Saturday, February 11, 2023

पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने


 कञ्चनपुर,२८ माघ । 
पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ  । 
लालझाडी युवा क्लब ११ को आयोजनामा फागुन २० गतेदेखि मोहन गुरुङ स्मृती सातौँ  लालझाडी कप फुटबल प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएको हो । 
कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।  
फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय हुनेछ । प्रतियोगितामा १६ टीमको सहभागिता रहने सो प्रतियोगिता एन्फा रेर्फीद्धारा खेलाइने छ ।
प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने प्रतियोगिताका संयोजक अमित विकले जानकारी दिए । 
यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच /पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ । 
प्रतियोगिताको इन्ट्री फी दश हजार तोकिएको छ । प्रतियोगिता क्लबको खेलमैदान पुर्नवास १० भिमबस्तीमा हुने क्लबका महासचिव हर्क दानपालीले जानकारी दिए । क्लबले सामाजिक कार्य गर्दै आइरहेको छ । वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।
यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरिसकेको छ । यस्तै लालझाडी गाउँपालिका वडानम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ । सो स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

No comments:

Post a Comment