Sunday, August 2, 2020

लागुऔषध सहित दुईजना भारतीय नागरिक पक्राउ



हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन ।

कञ्चनपुरको बेलौरीबाट प्रहरीले २२.९ ग्राम खैरो हेरोइन जस्तो देखिने लागुऔषध सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहका अनुसार, आइतबार बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषध सहित भारतको पिलिभित कम्पोजनगरका २२ वर्षीय गोबिन्द सिंह र २० वर्षीय राजबीर सिंहलाई पक्राउ गरिएको हो । भारतीय क्षेत्रबाट नेपाल तर्फ बेच्न ल्याइरहेको सूचनाका आधारमा पक्राउ परेका दुवैजना भारतीय नागरिकहरूलाई इलाका प्रहरी कार्यालय बेलडाँडीको नियन्त्रणमा राखिएको र उनीहरूलाई लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने बताइएको छ ।

भारतीय एसएसबीको जत्था नेपाली भूमिमा , बारम्बार नचिढ्याउन सीमावासी नेपालीको चेतावनी ।



शीतल भट्ट
कञ्चनपुर, १८ साउन । भारतीय एसएसबीका डेपुटी कमाण्डर आर।के रमनको नेतृत्वमा एसएसबीको जत्था पटक ÷ पटक नेपाली भुमिमा प्रवेश गरि अनावश्यक दबाब दिन थालेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ पचुईमा बिगत एक बर्षदेखि अवरोध गर्दै आएको भारतले फेरि अवरोध सिर्जना गर्न खोजिरहेको छ ।


कहिले फिल्मी शैलीमा फौजफक्कड सहित एसएसबीका जत्था त कहिले डेपुटी कमाण्डर, कहिले प्रशासनिक निकायका अधिकारी ल्याएर स्ट्रिप नक्साका आधारमा उक्त क्षेत्र आफ्नो दावी गर्दै सडक निर्माण कार्य समेत अघि नबढाउँन दवाव दिदै आएकोछ ।


निर्माण कम्पनीले कालोपत्रेका लागि बेस गर्दादेखि नै भारतीय पक्ष अवरोध गर्दै जाने, नेपाली पक्ष बनाउँदै जाने, कालोपत्रेको तयारीकै बेला भारतीय पक्षले अवरोध गर्न कुचेष्टा देखाइ रहेको छ । ०७६ देखि भारतीय एसएसबीले सडक निर्माण गरिरहेको कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालकलाई उक्त सडकखण्ड निर्माण नगर्न दवाव दिदै आएको थियोे । ०७६ सालमा एक पटक अवरोध गरेको भारतले ०७७ मा आईपुग्दा चाररपाँच पटक अवरोध गरिसकेको छ ।

असार तेस्रो साता फिल्मशैलीमा सुरक्षाकर्मी सहित जायजत्था ल्याएर आएको भारतीय एसएसबीले साउन तेस्रो सातासम्म पाचौं पटक सडक निर्माण स्थलमा पुगेर अनावश्यक दबाब बढाउने काम गरिरहेको छ । आइतबार पनि भारतीय सीमा सुरक्षा बलका डेपुटी कमाण्डर आर।के रमन नेतृत्वमा आएको एसएसबीको टोलीले माथिको आदेश भन्दै निर्माण गर्न नगर्न दवाव दिएर फर्किएकोे स्थानीय विवेक लम्सालले बताए ।

भारतीय पक्षले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर र स्ट्रीप नक्सालाई आधार मानेर आफ्नो भूमि भएको अनावश्यक अर्काको भूमिमा दावी गर्दै आएको स्थानीय एवम् सिमाका पहरेदार हरि चन्द ठकुरीले बताए । स्थानीयले कोडिभ १९को मौका छोपेर भारतीय पक्षले अनावश्यक बखेडा झिकिरहेको बताएका छन् ।


अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले ०५८ देखि ०६३ सम्म भारतसंग जोडिएको कैलाली कञ्चनपुरमा गरिएको संयुक्त सीमा सर्वे टोलीले बदमासी गर्दा भारतीय पक्षले बखेडा झिक्दै आएको बताए । ‘उतिबेला नेपालमाद्वन्द्व चलेको थियो, संयुक्त टोलीपनि उतै भारततिर बसे, जे जे भन्यो, नेपाली पक्षले त्यही गरे, आज आएर भारतीय पक्षले नेपाली लालपुर्जावाला जमिनमा समेत बखेडा झिक्दैछन, सयोजक भट्टले स्ट्रीप नक्सामाथि छानबिन हुनुपर्ने बताउँदै भने ।
अक्षांश र देशान्तर हेरेर जीपीएसबाट नाप्दा नेपाली भूमि भारतमा देखिन लागेको बताउदै उनले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर मानेर भारतीय पक्षले अवरोध गर्दै आएको बताए । ‘स्ट्रीप नक्सामा त्रृटि छ वा छैन, एक पटक नेपाल सरकारले विज्ञ सहितको टोली लगाएर अध्ययन गर्नुपर्छ, ‘उनले भने, ‘त्रृटि भएका क्षेत्रमा सच्याउनु पर्छ । उनले भने “ स्ट्रीप नक्सा नेपालले स्वीकार नगरेको अवस्थामा सो नक्सा पुनरावलोकन गर्नुको विकल्प नभएको बताए । ‘कैलाली कञ्चनपुरमा देखिएको सबै सीमाको विवाद स्ट्रीप नक्सा हो, ‘उनले भने, ‘यसमा सरकारले समयमै ध्यान दिनुपर्छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि प्रशाद खतिवडाले संयुक्त सीमा सर्वेटोलीले सो क्षेत्रको विवाद हल गर्नुपर्ने बताए ।

भारतीय पक्षले पछि हट्दा विवाद समाधान हुने प्रजिअ खतिवडाको भनाइ छ । नेपाली पक्षले भने भारतीय दादागिरी शैलीको अहङकारका कारण छिमेकीको सडक निर्माणमा अवरोध गर्दैै आएको बताएका छन् ।


भारतीय एसएसबीलाई अनावश्यक अवरोध नगर्न बिशेष सुुुुझाव दिइएको सीमा सुरक्षा बल आउटपोष्ट बेलौरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताए । यस्तै बेलौरीका स्थानीयले भारतीय एसएसबीलाई नेपाली भुमिमा नजर नगाड्न र बारम्बार नचिढ्याउन चेतावनी समेत दिएका छन् ।

आजको राशिफल/आज २०७७ साउन १८ गते आइतबारको राशिफल

आज २०७७ साउन १८ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बृष
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
सिंह
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
कन्या
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
धनु
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
मकर
पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ
समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

