Saturday, February 18, 2023

पुनर्वासमा एक महिने झाेला सिलाई तालिम सम्पन्न



कञ्चनपुर,फागुन ०६ । 
पुनर्वासमा नगरपालिकामा  एक महिने झाेला सिलाई तालिम शुक्रबार  सम्पन्न भएकाे छ । पुनर्वास वार्ड नं. ८ का १८ जना महिलालाइ सो तालिम दिईएकाे हाे ।
    गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत  व्यवसायीक रुपमा काम गर्न चाहनेका लागि तालिम सञ्चालन गरिएकाे थियाे । तालिम अवधि भर मखल, रेकजिन तथा ढाकाकाे कपडाका विभिन्न प्रकारका झाेला बनाउन सिकाईएकाे थियाे । समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख ताेयप्रसाद शर्माले यस झाेला बुनाउने तालिम बाहेक आगामी दिनमा अन्य सिपमुलक तालिम पनि सञ्चालन गरिने बताउनु भयाे । बजारमा पाईने रेडिमेड झाेला भन्दा आफ्नै सीप प्रयाेग गरी बनाईएकाे झाेला सस्ताे र बलियाे रहने बताउनु भयाे ।
       समापन कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले  सिलाई तालिम लिएर व्यावसायिक रुपमा काम गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नु भएकाे छ । फर्म दर्ता गरी व्यवसायीक रुपमा झाेला बनाउने काम गर्दा आत्मनिर्भर बन्न सकिने बताउनु भयाे । स्थानिय बजार सम्म स्थानिय उत्पादन पुरयाउन सके भारतीय बजारबाट आयात हुने झाेला लगायत अन्य सामानकाे पनि नियन्त्रण गर्न सहयाेग पुग्ने प्रमुख प्रशासकीय अधिकृत ऐरीकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै सुचना अधिकृत धाैलराम सार्कीले आगामी दिनमा सिलाई सम्बन्धि एडभान्स तालिमकाे सञ्चालन गरिने जानकारी गराउनु भयाे । झाेला बनाउने तालिम सिकेर व्यवसायीक रुपमा काम गर्दै जाने प्रशिक्षार्थीहरुले बताए ।

No comments:

Post a Comment