Tuesday, May 19, 2020

प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतर्फ लादैछन -पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, ६ जेठ । 
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने टिप्पणी गरेका छन् । 
संसदमा नीति तथा कार्यक्रममा जवाफ सुनेलगत्तै उनले प्रधानमन्त्री ओलीलाई ट्विटरमा मेन्सन गर्दै यस्तो टिप्पणी गरेका हुन् । 
उनले प्रधानमन्त्री ओलीको तीन घण्टाको स्पष्टीकरण सुन्दा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भन्दै लेखेका छन्, "कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर 'ककटेल' देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।"

पुनर्वासमा आगलागी

पुनर्वास,६ जेठ ।
पुनर्वासमा गोठमा आगलागी भएको छ ।मंगलबार दिउँसो करिब २ बजेतिर पुनर्वास नगरपालिका ४ घ (गाउँ) का गोरे सुनारको घरमा कुडो पकाउने क्रममा गोठमा आगलागी भएको हो ।
गोठ नजिकै कुडो पकाउने क्रममा हावाहुरीले आगो उडाएर गोठमा आगलागी हुँदा एक बाख्रा सहित काठको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए ।
क्षति विवरण आउन भने बाकी रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

अम्पुन चक्रवातले नेपालमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, ६ जेठ ।
बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात अम्पुन उत्तरपूर्वी क्षेत्रतर्फ सरिरहेको छ । 
शनिबारदेखि बंगालको खाडीमा विकसित भएको अम्पुन चक्रवात बुधबारसम्म जमिनमा ठोक्किने मौसमविद्‌हरुले बताएका छन् । अहिले चक्रवातकोगति बढिरहेको भए पनि जमिनमा ठोक्किँदा केही कमजोर हुने मौसमविदले उल्लेख गरेका छन् ।
अम्पुन आँधीले भारत तथा बंगलादेशमा बढी प्रभाव पर्ने बताइएको छ । भारतीय मौसमविद्हरुका अनुसार यस चक्रवातको गति १५५ देखि १८५ किलोमिटर प्रतिघण्टा हुनेछ । यसले ठूलो क्षति पुर्‍याउनसक्‍ने भन्दै आवश्यक तयारी गर्न भारतका सम्बन्धित निकायलाई निर्देशन जारी गरिएको छ । 
नेपालको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै नेपालमा प्रत्यक्षरुपमा चक्रवात नआउने भए पनि अप्रत्यक्षरुपमा यसले असर गर्ने बताएका छन् । मौसमविद्‌ बरुण पौडेलले जारी गरेको बुलेटिन अनुसार अम्पुन चक्रवातका कारण नेपालको पूर्वी र मध्यभागमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदेखि चार दिनसम्म उक्त चक्रवातका कारण नेपालको मौसम प्रभावित हुने जनाएको छ । 
चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । विभागका अनुसार ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ ।
मौसमविद्‌ पौडेलले चट्याङ पर्ने सम्भावना पनि रहेको बताए । नेपालमा अहिले स्थानीय वायु पनि सक्रिय रहेको र गर्मी मौसम भएकाले मेघ गर्जनसहितको वर्षा हुने उनको अनुमान छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने बताइएको छ ।
चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्‍न सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन् । त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्‍याउनुका साथै रूखहरू ढल्नसक्ने उनीहरूको भनाइ छ ।
नेपालसम्म आइपुग्दा हावाको गति निकै कमजोर भए पनि त्यसले विद्युत तथा टेलिफोनका पोलहरू ढलाउन, कतिपय स्थानमा घरका छानाहरु उडाउनसक्ने मौसमविद् पौडलले बताए । 
मौसम विभागका अनुसार हाल नेपालमा बाहिरी बादलको प्रभावले थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । नेपालमा अंपुनको अप्रत्यक्ष प्रभावबाट देशको मौसम आगामी ३/४ दिनसम्म प्रभावित हुने विभागले जनाएको छ । 

नेपालमा कोरोना संक्रमित ४०२, डाक्टर पनि संक्रमित,

ललितपुर, ६ जेठ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ।ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए। ति चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।स्वास्थ कार्यलयका प्रमुख खगेश्वर गेलालका अनुसार उनी रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत चिकित्सक हुन्।‘उहाँ चिकित्सक भएको खुलेको छ’, गेलालले भने, ‘२६ वर्षीय डाक्टर बाहिर जिल्लाको हुनुहुन्छ तर ललितपुर ठेगाना मात्रै लेखिएको छ। उहाँको बारेमा थप जानकारी लिदैछौँ।’चिकित्सकलाई कोरोना पोजिटिभ देखियो भनेर नआत्तिन उनले आग्रह गरेका छन्। स्वास्थ कार्यालयले ललितपुरका ५ वटा पालिकामा ८ सयको कोरोना परीक्षण गरेको र ३ सयको रिपोर्ट नेगेटिभ आएको छ। नमुना परीक्षण गरिएकामध्ये पाँच सयको पीसीआर रिपोर्ट आउन बाँकी छ।‘थप रिपोर्ट भोलि आउँछ’, उनले भने। गेलालका अनुसार संक्रमित चिकित्सकको बारेमा बुझ्न स्वास्थ कार्यालयका तथ्यांक अधिकृत राष्ट्रिय जनस्वास्थ्य कार्यालयमा पुगेका छन्। मंगलबार ति चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं ३, भक्तपुर एक जनामा कोरोना पोजिटिभ देखिएको छ। सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ।त्यसैगरी मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा कोरोना पुष्टि भएको हो। प्रवक्ता देवकोटाका अनुसार उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ। योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ। जसमध्ये ३४० पुरुष र ६२ महिला छन्। ३७ जना भने निको भएका छन्। नेपालमा दुई जनाको भने मृत्यु भइसकेको छ।

कोरोना संक्रमित गुल्मीका शिक्षकको अवस्था चिन्ताजनक

रूपन्देही, ६ जेठ ।
कोभिड–१९ संक्रमण देखिएका गुल्मीका शिक्षकको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अवस्था चिन्ताजनक भएकाले उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ ।
वैशाख २५ देखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनले स्थानीय मेडिकलमा परीक्षण गराएका थिए । सुरुमा जन्डिस भएको भन्दै उपचार गराए पनि सुधार नभएपछि अर्घाखाँचीको छाया पोलिक्लिनिक हुँदै जेठ १ गते क्रिमसन अस्पताल आएका थिए ।
अस्पताल स्रोतका अनुसार उनलाई सुरुदेखि नै आईसीयूमा राखिएकोमा आइतबारबाट अवस्था थप चिन्ताजनक भएको हो । जेठ २ गते कोरोना संक्रमणको आशंकामा भैरहवास्थित प्रदेश जनस्वास्थ्य कार्यालयमा स्वाब परीक्षणका लागि पठाइएकोमा सोमबार संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका प्रशासनप्रमुख चन्द्रकान्त पाण्डेले उनको भेन्टिलेटरमै उपचार जारी रहेको बताए । ‘अवस्था गम्भीर नै छ र हिजोदेखि स्थिर छ,’ उनले भने, ‘उपचारका सबै प्रयास जारी राखिएको छ ।’
स्थानीय प्रशासनले सोमबार राति नै अस्पताल सिल गरेको छ । स्वास्थ्यकर्मी, बिरामी र कुरुवालाई बाहिर निस्कन र नयाँ बिरामीसहित अन्य सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिरामीसँगको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको विवरण संकलनपछि थप निर्णय लिइने बताए ।
गुल्मीका संक्रमित शिक्षक, अर्घाखाँची हुँदै बुटवल आएका थिए
४१ वर्षीय ती संक्रमित गुल्मीको मदाने गाउँपालिका–२ का बासिन्दा हुन् । उनमा कहाँबाट संक्रमण फैलियो भन्ने खोजी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । उनी गाउँपालिकाभित्रका विद्यालयसम्बन्धी र अन्य सर्वदलीय बैठकमा समेत सहभागी हुने गरेको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार ती शिक्षकले झन्डै एक महिनादेखि गाउँ छोडेका थिएनन् । स्थानीय प्रशासनले उनको परिवारलाई होम क्वारेन्टाइनमै राखेको छ । गाउँपालिका पूरै ‘सिल’ गरेर उनको कन्ट्र्याक्ट ट्रेसिङ र यात्रा विवरण खोज्न थालिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । त्यस्तै उनले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक पनि सिल गरिएको छ ।
कान्तिपुरबाट।