Saturday, August 1, 2020

थारु कल्याणकारी सभा र थारु आन्दोलन





कोरोना माहामारीले विश्व आक्रान्त बनेको अवस्थामा हाम्रो मुलुक पनि त्यसबाट अछुतो रहन सकेको छैन । निजि क्षेत्रको उल्लेख्य भुमिका आवश्यक रहेको हाम्रो जस्तो विकाशसिल मुलुकमा निजि क्षेत्र थिलो थिलो भएको छ । सरकारले अर्थतन्त्रमा परेको प्रभाव न्युनिकरणका लागि खेल्नु पर्ने भुमिका निरासाजनक नै छ । यी सबै पक्षहरुलाई हेर्दा न्युन आयश्रोत भएका गरिखाने वर्गको बाहुल्यता रहेको देखन्छ । नेपालमा अधिकांस गरिखाने बर्गकै रुपमा रहेका थारु समुदायले यस महामारीको प्रत्यक्ष रुपमा भोग्नु परिरहेको छ ।
यस जटिल परिस्थितिमा राज्यका हरेक अंगहरु चुस्त दुरुस्त भएर जनजिविकाको सवालमा सकृय हुनु पर्नेमा भष्ट्राचार र दण्डहिनतालाई प्रसर्य दिइरहेको आम जनताको देखाई र भोगाई रहेको छ । दिनानु दिन संस्थागत भष्ट्राचारका काण्डहरु एक पछि अर्को गर्दै अर्को गर्दै बर्खायाममा आउने पहिरो जस्तै निरन्तर आउनुले आम जनताको मन कुडिनु स्वभाबिक नै छ । हुँदा हुदैं न्यायालयमा समेत यस्को प्रभाब परेको हो की भनेर जनता ससंकित बनेका छन् । हालै न्यायालयले आफ्नै श्रीमतीको हत्या आरोप पुष्टी भएका पुर्व डि.आइ.जी रञ्जन कोइरालालाई तोकेको सजाय अवधी पुरा नहुदै जेल मुक्त गराएको छ ।
कुनै व्यक्ति आरोप प्रमाणित भएर पनि जेलमुक्त हुदा पुनः माननिय रेशम चौधरीका विषयमा बहस हुन थालेको छ । २०७२ सालको टिकापुर घटनामा आरोपी भनिएका तर हालसम्म पनि प्रमाणित हुन नसकेका र त्यस क्षेत्रका आम जनसमुदायले २०७४ सालको आम निर्बाचनमा अत्याधिक बहुमतले संघीय संसदमा विजयी गराई निज रेशम चौधरी आरोपी नहरेको पुष्टि समेत गरि सकेको अवस्थामा समेत जेलमै राखेको अवस्थाले मुलुकको न्याय प्रणाली प्रति समेत आम जनताको विषेश गरी टिकापुरका आम मतदाता र सिंगो थारु समुदाय ससंकित हुनु स्वभाविक देखिन्छ ।
न्यायालय सहित राज्यका सबै अंगहरु कुनै न कुनै प्रकारको प्रभावमा परेर काम गरिरहेको आभाष जनताले महशुस गरिरहेको अवस्थामा माननिय रेशम चौधरीको विषयमा तत्कालिन राष्ट्रिय जनता पार्टी र हालको जनता समाजबादी पार्टीले खेलेको भुमिकाको विषयमा समेत जनताले जवाफ खोजी रहेका छन् । हुन त राजनितिक दल र तिनका अगुवाहरुले आफ्नो निहित स्वार्थका लागि धेरै व्यक्तिहरुको जनजिविका धरापमा पारेको कुरा नौलो होईन । राजनितिक दलहरुले जस्तै फुटाउ र राज गरको निति थारुहरुको अगुवा संगठन थारु कल्याणकारी सभाले समेत अंगालेको देखिन्छ ।
थारुहरुको हक हितको सवालमा आवाज नपुगेको आवाजलाई राज्यको मुल धार सम्म पु¥याउने उद्देश्यले स्थापित थारु कल्याणकारी सभाले आजभोली थारुहरुको संघर्ष र बलीदानीलाई निहित व्यक्ति र समुहको स्वार्थ पूर्तिका लागि प्रयोग गरिरहेको छ । थारु समुदायको पहिचानको मुद्धालाई स्थापित गराउनु भन्दा पनि उक्त आन्दोलनको जगमा टेकेर सिमित व्यक्तिहरुको राज्य सत्तासँग मोलमोलाई गरी निजि स्वार्थ पुर्ति गर्ने बाटो समातेका छन् । थारु कल्याणकारी सभाका यि गतिविधिहरुको कारण यस अग्रणी संस्थाले थारुहरुको पहिचानको मुद्धा र आन्दोलन कमजोर बन्दै गएको छ ।
थारु कल्याणकारी सभा थारुहरुको हकहितमा के कस्तो भुमिका निर्वाह गरिरहेको छ भन्ने कुरामा गत वर्ष भाद्र दोस्रो साता टिकापुरमा सम्पन्न थारुहट थारुवान राष्ट्रिय सम्मेलनको अवसरमा थारु कल्याणकारी केन्द्रको सहभागितालाई हेर्दा प्रष्ट थाहा हुन्छ । उक्त थारुहट थारुवान राष्ट्रिय सम्मेलनको टिकापुरमा सामाजिक रुपमा रहेको सामाजिक विभेदलाई न्युन गर्दै थारु हकहितको आन्दोलनमा अन्य सबै समुदायहरुको साथ समर्थन जुटाउन सफल हुदै गर्दा थारु कल्याणकारी केन्द्र भने उक्त सम्मेलनको वेवास्ता गर्दै थारु समुदायमै विभिन्न खालका भ्रम सृजना गर्दै फुटाउ र राज गरको नितिमा हिडिरहेको देखियो ।
थारु कल्याणकारी सभाको शुन्य सहभागिताको बाबजुद गतबर्षको सम्मेलनले सफल रुपमा उद्देश्यहरु प्राप्त गरेको छ भने पुनः यस बर्ष पनि टिकापुर घटना भएको मितिलाई नै आसपास पारेर आन्दोलन गर्ने तयारी भइरहेको छ । यस वर्ष हुने आन्दोलनको हकमा समेत थारु कल्याणकारी सभाको सहभागी शुन्य हुने अवस्थामै रहेको देखिन्छ । यसरी नै थारु कल्याणकारी सभा थारु हकहितको विषयमा पन्छिदै जाने हो भने आम थारु जनसमुदायको त्यसको विकल्प खोज्नु पर्ने अवस्था समेत आउन सक्दछ । तर पुरानो संस्था भएकाले नेतृत्व र प्रवृति फेरेर यही थारु कल्याणकारी सभालाई नै थारुहरुको हकहितको सवालमा चलायमान वनाउन सकियो भने अझै राम्रो हुने विश्वास छ ।
अन्त्यमा राष्ट्रिय थारु कलाकार मञ्चले कला र साहित्यको माध्यमबाट निरन्तर रुपमा पहिचानको मुद्धालाई स्थापित गराउने काम गरिरहेको छ र यस पटकको आन्दोलनमा राष्ट्रिय थारु कलाकार मञ्चको सक्रिय सहभागिता रहनुका साथै उक्त आन्दोलनमा सहभागी भइ दिनहुन आम थारु समुदाय र गैर थारु समुदायलाई हार्दिक आव्हान समेत गर्दछु ।

