Saturday, July 4, 2020

पुनर्वासमा आगामी बर्ष भित्र सम्पूर्ण जमीनमा सिचाई सुविधा पुग्ने 


यस बर्षमात्रै चारवटा डिपवेल बोरिङ कार्य हुँदै, स्थानीय कृषकमा खुशीको लहर

-सुनिलकुमार लो
कञ्चनपुर, २० असार ।
गत हप्तामात्रै पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले चारवटा डिपवेल बोरिङ गाडने कार्यको शिलान्यास गरे । वडानम्बर १,२, ५ र १० मा ।
आकाशे बर्षाको भरमा खेती गर्नुपर्ने पुनर्वासका स्थानीय डिपवेल बोरिङ गाडिन थालेपछि खुशी भएका छ्न । उनीहरूले पुनर्वासमा रहेको सिचाइको समस्यालाई सम्बोधन गरेकोमा नगरप्रमुख जीवनराज थापाको नेतृत्वमा रहेको नगरपालिका टिम र वर्तमान सरकारको मुक्त कण्ठले प्रशंसा गरेका छ्न ।
नगरप्रमुख जीवनराज थापाले पुनर्वासमा डिपवेल बोरिङका लागि आफुहरुले निरन्तर प्रदेश सरकार र केन्द्र सरकारलाई झक्झकाईरहेको बताए । यस कार्यमा पहल र प्रयास गरीदिएकोमा खानेपानी मन्त्री बिना मगर र प्रदेश सभासद तारालामा तामाङलाई धन्यवाद दिए । नगरप्रमुख थापाले आगामी बर्ष पुुुन: पुनर्वासमा ४/५ वटा डिपवेल बोरिङ आउने
र सम्पूर्ण बोरीङ सञ्चालन भए आगामी बर्ष भित्र पुनर्वासका सम्पूर्ण जमिनमा सिचाइ सुविधा पुग्ने बताए ।
बोरिङ सञ्चालनका लागि वर्तमान विद्युतको पावर कम भएको बताउँदै विद्युत सवस्टेशनको निर्माण कार्य रोकिएकोमा  नगरप्रमुख थापाले चिन्ता व्यक्त गरे । 
हाल नगरपालिकामा १० वटा सञ्चालन डिपवेल सञ्चालनमा रहेको र १५ वटा बोरिङ गाडने काम भईरहेको र एउटा बोरिङले ६० / ६५ बिगाह क्षेत्रफल जमिनमा सिचाइ गर्न सकिने पुनर्वास ४ का वडाध्यक्ष प्रेम बस्नेतले बताए ।
बोरिङको गहिराई ३३० देखी ४२० फिट हुने, एउटा बोरिङको लागत ईस्टिमेट २५ लाख भएपनी आफुहरुले १८ लाखमा काम गरीरहेको तथा आगामी २/३ दिन भित्रै बोर गर्ने काम सम्पन्न हुने उच्चाकोटी ट्युबवेल ड्रीलिङ कम्पनी प्रालि धनगढीका डाईरेक्टर भोजराज रेग्मीले बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तरगतको
जलश्रोत तथा सिंचाइ विभाग समृद्ध तराई मधेस सिचाइ विशेष कार्यक्रम, जाउलाखेल ललितपुरबाट टेण्डर आव्हान भई उच्चाकोटी ट्युबवेल ड्रीलिङ कम्पनी प्रालिको नाममा ठेक्का सदर भई काम भईरहेको समेत डाईरेक्टर रेग्मीले बताए ।

कञ्चनपुर : बेलाैरी-कलुवापुर सडक खण्डको काम अलपत्र, स्थानीय चिन्तित



-शितल भट्ट
कञ्चनपुर, २० असार ।
बेलौरी-कलुवापुर सडक खण्डको काम अलपत्र अवस्थामा छ । ठेकेदारको लापरबाहीका कारण उक्त सडक खण्डकाे काम अलपत्र परेको हाे ।
सडक निर्माणको ठेक्का पाएकाे सन्ताेषी थेगिम जेभि निर्माण कम्पनीकाे चरम लापरबाहीका कारण बेलौरी-कलुवापुर सडक खण्डको काम अलपत्र परेको नेपाली काङ्ग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्टकाे भनाइ छ । निर्माण कम्पनीले सडक कालेपत्रेकाे ठेक्का पाएपश्चात काममा ढिलाइ गर्दै पटकपटक म्याद थपेर राज्यको ढुकुटी रित्याउनु बाहेक दाेस्राे काम नगरेकाे उनको कथन छ ।
निर्माण कम्पनीले २०७३ भाद्र १७ गते ठेक्का सम्झौता गरी २०७५ जेष्ठ १६ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता गरेको थियो । तर झण्डै चार वर्ष गुज्रिसक्दा समेत ठेकेदारले जनता ठग्ने कामबाहेक अरु केही नगरेको उनले जिकिर गरे ।
निर्माण कम्पनीले २०७५ जेष्ठ १६ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए तापनि काम कछुवाको गतिमा भइरहेकाले दक्षिणी क्षेत्रका वासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
यस्तै, निर्वाचित सांसद तथा जनप्रतिनिधिहरुलाई यस विषयमा चिन्ता र चासो नहुनुले जनतामा नैराश्यता छाएको तथा भनेजस्तो जनप्रतिनिधि नपाउनुले यस क्षेत्रको भविष्य ओरालो लागेको नेकपा युवा नेता पल्लवराज भट्टकाे ठहर छ ।
नेता भट्ट भन्छन्, ‘कलुवापुर बेलौरी सडक खण्डलाई प्रदेश सरकारले गौरवको योजनामा राख्नु स्वागत योग्य हाे । तर यसलाई प्रदेशको स्रोतले तत्काल सम्पन्न गर्न नसक्ने भएकोले उक्त सडक खण्डलाई हुलाकी राजमार्ग अन्तर्गत राखिनुपर्छ ।’
संघर्ष गर्नुपर्छ : पूर्वसांसद विष्ट
यस्तै, नेपाली कांग्रेसका जुझारु नेता एवं पूर्वसांसद दिवान सिंह विष्टले आफ्नो कार्यकालमा आफूले हालेको सडक कालोपत्रेकाे याेजना हालसम्म पनि सम्पन्न हुन नसक्नुमा राजनीतिक खिचातानी भएको जिकिर गरे । उनले बेलौरी-कलुवापुर सडक खण्ड हालसम्म बहुवर्षे ठेक्काको समय सकिँदा पनि सडक कालोपत्रेकाे काम अलपत्र परेको बताए । बेला बेलामा विभिन्न नेकपाका सांसद तथा मन्त्रीहरुबाट सडक कालोपत्रे शिलान्यास कार्य मात्रै हुनु तर कामकाे गतिलाई अगाडि बढाउनतर्फ बेवास्ता गर्नु निन्दनीय भएको उनकाे भनाइ छ ।
यहाँबाट निर्वाचित खानेपानी मन्त्री बिना मगरले सडकहरुको विभाजनका बेलामा यसलाई संघीय सरकारमा रहेर संघीय सरकारकै बजेटबाट निर्माण कार्य अगाडि बढाउन नसक्नु दु:खद रहेको उनको भनाइ छ । पूर्वसांसद बिष्टले कलुवापुर-बेलौरी सडक खण्डलाई अलपत्र पार्नमा वर्तमान सरकारबाट नै भूमिका खेलिएकाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कामलाई द्रुतगतिमा अगाडि बढाउन अब संघर्षका कार्यक्रम नगरी नहुने अवस्था सृजना भएको समेत बताए ।
‘ठेकेदारमाथि कारबाही हुनुपर्छ’
दक्षिणी क्षेत्रकाे विकास र समृद्धिसँग ठेकेदारले खेलबाड गरिरहेकाले यसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बुद्धिजीवी एवम् स्थानीय अगुवा प्रेम सिंह बाेहराकाे भनाइ छ । कामभन्दा पनि कुरा मात्रै गर्ने निर्माण कम्पनीको लाचारी प्रवृत्ति प्रति उनलेे चिन्ता व्यक्त गरे ।
भन्सारसम्म डबल लाईनको बनाउनुपर्ने
अलपत्र अवस्थामा रहेको निर्माण कार्य हाल आएर प्रदेशमा पठाइएको भए पनि प्रदेशको श्रोतले उक्त सडक तत्काल बन्न सम्भव देखिएको छैन । पुरानो डिपिआर अनुसार ५.५ मिटरलाई परिवर्तन गरी राजमार्गदेखि बेलौरीको बैशाखा भन्सारसम्म डबल लाईनको सडक बनाए मात्रै यस क्षेत्रको भविष्य उज्जवल देखिएकाे बुद्धिजीवी पूर्व प्राचार्य केशवराज जाेशीकाे भनाइ छ । साथै, भन्सार नाकाको सम्भावना पनि यस सडकसँगै जोडिएको उनकाे ठहर छ ।
कैलालीकाे लम्की-टीकापुर-खक्रौला लिंक रोड हुलाकी सडक परियोजना अन्तर्गत निर्माण भइरहेको हुँदा सोहीअनुसार कञ्चनपुर जिल्लाको एक मात्र उत्तर-दक्षिण जोड्ने कलुवापुर-बेलौरी लिंक रोड हुलाकी सडक परियोजनाअन्तर्गत राखी डबल लाइनको सडक निर्माण गरिनु पर्ने स्थानीय विज्ञहरुको सुझाव समेत आएको छ । भने कत्तिले त अहिले ठेक्का सम्झौता अनुसार ५.५ मिटर नै भए पनि चाडो भन्दा चाडाे काम सम्पन्न गरिनु पर्ने धारणा राखेका छन् ।
निर्माण कम्पनीले कलुवापुर देखि ५.५ मिटर सडक कालोपत्रे गर्दै आइरहेको भए तापनि वनसाहा-बेलौरीसम्मको उक्त सडक खण्डमा सिन्को समेत नभाँचेको स्थानीयहरुको गुनासो छ ।
ठेकेदारले दक्षिणी जनतालाई पटक-पटक झुटा आश्वासन दिएर विकास निर्माणमा खेलबाड गरकाे भन्दै बेलाैरीवासी अहिले झनै आक्राेशित भएका छन् । उनीहरुले अब चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने सडक संघर्ष समिति संयाेजक महादेव पाण्डेले बताए ।
के-कति कारणले काममा ढिला-सुस्ती भइरहेको हाे ? यसबारेमा स्थानीय सरकारले ठाेस कदम चाल्नुपर्ने नेपाली काङ्ग्रेसका जिल्ला सदस्य प्रकाश राज पन्तको भनाइ छ ।