कोरोना विरुद्धको परिक्षण खोपको नतिजा सकारात्मक

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ।
पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’
कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ।
यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको छ।
कुनै पनि भाइरसविरुद्ध खोप तयार पर्दा त्यसले भाइरस फैलिनबाट रोक्छ कि रोक्दैन भन्ने महत्वपूर्ण हुन्छ। यस आधारमा यो खोपको पहिलो मानवीय परीक्षणलाई सकारात्मक मानिएको छ।
कम्पनीले छिट्टै दोस्रो चरणको परीक्षण सुरू गर्ने जनाएको छ। दोस्रो चरणमा ६०० जनामा खोप परीक्षण गरिनेछ। त्यसपछि जुलाइबाट सुरू हुने तेस्रो चरणको परीक्षणमा हजार जना स्वस्थ व्यक्तिलाई खोप लगाइनेछ।
अमेरिकाको खाद्य तथा औषधि नियमन विभागले दोस्रो चरणको परीक्षण गर्न अनुमति दिइसकेको छ।
यी तीनै परीक्षणबाट सकारात्मक नतिजा आयो भने यो वर्षको अन्त्य वा २०२१ को सुरूबाट व्यापक प्रयोगमा ल्याइने मोडर्नाका प्रमुख मेडिकल अधिकृत डा. ताल ज्याक्सले बताएका छन्।
‘त्यति बेलासम्म कति डोज तयार हुन्छ यकिन छैन,’ उनले भने, ‘हामी जतिसक्दो धेरैलाई पुग्ने गरी उत्पादन गर्ने तयारीमा छौं।’
अहिलेसम्म कुनै पनि उपचार वा खोपले कोरोना भाइरस निको पार्ने पुष्टि भएको छैन। अमेरिका, युरोप र चीनका दर्जनौं कम्पनी खोप बनाउने प्रतिस्पर्धामा छन्। यसका लागि उनीहरूले फरक–फरक विधि अपनाइरहेका छन्। कतिपयले मोडर्नाकै विधि प्रयोग गरेका छन्।
उत्पादक कम्पनी मोडर्नाले यो खोप मुसाहरूमा पनि परीक्षण गरेको छ। यस क्रममा सबभन्दा पहिला केही मुसालाई खोप लगाइएको थियो। त्यसपछि तिनै मुसालाई कोरोना भाइरसबाट संक्रमित गराइयो।
यसरी संक्रमित गराउँदा मुसाको जीउभरि भाइरस फैलिनबाट रोकिएको थियो। खोप लगाइएका मुसामा पनि भाइरससँग लड्न एन्डिबडी विकास भएको कम्पनीले जनाएको छ।
कम्पनीले खोपको तीनवटा डोज परीक्षण गरेको छ — न्यून, मध्यम र उच्च। प्रारम्भिक नतिजा न्यून र मध्यम डोजको हो।
कम्पनीका अनुसार खोप लगाइएकामध्ये एक जनामा थोरै ‘साइडइफेक्ट’ देखिएको थियो। खोप लगाइएको पाखुराको भाग रातो भएर आएको थियो।
उच्च डोजको खोप लगाइएका तीन जनालाई भने ज्वरो आउनुका साथै जीउ र टाउको दुख्ने लक्षण देखिएको डा. ज्याक्सले बताए। ‘यी लक्षण केही दिनमै हराएका थिए,’ उनले भने।
उनका अनुसार उच्च डोजको खोप आगामी परीक्षणमा प्रयोग गरिने छैन। यसको कारण साइडइफेक्ट भने होइन। पहिलो चरणको परीक्षणका आधारमा कम डोजको खोपले नै सकारात्मक नतिजा देखाएकाले उच्च डोज आवश्यक नभएको कम्पनीले जनाएको छ।
‘थोरै डोजले नै राम्रो काम गरेको अवस्थामा उच्च डोज परीक्षण गर्नु आवश्यक देखिएन,’ डा. ज्याक्सले भने, ‘डोज जति थोरै भयो उति धेरै खोप तयार पार्न सकिन्छ।’
यो परीक्षणसँगै मोडर्नाको सेयर मूल्य बढेको छ। कम्पनीले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गरेलगत्तै यसको सेयर मूल्य २३ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
संसारभरि ४८ लाख ५५ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ३ लाख १७ हजारभन्दा बढीको ज्यान गइसकेको छ। १८ लाख ८७ हजारभन्दा बढी निको भएका छन्।
सेतोपाटीबाट ।

आजको राशिफल/आज मिति २०७७ जेठ ६ गते मंगलवार, हेर्नुस् आजको राशिफल ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिनेछ । पैत्रिक धन हात लागि हुने योग रहेकोछ भने पैत्रिक सम्पतिको प्रयोग मार्फत कृषिमा लगानी गर्न सकिनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विवादित विषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म कर्ममा मन जाने तथा मनमा धार्मिक प्रवृति जागृत हुनेछ । अध्ययनमा मन जानेछ । तरपनि कामगर्दा ध्यान दिनुहोला काम बिग्रने तथा त्यसको फाईदा अरुलेनै लिन सक्छन् । दौडधुपमा समय ब्यातित भएपनि उपलब्धि भने न्यून हुनेछ । समय तथा कामको तालमेल नमिल्दा काम आर्थिक रुपमा कमजोर भएको अनुभुति हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । पढाइ लेखाइमा मन जानेछ । तरपनि काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । छाति सम्बन्धि समयस्या पिरोल्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय तथा ध्यान दिन सके सफलता हात लाग्नेछ । कृषि तथा सहकारि व्यावसायलाई भने समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभे लिन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमा नै फत्ते हुनेछन् । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । अध्ययनमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ ।

Monday, May 18, 2020

पुनर्वासका नगरप्रमुख जीवनराज थापाद्वारा क्वारेन्टाइनको अनुगमन तथा निरीक्षण

--सुनिलकुमार लो
कञ्चनपुर, ५ जेठ ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले सोमबार पुनर्वास ११ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । त्यस क्रममा नगरप्रमुख थापाले क्वारेन्टाइनमा बसीरहेका व्यक्तिहरुसंग प्रत्यक्ष भेटी कुराकानी गर्नुभएको थियोे । उहाँले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको कुनै समस्या भए समाधान गर्न नगरपालिका हमेशा तयार रहेको बताउनुभएको थियोे ।
पुनर्वासका तीन वटा क्वारेन्टाइनमा भारतबाट गौरीफण्टा नाका हुँदै फर्केका चवालीस जना व्यक्तिहरुलाई राखिएको छ । जसमध्ये पुनर्वास ११ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा सात जना, पुनर्वास ६ स्थित जीवनज्योती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा चौध जना र पुनर्वास ८ स्थीत बागिश्वरी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा तेईस जना राखिएको छ । जीवनज्योती र बागीश्वरीका क्वारेन्टाइनमा भने नगरउपप्रमुख शारदा विष्टले अनुगमन गर्नुभएको थियोे ।
भोलि मंगलबार नगरप्रमुख जीवनराज थापा खाद्यान्न र स्वास्थ्य सामाग्री सहित विभिन्न क्वारेन्टाइनमा अनुगमनका निम्ति जाने कार्यक्रम रहेको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले हाम्रै साझा पत्रिकालाई जानकारी गराउनुभयो ।
अनुगमन तथा निरीक्षणमा नगरप्रमुख जीवनराज थापाका साथै नगर प्रवक्ता भारमल सुनार, पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्याल र लालझाडी युवा क्लवका अध्यक्ष काशीराम बोहराको सहभागीता थियो ।

नेपाल सरकारद्वारा नयाँ नक्सा जारी

काठमाडौं, ५ जेठ ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालपानीसहितको नयाँ नक्सा नेपाल सरकारले जारी गरेको छ । मन्त्रिपरिषद बैठकबाट नयाँ नक्सा पारित गरेसँगै सरकारले नक्सा जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भन्दै आफ्नो नक्सामा समेटेको थियो ।

त्यसयता नेपालमा लगातार विरोध हुदै आएको छ । केही दिनअघि भारतले लिपुलेकमा चीन जोड्ने सडक बनाएपछि नेपालभर विरोध भइरहेको थियो । भारतले पहिले नक्सामा नेपाली भूमि मिच्ने र पछि नेपाली सीमा अतिक्रमण गर्दै जाने खतरा बढेपछि नेपाल सरकारले पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको हो ।काठमाडौं, ५ जेठ ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालपानीसहितको नयाँ नक्सा नेपाल सरकारले जारी गरेको छ । मन्त्रिपरिषद बैठकबाट नयाँ नक्सा पारित गरेसँगै सरकारले नक्सा जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भन्दै आफ्नो नक्सामा समेटेको थियो ।

त्यसयता नेपालमा लगातार विरोध हुदै आएको छ । केही दिनअघि भारतले लिपुलेकमा चीन जोड्ने सडक बनाएपछि नेपालभर विरोध भइरहेको थियो । भारतले पहिले नक्सामा नेपाली भूमि मिच्ने र पछि नेपाली सीमा अतिक्रमण गर्दै जाने खतरा बढेपछि नेपाल सरकारले पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको हो ।

बुधबारबाट बर्षा सुरु

दक्षिण बंगालको खाडीको मध्य भागमा एक शक्तिशाली चक्रवाद विकसित हुँदा मंगलबारदेखि पूर्वनेपालबाट त्यसको असर देखिने भएको छ।

मंगलबारदेखि उक्त चक्रवादको असर देखिएपछि बुधबार, बिहीबार र शुक्रबार देशैभर वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ। शक्तिशाली चक्रवात भएकाले एक दुई स्थानमा भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताइएको छ।  
शनिबारदेखि विस्तारै चक्रवादको प्रभाव कम हुदै जान सक्ने महाशाखाको अनुमान छ।

सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्‍वारेन्टाइनमै किरिया

बैतडी । हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । 
उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुवैजना झुलाघाटस्थित जीआईसी क्‍वारेन्टाइनमा बसे । स्वदेशको साँधमै अड्किएका दुवैले घरमा फोन गरी पीर नमान्‍नु भन्दै जानकारी गराएका थिए । घर फर्कने आशामा बसेका दुवैजना अचानक बुबा बितेको खबर पाएपछि बेहोसझैं बने । 

बुबाको अन्तिम संस्कारमा जान उनीहरु हारगुहार गरेका थिए । तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै दुवैजना सेतो कपडामा किरियामा बसेका छन् । बुबाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्‍वारेन्टाइनमै किरिया बसेका छन् । भट्टद्वयका बुबा देवदत्तको गत वैशाख ३१ गते निधन भएको थियो ।    

यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साउदकी आमा भुरी साउदको पनि यही जेठ १ मृत्यु भएको भए पनि नाका सिल हुँदा उनी झुलाघाटमै किरिया गरिरहेका छन् । यसका साथै सिगास गाउँपालिका ९ का कृष्णसिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बिते पनि कृष्ण स्वदेश फर्कन पाएका छैनन् । स्वदेश फिर्ताका लागि सम्बन्धित सबैलाई आग्रह गरेका उनीहरुले झुलाघाटस्थित जीआईसी क्‍वारेन्टाइनमा किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए ।  

यता बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनीहरुलाई नेपालतर्फबाट आफूहरु स्वदेश भित्र्याउन तयार रहेको बताए । “नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भए पनि भारतीय पक्षले ढिलाइ गरिरहेको छ,” उनले भने,  “हामीले पिथौरागढको डीएम साबलाई चार दिनअगाडि पत्र काटिसकेका छौँ, भारतीय पक्ष सहमत हुँदा नाका खोली उनीहरुलाई स्वदेश भित्र्याउँछौँ ।” यसअघि लकडाउनकै बेला वैशाख १० गते पनि बैतडीका तीन किरियापुत्रीको झुलाघाट नाकाबाट उद्धार गरिएको थियो ।  -रासस
 


सांकेतिक तस्वीर 

धनगढीमा ५० शैय्याको कोरोना अस्पताल निर्माण


कैैैलाली, ५ जेेेठ ।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा ५० बेडको अस्पताल तयार गरेको छ । प्रदेश सरकारले एक महिनामा कोरोना अस्पताल तयार गरेको हो । धनगढी उपमहानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको जिल्ला समन्वय समिति कैलालीको जमीनमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन बेड निर्माण भएका छन् । 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरमा ५०-५० बेडको छुट्टै कोरोना अस्पताल निर्माणका लागि एक-एक करोड अख्तियारी दिएको थियो । कैलालीमा निर्माण सम्पन्न भए पनि कञ्चनपुरमा भने निर्माणकै क्रममा रहेका छ ।

