Saturday, February 24, 2024

आर्थिक अभावले उपचारमा समस्या , सहयोगका लागि अपिल



लाल बहादुर एसके
पुनर्वास,  १२ फागुन ।
आर्थिक अभावका कारण पुनर्वास नगरपालिका –६ निवासी  धनी लावडको उपचारमा समस्या भएको छ ।   सुगर रोगबाट पीडित लावड हाल  प्यारालाइस र किड्नी रोगबाट ग्रसित छन । रोगबाट पीडित लावड आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि घरमै थला पर्नुभएको छ । लामो समय देखी सुगर रोग भएको थाहा नपाएपछि चिकित्सकले उपचारका क्रममा प्यारालाईसिस र किड्नी फेल भएको बताएका छ्न । उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुरयाउन समेत  आर्थिक कठिनाइ  भएको परिवारले बताएका छन । यस्तो कठिन परिस्थितिमा मानवता लाई मध्यनजर गर्दै नरेन्द्र बहादुर शाहीले आवश्यक सहयोगका लागि समन्वयकारी भुमिका निर्वाह गर्दै सहयोगका लागि  आग्रह गर्नुभएको छ । सहयोगका लागि मनमती लावडको नाममा रहेको प्रभु  बैंक पुनर्वास शाखामा संचालित खाता नम्बर २२२२०८००१४६७७६२९ मा रकम जम्मा गराइ सहयोग गर्न सकिने शाहीले  बताउनुभयो  । लावडको उपचारका लागी आर्थिक सहयोग गर्न चाहने  महानुभावहरुले शाहीको मोबाईल नम्बर  ९८४३७१३५८३  मा सम्पर्क गरी आवश्यक सहयोग तथा  परामर्श प्रदान गर्न सकिने बताउनुभयो ।

No comments:

Post a Comment