लाल ब.एसके फागुन १५
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको महाकाली बहुमुखी क्याम्पसको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बेलौरी नगरपालिकामा रहेको महाकाली बहुमुखी क्याम्पसको ३२औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । मंगलबार एक कार्यक्रमका विच त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको बार्षिकोत्सव समारोहमा क्याम्पस संचालक समितिका अध्यक्ष हरेन्द्र विष्ट(होसियार)ले र्दिक्षणी क्षेत्रकै उच्च शिक्षाको हब बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।
अध्यक्ष विष्टले त्रिविको सम्बन्धन क्याम्पस भएपनि सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने विषयमा पहल भईरहेको बताए । पछिल्ला दिनहरुमा बेलौरीमा जंगली जनावर बाघ, चितुवा सहितको आतङ्क भएकाले स्कुल बसको प्रबन्धमा जोडदिए । अध्यक्ष विष्टले क्याम्पसमा कम्प्युटर ल्याब सहितका प्राविधिक उपकरण आवश्यक रहेको औल्याए । उनले दक्षिणी क्षेत्रको उच्च शिक्षा सुधारका लागि राज्यका निकायबाट सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अथिति सुप प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकास देउवाले प्रदेशकै सामुदायिक क्याम्पसको स्तरबृद्धि भएको बताए । मन्त्री देउवाले त्रिवि, सुप विश्वविद्यालय सहितका विभिन्न सरकारी क्याम्पसको अवस्था नाजुक भएपनि महाकालीको सुधार भएको बताए । मन्त्री देउवाले प्रदेश सरकारबाट क्याम्पस सुधारका लागि आवश्यक पहल गर्ने बताए ।
अर्का बिशिष्ठ अथिति सुप प्रदेश सभा सदस्य दिवान सिह विष्टले क्याम्पसको स्तरबृद्धिका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिए । शिक्षा क्षेत्रमा लामो अनुभव भएका समाजसेवी प्रेमसिह बोहराले राज्यले बेलौरीकोे महाकाली क्याम्पसको स्तरबृद्धिका लागि सहयोग अपरिहार्य रहेको बताए ।
क्याम्पस प्रमुख धर्मराज जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै दक्षिणी क्षेत्रमा रहेको महाकाली क्याम्पसमा थुप्रै अभावका विच गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारका साथै विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment