Friday, January 4, 2019

सहकारीले जीवनस्तरमा सुधार गर्न सक्नुपर्छ: तारालामा तामाङ

हेमन्त न्यौपाने
पुनर्वास, पुस २०
      कञ्चनपुरको पुनर्वास नगरपालिकाको साबिक त्रिभुवनबस्ती गाविसबाट सञ्चालन भइरहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारणसभा कार्यक्रममा पुग्नुभएका प्रदेश सभा सदस्य सांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले सहकारीमा आबद्ध भईसकेपछि जीवनस्तरमा सुधार हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार सहकारीले गर्ने कामलाई मुल्यांकन गर्दै कार्यशैलीमा सुधार गर्न निती बनाउन लागेको बताउनुभयो । प्रदेश संसद चलेपछि निति निर्माण हुन लागेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । आजभोलि मिटरब्याज भन्ने भित्रीएको रहेछ । यस्ता नकारात्मक लेनदेनका कारोबारलाई बहिष्कार गर्नुपर्ने जिकिर गर्नुभयो ।

“सहकारीलाई कर्जा दिने र व्याज उठाउने संस्थाको रुपमा हेरियो भने सहकारी कै बदनाम हुन्छ । सहकारीले गर्नुपर्ने धेरै कामहरु छन । सहकारीको सहि सदुपयोग हामीले गर्न सकेका छैनौं ।” सांसद तामाङले बताउनुभयो ।

कैलालीको आत्तरिया केन्द्रिय कार्यालयबाट सञ्चालित यस सहकारी संस्थाका पुनर्वास नगरपालिकामा ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन । महिलाहरुमा लक्षित यस सहकारीको पुनर्वासमा लोकप्रियता छ ।

संस्थाको यस शाखामा मात्र १९६८ महिला शेयर सदस्यहरु छन । शेयर रकम एक करोड चालीस लाख तीस हजार दुई सय छ  । संस्थामा ३१६ जनाले नियमित बचत गर्ने गरेको संस्थाले जनाएको छ । १४९२ महिलाहरुले ऋण लिएको लेखा समिति संयोजक निर्मला पोख्रेलले बताउनुभयो । संस्थाका अध्यक्ष शोभा सुयल हुनुहुन्छ ।  अध्यक्ष सुयलले बार्षिक प्रतिबेदन पढेर सुनाउनुभएको थियो । संस्थाका लेखा समिति संयोजक निर्मला पोख्रेल शाखा प्रवन्धक कल्पना चापागाईं हुनुहुन्छ ।

Thursday, January 3, 2019

बेलौरीमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना

हेमन्त न्यौपाने
पुनर्वास, पुस २०
   कञ्चनपुरको पहिलो सदरमुकाम समेत रहेको बेलौरी नगरपालिकामा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहिबार उद्घाटन भएको छ । बेलौरीको खुल्ला मञ्चको चौरमा आयोजना भएको कार्यक्रममा नगरभित्रका २३ माध्यमिक विद्यालयहरुले सहभागीता जनाएका छन ।

प्रथम बेलौरी नगरस्तरीय तथा ११ औं राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बेलौरीलाई खेल विकासमा विकास गर्न प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले यस क्षेत्रमा एउटा राम्रो रंगशालाको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले शिक्षा निर्देशनालय मार्फत बेलौरीको खेलकुद विकासका लागि ५० लाख छुट्याउन पहल भएको जानकारी गराउनुभयो । उहाँले यस क्षेत्रमा रंगशाला वा कभर्डहल के बनाउने भनी छलफल अधि बढाउन आग्रह गर्नुभयो ।

बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले राष्ट्रपति शिल्ड प्रतियोगिताका लागि पहिलो पटक बेलौरीले आयोजना गरेको कार्यक्रमलाई सभ्य र सफल बनाउन आग्रह गर्नुभयो । उहाँले खेलाडीहरुको प्रगतिको कामना गर्दै यहाँको खेलको विकासलाई मध्यनगर गरि नगरपालिका आयोजक बनेको बताउनुभयो । प्रतियोगिताका लागि आवश्यक बजेट केन्द्रबाट १ लाख र नगरपालिकाबाट १ लाख सत्चालीस हजार छुट्याइएको बताउनुभयो । यहाँबाट छनौट भएर जाने खेलाडीहरुलाई नगरपालिका ल्ले खर्चको प्रवन्ध समेत गर्नेछ ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर १ (ख)का सांसद कुलवीर चौधरी, नगरपालिकाका उपप्रमुख चित्रादेवी चौधरी लगायत जनप्रतिनिधि तथा नेताहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा पुरुष तथा महिलाका लागि विभिन्न दौडका प्रतियोगिताहरु हुनेछ ।

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले लिए शपथ पछि जेल

काठमाडौं : २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकारको आरोपमा जेलमा रहेका रेशम चौधरीले प्रतिनिधिसभा सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले थारु भाषामा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

सभामुख कृष्णबहादुर महराले बिहीबार सिंहदरबारमा चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। चौधरी प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट निर्वाचित भएका हुन्। निर्वचित भएको एक वर्षपछि उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

पद तथा गोपनीयताको सपथ लिँदै उनले टीकापुर घटनामा आफ्नो संलग्नता नभएको बताए। 'जनताले म निर्दोष हुँ भन्ने कुरा जनमत दिएर पुष्टि गरेका छन्। अब अलदालतले पनि मलाई न्याय दिनुपर्छ', उनले भने, 'उक्त घटनामा मेरो कुनै संलग्नता छैन।'

उनलाई संसदले सांसदको ब्याच (लोगो) दिएको छ।

चौधरी भूमिगत रहकै बेला कांग्रेस नेतृ ईश्वरी न्यौपाने र तत्कालीन एमाले नेतृ मदनकुमारी शाहलाई पराजित गर्दै भारी मतका साथ विजयी भएका थिए।

टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक दुधे बालकको निर्मम हत्या भएको थियो। यो घटनाको योजना बनाएको लगायतका आरोपमा उनीविरुद्धको मुद्दा विचाराधीन छ।

फरार अवस्थामै चुनाव लडेर जितेका उनले चुनावमा विजयी भएको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको निवेदन खारेज भएपछि २०७४ फागुन ११ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

शपथका लागि चौधरीलाई बिहीबार दिउँसो दुई बजेपछि डिल्लीबजार कारागारबाट सिंहदरबारमा ल्याइएको हो।

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री
रेशम चौधरीको सपथग्रहण आज
रेशम चौधरीको सपथ ३ बजेलाई सारियो
सपथ लिए लगत्तै रेशम चौधरीलाई पुनः जेल पठाइने
रोकियो संसदमा प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन
रेशम चौधरी डिल्लीबजार कारागारबाट शपथका लागि सिंहदरबारतर्फ
शपथपछि पुनः उनलाई डिल्लीबजार कारागार लगिने छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको शपथ लिएपछि चौधरी कारागारमै रहने जानकारी दिएको हो।
‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ। निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन्।’

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई शपथग्रहण गरेपछि पुरानै प्रकियाअनुसार अघि बढ्ने बताइन्।  ‘पुरानै पक्रियाअनुसार काम हुन्छ। उहाँ शपथग्रहणपछि कारगार जानुहुन्छु’, उनले भनिन्।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ। यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ। 

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले लिए शपथ

Wednesday, January 2, 2019

कालिका युवा क्लबद्वारा आयोजित ख्रीष्टमस दोश्रो वार्डस्तरीय फूटबल प्रतियोगिता जारी

-सुनिलकुमार लो
पुनर्वास,१८ पुस
        कालिका युवा क्लबद्वारा आयोजना गरिएको फूटबल खेल जारी छ । आज दिउँसो भएको खेलमा आयोजक टिम कालिका युवा क्लव र भानु युवा क्लव(बि) बिच भएको सेमिफाइनल खेलमा आयोजक टिमले भानु क्लब(बि)लाई २ का विरुद्ध ६ गोलले पराजित गरेको थियो । भोलि सिद्धार्थ युवा क्लब बुद्ध बस्ती र राम युवा क्लब राम बस्ती विच खेल हुने आयोजक कालिका युवा क्लबका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनुभएको छ ।

नयाँ बर्षमा निर्देशन आग्रीको नेपाली संगीतप्रेमीलाई उपहार, “तिम्रो माया मेरो मनमा कति खेर सर्यो” युट्युबमा सार्वजनिक

हाम्रै साझा पत्रिका
काठमाडौं, पुस १८
      पछिल्लो समय चर्चामा रहेका निर्देशन जिबि आग्रीले नेपाली संगीतप्रेमीलाई एउटा उपहार ल्याएका छन । उनीद्वारा निर्देशीत म्युजिक भिडियो “तिम्रो माया मेरो मनमा कति खेर सर्यो” बुधबार युट्युबमा सार्वजनिक भएको छ ।

तिम्रो माया मेरो मनमा कति खेर सर्यो बोलको गीत अहिलेकी चर्चित गायिका मेलिना राई र गायक आसुतोश राइले गायक हुन भने शब्द रेजिना खालिङ र कम्पोज शुभास सर्जनको रहेको छ । एल्बम जनम जनम २ मा रहेको उक्त गितको भिडियोमा अभिनय  भारतको बेङ्लोर शहरमा बस्दै आएका नेपाली मोडेल शिशिर पिके र नैना शर्माको  अभिनय रहेको उक्त भिडियोको छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठले गरेका हुन ।

उक्त भिडियोको निर्देशन चलचित्र निर्देशक जिबि आग्री ले गरेका हुन जिबि आग्री नेपालि चलचित्र क्षेत्रका निर्माता तथा निर्देशक हुन  । नया नया प्रतिभा र कलाकारहरुलाइ साथ सपोर्ट गर्ने निर्देशक आग्री यदि रहर भएमा र इच्छा भएकाहरुलाइ केबल ३ दिन मै क्यामरा अगाडि फेस गराएर अभिनय गराउन सक्ने बताउछ्न किन कि हरेक मानिस भित्र एउटा कलाकार र कलाकारिता लुकेको हुन्छ फरक यति मात्र होकि कोहि खुलेर अगाडी आउछ्न भने कोहि भित्रै दबाउछ्न तेस्ता प्रतिभाहरुकालाई हौसला र उनिहरुको मनोभावनलाइ मध्यनजर गर्दै उनिहरुको इच्छा पूरा गर्नको लागि आफ्नो अनुभव र क्षमतामाले भ्याए सम्म कोसिस गर्ने निर्देशक आग्री बताउछन ।

गीतको म्युजिक भिडियो हेर्न यस link मा जान सकिन्छ ।

https://www.youtube.com/watch?v=zzTNAlGEPjU&feature=youtu.be

Tuesday, January 1, 2019

नयाँ बर्षमा मोडल सुरज रावलले ल्याए नयाँ कोसेली, उडायो पछ्यौरी युट्युवमा सार्वजनिक

हाम्रै साझा पत्रिका संवाददाता
काठमाडौं, पुस १७
            बेलाबेलामा नेपाली संगीतप्रेमीहरुका लागि सांगीतिक कोसेली लिएर आउने कञ्चनपुरका मोडल सुरज रावलले अँग्रेजी नयाँ बर्षको सुअवसर पारेर एउटा सांगीतिक कोसेली आफ्ना श्रोताहरु माझ पस्किएका छन । सानै देखि अभिनय तथा साहित्यमा रूचि राख्ने मोडल रावलले लोकगीतहरुमा अभिनय गर्न रुचाउछन ।

उनै मोडल रावलद्वारा अभिनित उडायो पछ्यौरी लोकगीत युट्युवमा आज सार्वजनिक भएको छ । म्युजिक भिडियोमा सुरजको अपोजिटमा सञ्चिता शाहीलाई देख्न सकिन्छ । नेपाली सांगीतिक आकासमा चर्चित मोडलमा आफ्नो नाम सुरक्षित राख्न सफल मोडल शाहीको यस म्युजिक भिडियोमा अभिनय निकै राम्रो देखिन्छ ।