‘कोरोना संक्रमितका लागि अलग्गै अस्पताल आवश्क पर्ने थियो’, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘त्यसै अनुसार अस्पताल निर्माण भएको हो ।’ अहिले प्रदेशको एक मात्र रिफरल प्रादेशिक अस्पताल सेतीमा कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । पछिल्लो समयमा संकास्पद कोरोनाका बिरामीहरुको उपचार सेतीमा भइरहेको हो । 

सेतीमा कोरोनाका बिरामी उपचार गर्न सुरु गरिएपछि अन्य सेवा प्रभावित भएका छन् । नयाँ निर्माण भएको ५० बेडको अस्पताल भवन प्रि–फ्याव प्रविधिमा निर्माण गरिएको छ । ५० बेड क्षमताको भवन निर्माण भएसँगै अब त्यसमा आवश्यक सामग्री राखेर कोरोना संक्रमितहरुको उपचार सुरु गरिने सुदूरपश्चिम सामाजिक मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको प्रि–फ्याव भवनको निर्माण गरेको हो ।
सेती अस्पतालमै कोरोनाका बिरामी राखेर उपचार हुँदा अन्य सेवा प्रभावित भएको थियो । छुट्टै कोरोना अस्पताल बनेपछि उपचारमा धेरै सहज हुने चिकित्सकहरुले बताएका छन् । ‘उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण जडान हुने वित्तिकै सेवा सुरु गरिने छ’, सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले भने ।

प्रदेशका मुख्य अस्पताल सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी सो भवनबाट कोरोनाका बिरामीको उपचार हुने छ । सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिममा पछिल्ला दिनहरुमा भारतबाट आउनेहरुको क्रम बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम भने उच्च रहेको छ ।
अन्नपूर्णबाट ।

दिवेश पोखरेल 'आर्थर गन' अमेरीकन आइडलको उपविजेता

काठमाडौ । सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका नेपाली छोरा दिवेश पोखरेलले संसारकै उत्कृष्ट गायन रियालिटी शो मानिने “अमेरिकन आइडल”को उपविजेता बनेर इतिहास रचेका छन् । आइडलको यो १८औं संस्करणमा दिवेश पोखरेल फाइनलमा पुग्ने पहिलो नेपाली हुन् । यो एउटा ऐतिहासिक उपलब्धि हो। भोटिंग मार्फत दिवेश पोखरेललाई थोरै पछी पार्दै प्रतियोगिताको उपाधि भने जस्ट सामले जितिन् ।
उत्कृष्ट स्वर र गायन शैली भएका नेपाली दिवेश पोखरेल त्यहाँ “आर्थर गन” नामले चर्चित भए । काठमाडौंमा जन्मे-हुर्केको पोखरेल अमेरिकन आइडलको अडिसन राउण्ड पार भएपछी नै नेपालमा उनको बारेमा थुप्रै चर्चा हुन थालेको थियो । उनलाई अमेरिकन आइडलको उपाधि विजेता बनाउँने सोचमा थुप्रै नेपालीहरुले भोटिंग र भोटको लागि आफ्नो सामाजिक सञ्जालमा अपिल समेत गरिरहेका थिए । दिवेशलाई अमेरिका पुगेपछी सङ्गीत प्रति रुची झन् बढेको महसुस भयो र त्यसपछि विगत २ वर्ष देखि उनि सङ्गीत मै समर्पित हुन थालेका उनले शो मा बताए।

दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए । कोभिड–१९ को महामारीका कारण यसवर्षको आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिएका थिए । अन्तिम प्रस्तुतिमा दिवेशले “आई डन्ट वान्ट टु बी” बोलको गीत गाए । अडिसन राउण्डबाट नै तिनै जना जजको प्रशंशा पाएका दिवेशले बिस्तारै आफ्नो गायनको खुबी प्रस्तुत गरेर विश्वभर नै धेरैको मन जिते ।
दिवेश पोखरेललाई हाम्रो पात्रो परिवारको शुभकामना, भविष्यमा आफ्नो उत्कृष्ट गायनको जादूले देश विदेशमा थप सफलता मिलोस्, शुभकामना ।