईन्युट को खाका , काम सम्पन्न भई सामाजिक तथा सार्वजनिक लेखा परिक्षणका लागि गर्नुपर्ने निर्णयका खाका , सामाजिक तथा सार्वजनिक लेखा परिक्षण अनुमोदन गर्दा अनुगमनका लागि गर्नुपर्ने निर्णय हरूका खाका , काम सम्पन्न भई योजना फरफारक गर्नका लागि गर्नुपर्ने निर्णयहरूका खाका लगायत महत्त्वपूर्ण बिषयमा जानकारी गरिएको थियो ।
यस्तै उपभोक्ता समितिले आयोजनाको नाम , योजना समझौताका लागि पेश गर्नुपर्ने कागजात तथा फरफारकका लागि पेश गर्नुपर्ने कागजात , डोर हाजिरी , आमदानी तथा खर्च विवरण लगायत बिषयमा समेत जानकारी गराईएको थियोे ।
पुनर्वास नगरपालिका योजना अधिकृत शंकर बोगटी र नगरपालिका सह लेखापाल रामकृष्ण बिक ले अभिमुखिकरण कार्यक्रममा सहजिकरण गरेका थिए ।
कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर १०/११ का करिब ४० जना उपभोक्ता समिति पदाधिकारीले उत्साहपुर्वक भाग लिएका थिए ।
अभिमुखिकरण कार्यक्रम पौष २५ गते वडा नम्बर १ र २ मा , २६ गते ७ , ८ , ९ मा २७ गते वडा नम्बर ३ , ४ , ५ र ६ मा आयोजना गरिने जनाईएको छ ।
वडा नम्बर १० का अध्यक्षता सुखदेव राना को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी राना रहेकि थिईन भने अन्य अतिथिमा कार्यपालिका सदस्य वडा सदस्य लगायत रहेका थिए ।
No comments:
Post a Comment