प्रेमिकासंग नहरमा हामफालेका प्रेमी २२ घण्टापछि मृत फेला 

 बिकाश सिंह महता 
कञ्चनपुर / २० असार २०७७ सनिवार
 विश्वव्यापी रुपमा महामारी फैलिएको कोभिड-१९ कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका प्रेमी झन्डै २२ घण्टापछि मृत फेला परेका छन् । शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त -२ महुलीयाकी रेनु चौधरी (प्रेमिका)संगै हाम फालेका सो नगरपालिका –२ उल्टाखामका २३ वर्षीया राकेश चौधरी (प्रेमी) हामफालेको स्थान बाट १ सय मिटर तल मृत अवस्थामा फेला परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाले बताए । प्रेमिका रेनु चौधरी लाई हिजो नै सकुशल उद्धार गरि महाकाली अस्पतालमा उपचार भएको र प्रेमिका संगै नहरमा हाम फालेका प्रेमी लापत्ता रहेका थिए। मृत्यक राकेश नेपानी सेना दिपायलमा कार्यरत थिए । उनी एक हप्ता अघि बिदामा गर आएका थिए। केही समय सम्म उनिहरुले कुरा कानी पछि उनीहरुलाई हाम फाल्न स्थानियले देखेपछि युवतीको भने सकुसल उद्दार गरेका थिए । घटना किन कसरी घट्यो भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Friday, July 3, 2020

पुनर्वास टिप्पर काण्ड: मृतक परीवारलाई क्षतिपूर्ति दिने सहमति पछि लास उठाईयो 

यम प्रसाद आचार्य 
कञ्चनपुर, १९ असार ।
पुनर्वास १ मा पानी बोक्ने टिप्परको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव उठाइएको छ । मृतक परिवारलाई क्षतिपूर्ति र दोषीलाई कार्वाही गरीने सहमति भएपछि शव उठाईएको हो ।
ईलाका प्रहरी कार्यालय, पुनर्वासमा प्रहरी प्रशासन र स्थानीय बुद्धिजिविहरुको पहलमा मृतकका आफन्त र सवारी धनी विच भएको छलफल पश्चात सो सहमति भएको हो । 
शुक्रबार दिनभरी नै मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कार्वाहीको माग गर्दै स्थानीयले आन्दोलन गरी शव उठाउन दिएका थिएनन । आक्रोशित स्थानीयले दुईवटा ट्यांकरलाई आगो लगाई पूर्ण क्षति गरेका थिए भने एउटा ट्यांकरमा सामान्य क्षति पुरयाएका थिए । आगलागी र तोडफोड भएका से १ क १७४, बा १ क ९७८४ र बा १ क ६९३६ नम्बरका टिप्परलाई प्रहरीले बचाउने प्रयास गर्दा स्थानीयले मान्छेको ज्यान भन्दा टिप्परलाई बढी महत दिएको भन्दै विरोध गरेका थिए ।
। आक्रोशित भिडले ढुंगा प्रहार गर्दा केही प्रहरी जवानलाई सामान्य चोटपटक लागेको थियो । त्यसको जवाफमा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियोे । 
पुनर्वास १ स्थित धनगढी-बेलौरी निर्माणाधिन हुलाकी मार्गमा शुक्रबार विहान करिब ११ बजे पानी बोक्ने टिपरको ठक्करबाट से ६ प ६४२६ नम्बरको सुपर स्पेलेण्डर मोटरसाईकलमा सवार पुनर्वास ९ का ४० बर्षिय लोकेन्द्र सिह ठकुरीको मृत्यु भएको हो । 
दुर्घटना गराउने टिप्पर चालकको पहिचान भैसकेको र खोजी गरि कानूनी कार्वाही गरीने प्रहरीले जनाएको छ ।
मृतक परिवारलाई बिमा बापत पाइने पाँच लाख र गाडी मालिकले थप रकम दिने, घाइतेलाई उपचार गरीदिने र दुर्घटनामा क्षति पुगेको मोटरसाइकल मर्मत गरीदिने तथा फरार गाडी चालकहरूलाई गिरफ्तार गरि कार्वाही गर्ने लगायतका सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले हामै साझा पत्रिकालाई बताए ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाईने भएको छ ।
यसरी भएको थियोे दुर्घटना 
दुर्घटनामा घाइते भएका मृतकका भान्जा प्रविन तामाङका अनुसार मृतक ठकुरी र भान्जा प्रविन तामाङ मोटरसाइकलमा चढेर बेलौरी तर्फ जादै थिए । मोटरसाइकल मामा लोकेन्द्रले चलाईरहेका थिए । पुर्नवास १ हुलाकी मार्गमा पुग्दा पानी बोक्ने टिप्परले मोटरसाइकललाई ठक्कर दियो । ठक्कर लागेपछि मोटरसाइकल अनियन्त्रीत भई मामा भाञ्जा लडन पुगे । लडने क्रममा चोटका कारण मामा उठन सकेनन तर भान्जा भने हुत्तिएर बाटो तल पुगे । सोही क्रममा चोट लागि उठन नसकेका लोकेन्द्रलाई टिप्परले ब्याक गरि ठाउको किचिदियो ।




आजको राशिफल/आज२०७७ असार १९ गते शुक्रबार

 
मेष-सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।बृष-आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।मिथुन-कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कर्कट-नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ । सिंह-परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।कन्या-पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।तुला-हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।बृश्चिक-नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। धनु-सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।मकर-कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।कुम्भ-पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।मीन-  पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।  

Thursday, July 2, 2020

प्रधानमन्त्रीबिनै फेरि सुरू भयो नेकपाको स्थायी समिति बैठक




काठमाडौ, १८ असार ।
झन्डै तीन घन्टादेखि रोकिएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा फेरि सुरू भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि रोकिएको बैठक सुरू गरेका हुन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित छैनन्। आज बिहानको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित थिएनन्।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक चलाइरहेका बेला बसेको मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठकमा खैलाबैला भएको थियो।

त्यसपछि प्रचण्डले ओलीसँग छलफल गरेका थिए। ओलीसँगको कुराकानीपछि उनी ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
शितल निवासमा राष्ट्रपति  भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।  


गर्मीमा लूबाट कसरी बच्ने ?




चर्कदो गर्मीसँगै तराई क्षेत्रमा तातो हावा चल्न सुरु हुन्छ । एकातिर घामको राप, अर्कोतिर तातो हावा । यस्तो गर्मीमा ‘लू’ को समस्या हुन्छ । यो गर्मी मौसमको बिरामी हो । मौसमी समस्या भएकाले लू जसलाई पनि लाग्न सक्छ । खासगरी तराई क्षेत्रमा लूबाट बच्न सर्तकता अपनाउनु पर्छ । लूको कारण ज्यान जान पनि सक्छ ।
किन लाग्छ लू ?
गर्मीको कारण धेरै पसिना बग्छ । शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु लू लाग्ने एउटा कारण हो ।
के हुन्छ समस्या ?
जब शरीरमा पानी र नुनको मात्रा घट्छ, रगतको तापमान बढ्छ, टाउको भारी हुन्छ । नाडीको गति बढ्छ । रगतको गति पनि तिब्र हुन्छ । श्वासप्रश्वासको गति असामन्य हुँदै जान्छ । हात, खुट्टा र तालुमा जलन बढ्छ । आँखामा पनि जलन बढ्छ । यसले गर्दा अचानक बेहोस हुन्छ र मृत्यु हुन पुग्छ ।
कसरी जोगिने त ?
-पटक-पटक पानी पिउने, खाली पेट नबस्ने, बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने, प्याजको रस खाने)
– संभव भएसम्म मध्यन्हको चर्को गर्मीमा घर बाहिर निस्कनु हुँदैन । यदि घरबाहिर जान परे टाउको र गर्दनमा तौलियाले ढाक्नुपर्छ ।
– पटक पटक पानी पिउनुपर्छ, ताकि शरीरमा पानीको अभाव नहोस् ।
– गर्मीको समयमा सुपाच्य खानेकुरा खानुपर्छ । बाहिर गएको बेलामा खाली पेट हुनुहुन्न ।
– नरम, मुलायम सूतीको कपडा लगाउनु पर्छ ।
– चिसो खानेकुराको सेवन गर्नुपर्छ । मौसमी फलको सेवन एकदमै लाभदायक हुन्छ ।
– यतिबेला प्याजको सेवन पनि राम्रो हुन्छ ।
– घरबाट बाहिर निस्कदा छाता ओड्नुपर्छ ।
– घरबाहिरबाट आउनसाथ तुरुन्तै पानी पिउनु हुँदैन ।
लू लागेमा के गर्ने ?
– यदि लू लागेमा तुरुन्तै चिकित्सकहाँ पुर्याउनु पर्छ । त्यसअघि केहि प्राथमिक उपचार गर्न सकिन्छ ।
– बिरामीलाई खुला र चिसो हावामा आरम गर्न दिनुपर्छ ।
– बिरामीको शरीरमा अधिक तापमान भए चिसो पानी वा बर्फले पट्टी गरिदिनुपर्छ ।
– बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर दिनुपर्छ ।
– बर्फ पानी पिउन दिनु हुँदैन । बरु, कागती पानी पिउन दिनुपर्छ ।
– बिरामीको शरीरमा तीन चार पटक चिसो भिजाएको कपडा राखिदिनुपर्छ ।
घरेलु उपचार विधी के छ ?
– धनियालाई पानीमा भिजाएर राख्ने । त्यसलाई राम्ररी पिसेर छान्ने । उक्त पानीलाई चिनीमा मिलाएर पिउनुपर्छ ।
– खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्नुपर्छ ।
– पानीमा ग्लुकोज मिसाएर पिउने गर्नुपर्छ ।
– कागतीको सर्बत बनाएर पिउनुपर्छ ।

ओली निकटका नेताहरु प्रचण्डसंग छ्लफल गर्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ ।
छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् ।
यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेताहरुसँग मात्रै बालुवाटारस्थित निवासमा छलफल गरेपछि प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले झम्सीखेलको एक रेष्टुरेन्टमा आफू निकटका नेताहरुसँग संयुक्त छलफल गरेका थिए ।
स्थायी समितिका ३१ सदस्य सहभागी सो छलफलले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि स्थायी कमिटीका अरु सदस्यहरुसँग पनि छलफल गर्ने भन्दै नेताहरु फर्किएका थिए । सोहीअनुसार प्रचण्डले बिहीबार बिहान ओली निकटका नेताहरुसँग पनि छलफल गरेका हुन् ।