विनय वैद्य
अध्यक्ष
राष्ट्रिय थारु कलाकार मञ्च

फेरी बढ्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँले बढाएको छ । प्रवक्ता विनित मणि उपाध्यायका अनुसार शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो । हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको उनले जनाएका छन् ।
काठमाडौंको लागि अब पेट्रोलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९० रुपैयाँ काम गरिएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
 

पुनर्वासमा थप १४ जनामा कोरोना पुष्टि ।

यम प्रसाद आचार्य,
पुनर्वास, साउन १७ ।

कंचनपुरको पुनर्वास नगरपालिकामा थप १४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार आएको रिपोर्टमा पुनर्वासका विभिन्न वडाहरुमा गरि १४ जनामा कोरोना पुष्टि भएको हो । 

प्राप्त रिपोर्ट अनुसार  पुनर्वास नगरपालिकामा राष्ट्रिय मावि अम्मर बस्तीमा बसेका ३ जना, बिजय मा.बि भिमबस्तीमा बसेका ३ जना,  जीवन ज्योति मा.वि त्रिभुवनबस्तीको कोरेन्ट्वाईनमा बसेका ५ जना, सरस्वती मा.वि मोतीबस्तीमा बसेका १ जना  र होम कोरन्टाईनमा  बसेका वडा नम्बर ६ का दुई जना गरी जम्मा १४ जनाको PCR पोजिटिभ देखिएको हो । 

पोजेटिभ देखिएका मध्ये केही घर गैसकेकोले संक्रमण समुदायमा पनि फैलिएको हुनसक्ने आशंका गरेको छ। लक डाउन खुले पछि पुनर्वासमा ठूलो संख्यामा सक्रमित भेटिए सँगै गाउँ- गाउँमा पुन: त्रास फैलिएको छ । यो सँगै पुनर्वासमा खतरा को घण्टी बजेको आँकलन गर्दै सामाजिक संजालमा पोष्ट गरिन थलिएको छ ।  

 पुनर्वासका विद्यालयमा भएका सबै कोरेन्ट्वाईन खारेजी गर्ने अभियान चलाएकै बेला ठूलो संख्यामा संक्रमित भेटिनुलाई चुनौतीपूर्ण भएको सरोकारवालाहरु बताउँछन् । भारतबाट दैनिक जसो मानिसहरु आईरहेकाछन तर उनीहरुलाई होम कोरेन्ट्वाईन मै बस्न भनिएता पनि उनिहरु होम कोरेन्ट्वाईनमा नबसेको गुनासो पनि जन स्तरबाट आईरहदा कोरोनाले ठूलो महामारीको रुप लिन सक्ने भन्दै यस बारे सचेत भएर कदम चाल्न संबंधित निकायले ध्यानदिनु पर्ने माग जनस्तरमा तिब्र रुपमा उठेको छ ।

बाँसको तामा खानुका फाइदै फाइदा !