प्रियसी म्युजिकबाट सार्वजनिक भएको यस गीतमा स्वर प्रविन घर्तीमगर र जमुना रानाले दिएका हुनभने संगीत केशब मगरले दिएका हुन । लिरिक्स दुर्गा शाहीको हो । भिडियोमा नृत्य सिनेमेटोग्राफर बासु न्यौपानेले गरेका हुनभने निर्देशन वबिता श्रेष्ठको हो ।
कलाकारीतामा निकै चासो राख्ने मोडल सुरजले नेपाली संगीतप्रेमीहरुका लागि नयाँ नयाँ प्रस्तुति दिँदै आएका छन । उनको जन्म कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको हो । २०४५ भदौमा जन्मिएका सुरज रावलले सानैदेखि कलाकारीतामा निकै रुचि राख्थे ।

 उनले २०६१ सालमा स्थानीय शान्ति उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी पास गरे । उमेरसंगै उनको संगीतमोह झन बढ्दै गयो । २०६५/६६ मा  स्थानीय महाकाली माध्यमिक विद्यालयबाट +२ तह पास गरेपछि उनको सांगीतिक क्षेत्रमा आगमन भयो ।

म्युजिक भिडियोका लागि यस link मा जानुहोस
https://www.youtube.com/watch?v=drxYjmHd0_I

नयाँ बर्षमा मोडल सुरज रावलले ल्याए नयाँ कोसेली, उडायो पछ्यौरी युट्युवमा सार्वजनिक

हाम्रै साझा पत्रिका संवाददाता
काठमाडौं, पुस १७
            बेलाबेलामा नेपाली संगीतप्रेमीहरुका लागि सांगीतिक कोसेली लिएर आउने कञ्चनपुरका मोडल सुरज रावलले अँग्रेजी नयाँ बर्षको सुअवसर पारेर एउटा सांगीतिक कोसेली आफ्ना श्रोताहरु माझ पस्किएका छन । सानै देखि अभिनय तथा साहित्यमा रूचि राख्ने मोडल रावलले लोकगीतहरुमा अभिनय गर्न रुचाउछन ।

उनै मोडल रावलद्वारा अभिनित उडायो पछ्यौरी लोकगीत युट्युवमा आज सार्वजनिक भएको छ । म्युजिक भिडियोमा सुरजको अपोजिटमा सञ्चिता शाहीलाई देख्न सकिन्छ । नेपाली सांगीतिक आकासमा चर्चित मोडलमा आफ्नो नाम सुरक्षित राख्न सफल मोडल शाहीको यस म्युजिक भिडियोमा अभिनय निकै राम्रो देखिन्छ ।

प्रियसी म्युजिकबाट सार्वजनिक भएको यस गीतमा स्वर प्रविन घर्तीमगर र जमुना रानाले दिएका हुनभने संगीत केशब मगरले दिएका हुन । लिरिक्स दुर्गा शाहीको हो । भिडियोमा नृत्य सिनेमेटोग्राफर बासु न्यौपानेले गरेका हुनभने निर्देशन वबिता श्रेष्ठको हो ।

कलाकारीतामा निकै चासो राख्ने मोडल सुरजले नेपाली संगीतप्रेमीहरुका लागि नयाँ नयाँ प्रस्तुति दिँदै आएका छन । उनको जन्म कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको हो । २०४५ भदौमा जन्मिएका सुरज रावलले सानैदेखि कलाकारीतामा निकै रुचि राख्थे । उनले २०६१ सालमा स्थानीय शान्ति उच्च माध्यमिक विद्यालयबाट एस.एल.सी पास गरे । उमेरसंगै उनको संगीतमोह झन बढ्दै गयो । २०६५/६६ मा  स्थानीय महाकाली माध्यमिक विद्यालयबाट +२ तह पास गरेपछि उनको सांगीतिक क्षेत्रमा आगमन भयो ।

म्युजिक भिडियो हेर्न यो link मा जानुहोस