बेलौरीमा देखियो सलह किरा



कञ्चनपुर, १८ असार ।
बेलौरीमा पनि सलह किरा देखिएको छ ।
बुधबार बेलौरी नगरपालिकाको वडा नम्बर ६ मा सलह किरा देखिएको कृषि विकास शाखाले जनाएको हो । उक्त किराको समुह सानो भएकाले कृषकहरूले आत्तिहाल्नुपर्ने अवस्था नरहेको भए तापनि सजगता र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
फट्याङ्ग्रा वर्गको किरामा पर्ने सलहले बालीमा अमेरिकी फौजी किराले भन्दा अनेकौ गुना बढी क्षति पुर्‍याउने बताइएको छ ।  करोडौंको सङ्ख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।
जेठ देखि असोज महिनासम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने गर्दछ।

 

आजको राशिफल/२०७७ असार १८ गते बिहिबार 

बि.सं.२०७७ साल असार १८ गते बिहिबार ई. सं. २०२० जुलाइ २, नेपाल सम्बत ११४० दिल्लाथ्व द्धादशी प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल द्धादशी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, साध्य योग, बालव करण । नेपालमा सूर्योदय बिहान ०५ः१३ बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिकं राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १३ मिनेट देखि ६ बजेर ५७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मुल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)– मनमा चिन्ता, शङ्का र छटपटी उब्जने छ । पिताको सेवासुश्रुषामा समय दिनु राम्रो हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । कठिन चुनौती सामना गर्नुपर्ला । नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर हिम्मत र साहसका साथ संयम भई कर्म गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।  

Wednesday, July 1, 2020

नेकपा विवाद: ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने झम्सीखेल बैठकको निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् ।

पार्टी कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सम्मिलित बैठकले ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने निर्णय गरेको हो ।

 बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको छ । 

बैठकमा प्रचण्ड र माधव नेपाल पक्षधर स्थायी समिति सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

स्थायी समिति बैठकमा बोल्ने पाँचै नेताले गरे ओलीको आलोचना

बैठकमा सहभागी नेपाल निकट एक स्थायी समिति सदस्यले ओलीविरुद्ध मोर्चाबन्दी कसिलो बनाउँदै अघि बढ्ने  र उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालिएको रातोपाटीलाई बताए । करिब ३ घण्टा लामो ललिपुरको झम्सीखेलमा चलेको ओलीविरोधी नेताहरुको बैठकमा अबको साझा रणनीति समेत बनाइएकाे ती नेताले बताए । 
केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको  शैलीप्रति विरोध जनाउँदै  प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् ।
विशेषतः आइतबार ओलीले आफ्नो सरकार ढाल्न दिल्ली र पार्टीभित्रकै केही नेता लागिपरेको अभिव्यक्ति दिएपछि नेकपाभित्र केही महिनायता मत्थर भएको विवाद फेरि ब्यूतिएको हो। 
विवाद चर्किँदै जाँदा मंगलबार र बुधबार बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीको आलोचना गर्दै उनले राजीनामा दिनुपर्ने माग गरेका थिए । 
आन्तरिक राजनीति पेचिलो बन्दै गएको बेला आज भएको ओलीविरोधी खेमाको बैठकमा गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा समेतको सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पूर्वमाओवादी पृष्ठभूमिका भएपनि पछिल्लो समय ओली निकट देखिएका उनी आजको बैठकमा भने सहभागी भएका हुन् । 


चीनले लगायो भारतीय मिडियामाथि प्रतिवन्ध

     
असार १७ -   चीनले भारतीय मिडियामाथि प्रतिवन्ध लगाएको छ । सीमा विवाद चर्केसँगै भारतमा चीनको सामान प्रयोग नगर्न अभियान नै चलेका बेला चीनले पनि भारतीय मिडियामा प्रतिवन्ध लगाएको छ । गत शुक्रबार भारतीय सरकारले चीनका थुप्रै एप्लिकेसनहरुमा प्रतिवन्ध लगाएको थियो । कारवाहीको प्रतिक्रिया जनाउँदै चीनले पनि भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिवन्ध लगाएको छ । यस प्रतिवन्धमा भारतीय केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि सामिल रहेको छ । चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।   

आजको  राशिफल/आज २०७७ असार १७ गते बुधबार। 

आज २०७७ असार १७ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ । चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद । कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ । सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ । पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ । कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ। वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।