 
हाम्रा पाकघरमा असार महीनाको छेउछाउतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं।
हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि
website designing offer in Nepal
हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।
यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्नसकिन्छ।
तामाको मेसो (अमिलो अचार) पनि धेरै प्रचलित अचार हो । तर आज यहाँ तामाको सब्जीबाट के-के स्वास्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने चर्चा गरिन्छ। बाँस अचम्मको उद्भिद हो ।
वनस्पति शास्त्रले यसलाई घाँसको प्रजातिमा गाभेको छ। तर स्वास्थ्यवर्धक घाँसहरूको चर्चा गर्ने हो भने बाँसलाई ‘घाँसको राजा’ भन्न सकिन्छ जुन नाम जापानीहरूले अगावै दिएका छन् ।
एसियामा यो प्रचलित सब्जी हो, तर अहिले पाश्चात्य देशहरूमा पनि विस्तारै विस्तारै अहिले यो सब्जी प्रचलित बन्दैछ किन कि वैज्ञानिकहरूले यो सब्जीमाथि शोध गरेपछि जुन तथ्य पत्तो लगाए, त्यो तथ्य सार्वजनिक भएपछि पाश्चात्य देशका वासिन्दाहरूको पनि यो सब्जीतर्फ चासो बढ़ेको हो । हाम्रो त यो पारम्परिक सब्जीनै हो, तर कसै-कसैले तामाको सब्जी नखाने र मननपराउने कुरा गर्छन् ।
त्यसो गर्नु यसको स्वास्थ्यवर्धक लाभबाट वञ्चिथ हुनुबाहेक अरु केही होइन । तपाईंलाई थाहा छ, वैज्ञानिकहरूको खोजपछि तिनीहरूले यसलाई ‘साइलेण्ट डाक्टर’किन भनेका हुन् ? हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको तामा त साइलेण्ट डाक्टर अथवा (अबोला वैद्य) पो रहेछ त।
तिनीहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि के-के पाए त भन्ने कुरालाई यहाँ छोटकरीमा भए पनि राख्नैपर्छ, जुन कुराले यसको स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछ :-
बाँसको तामामा कम क्यालोरीका तत्त्वहरू हुन्छन् जुन कुरालाई हामी ‘छैन’-को बराबर ठान्न सक्छौं । त्यस्तै गरी यसमा अत्यन्तै कम कार्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ, यसो हुनाले यो अब मधुमेहका रोगीहरूलाई पनि जच्ने परिकार भयो।
अर्कोतिर, अति न्युन क्यालोरी हुनाको कारण यसले शरीरको ‘फ्याट लस’ वा बोसो घटाउन (सोझो अर्थमा ओजन कम गर्न)मा ठूलो सहयोग पुर्याउँछ। त्यस्तै गरी तामा खाद्यपरक तन्तुयुक्त हुनेहुनाले यसलाई पाचकको रूपमा पनि प्रयोग गर्नसकिन्छ ।
जतिसुकै खानुहोस्, यसमा क्यालोरी नहुनाले ऊर्जा दहनको अतिरिक्त परिश्रम अथवा कसरत केही गर्न आवश्यक हुँदैन । यो मुटुको निम्ति मैत्रीखाद्य हो। यसले कोलेस्ट्रोल नियन्त्रण गर्छ। लगभग १००० ग्राम तामा खाँदा केवल २.५ ग्राम (अधिकतम) चिनीको मात्रा खाएका हुन्छौं जुन अन्य कुनै पनि सागसब्जी वा फलहरूकोभन्दा कम हो ।
