कञ्चनपुर, ११ फागुन ।
पुनर्वासमा चर्को ब्याज लिएको भन्दै बैक विरुद्ध आन्दोलन गरिने भएको छ । पुनर्वास उद्याेग वाणिज्य संघको नेतृत्वमा पुनर्वासमा रहेका बैक विरुद्ध आन्दोलन गरीने उद्योगी व्यवसायी तथा सर्वसाधारणले भोलि फागुन १२ गते शान्तिपूर्ण आन्दोलन (र्याली)गर्न लागेका हुन ।
पुनर्वास नगरपालिका ६ टाउन बजारबाट नारा जुलुस सहित र्याली निस्किने र टाउन बजार तथा आईबिआरडी बजार परिक्रमा गर्दै सहिद गेटमा पुगेर कोणसभा गरि कार्यक्रम समापन गरिने पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।
बैकहरुले चर्को ब्याजदर लगायत नविकरण दस्तुर लगायत विभिन्न निहुँमा रकम असुलिरहेको कारण व्यवसायी तथा सर्वसाधारण मर्कामा परिरहेको भन्दै नेपाल उद्याेग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम ल्याएको हो ।
No comments:
Post a Comment