कञ्चनपुर, फागुन ०९ ।
पुनर्वास नगरपालिकाकाे आयाेजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । स्वास्थ्य शिविरमा महिलाका लागि निशुल्क स्तन क्यान्सरकाे चेकजाँच गरिएको हाे।
पुनर्वास नगरपालिकाका ७६ जना महिलाको चेकजाँच गर्दा आठ जना महिलामा स्तन क्यान्सरकाे शंकास्पद लक्षण भेटिएको थियाे । लक्षण देखिएकालाई समयमा नै उपचार गर्न चिकित्सकले सल्लाह दिनु भयाे ।स्तन क्यान्सरका कारण महिलाहरुकाे ज्यान समेत जान सक्ने भएकाले समयमै यसकाे निदान गरी उपचार गर्नु पर्ने स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले बताउनु भयाे । कामकाे ब्यस्तता र लाजका कारण महिलाहरु चेकजाँच नगर्दा जटिल समस्या निम्तिन सक्ने देखिन्छ ।
No comments:
Post a Comment