धनगढी/पुनर्वास निवासी वीर बहादुर थापा "पातल" मन्त्री बन्न सफल भएका छ्न । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तेस्रोपटक मन्त्रीमण्डल विस्तार गर्दा थापा मन्त्री बन्न सफल भएका हुन ।
किशोरावस्थादेखि माओवादीमा आबद्ध मन्त्री थापाले माओवादी जनयुद्धमा कठिन संघर्षपूर्ण अवस्थामा ज्यानको पर्वाह नगरी योगदान दिएका थिए । सशस्त्र द्वन्द्वको समयमा ७ वर्ष जेल बसेका थापा तत्कालीन शाही सेनाको चरम यातनाका कारण अझै शारीरिक रुपमा कमजोर छ्न । तत्कालीन माओवादी र एमाले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेका बेला उनी कञ्चनपुर जिल्ला कमिटी संयोजक बनेका थिए । पछी नेकपा फुटदा उनी एमाले तर्फ लागेका थिए ।
माओवादीमै हुँदा उनी पुनर्वास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा चुनाव लड्दा नेकपा एमालेसँग पराजित भएका थिए ।
एमालेमा लागेपछि उनी कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । एमालेले उनलाई सार्वजनिक लेखा समितिको सभापति समेत बनाएको थियो । सोमबार भएको मन्त्रिपरिषद् विस्तारमा कञ्चनपुर जिल्लाबाट ४ मन्त्री नियुक्त भएका छन् । थापासहित एमालेका हिरा सार्की, माओवादीका ओमविक्रम भाट ‘सरल’ र एकीकृत समाजवादीका माया पन्त मन्त्री बनेका छन् । सोडारीले एमालेका सुरेन्द्रबहादुर पाल, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी विकलाई समेत मन्त्री बनाएका छन् । यसअघि मुख्यमन्त्री सोडारीले नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
No comments:
Post a Comment