यति कम चिनी हुने खाद्य परिकार अरु लगभग कुनै छैन । यस्तै गरी यसमा कति फ्याट हुन्छ भनेर जान्न चाहने हो भने त्यसको उत्तर हो ०.४९ ग्राम। अर्कोतिर, यसमा हुने संतृप्त वा असंतृप्त दुवै प्रकारका फ्याट वा तैलीय पदार्थ शरीरको निम्ति लाभदायक हुन्छ ।
यसमा फ्याट अनि सुगर पनि नगण्य रूपमा हुने हुनाले यसले कोलेस्ट्रोलको एलडीएल स्तर, लिपिड्स र बाउल फँक्शन कम गर्दछ, त्यसैले यो खाद्य परिकारलाई मुटुको स्वास्थ्यमैत्री खाद्य भनिएको छ ।
त्यस्तै गरी तामामा प्रोटिन भने उपयुक्त हुन्छ जसमा शरीरलाई चाहिने एमिनो एसिडको सबै प्रकारका मात्रा यथोचित हुन्छ जसको कारण यसले स्वास-प्रस्वासका कतिपय समस्याहरू कम गर्नमा वा निको पार्नमा ठूलो भूमिका खेल्दछ ।
फोक्सोमा फ्लेम जमेको छ भने त्यसलाई निकाल्न, खोकी लाक्दैछभने त्यसको नियन्त्रणको निम्ति, फोक्सो सुन्निएको अवस्थामा त्यसलाई ठीक गर्न तामा उचित खाद्य परिकार हो ।
त्यस्तो राम्रो प्रोटिनको स्रोत भएको तामाले शरीरको प्रतिरोधक क्षमता पनि बढ़ाउँछ । तामामा भिटामिन बी6, भिटामिन ई र ए, नियासिन, रिबोफ्लाभिन, थियामिन र फोलेटहरू हुन्छ। त्यस्तै गरी खनिज तत्त्वहरूमा क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन हुन्छ ।
यी भिटामिनहरू र मिनेरलहरूको उपस्थितिले यो सब्जीलाई हाम्रो इम्युन सिस्टम वा रोग प्रतिरोधक क्षमता अझ सशक्त तुल्याइदिने प्राकृतिक क्षमतावान बनाइदिएको छ ।
तामामा रहेको फाइटोस्टेरोल्सहरू जस्तै क्लोरोफिल, एमिलेज र फ्लोभिनहरूले शरीरमा क्यान्सर विकासलाई नष्ट गर्दछ अथवा हाम्रो शरीरमा सजिलै क्यान्सर रोगको विकास हुँदैहुँदैन ।
तामाको सब्जी खानेहरूमा क्यान्सर हुने डर कम हुन्छ र क्यान्सर विकास हुने स्थितिलाई नियन्त्रण गर्दछ । त्यस्तै गरी यो सब्जीले अल्सर र आँत वा आन्ध्राका रोगहरू पनि निको पार्न सहयोग पुग्दछ ।
तामामा हुने रसमा एण्टि इन्फ्लेमेटरी (जलन-रोधी) र एनल्जेसिक (शारीरिक दुखाइ कम गर्ने गुण भएका) तत्त्वहरू पनि हुन्छ ।
पेटको दुखाइका साथै अल्सर तथा आन्ध्राका घाउहरू कम हुन तामाले सहयोग पुग्दछ । यस्तै गरी तामाको रसमा यस्ता तत्त्वहरू पनि शोधगर्दा भेटियो कि जसले महिलाको मासिक श्राव नियमित गर्न सहयोग पुग्दछ।
यसमा हुने तत्त्वले अधिक वा न्युन मासिक श्रावलाई नियन्त्रित गर्दछ। त्यसबाहेक यसले कतिपय गाइनोकलजिकल समस्याहरू पनि नियन्त्रित गर्दछ ।
तामामा हुने एक प्रकारको तत्त्वले गर्भवती अवस्थाको अन्तिम महीनामा महिलालाई यथासमयमा प्रसवको निम्ति औषधिकै काम गर्छ।
प्रसव समय लम्बिएर जाँदैन। तामाले यसबाहेक पिसाबघरका कतिपय समस्याहरू (पिसाबनली संकीर्ण भएको अथवा अति विस्तृत भएको अवस्थामा, स्त्री-पुरुष दुवैको) त्यसलाई सही बनाउन पनि औषधिको काम गर्छ।
पाचन समस्यामा तामा उपयोगी खाद्य परिकार हो। तामाले आन्ध्राका कतिपय कीराहरू पनि मार्दछ र पेटको समस्या ठीक गर्छ। झाड़ा-पखला लाग्द र पेटमा ग्यास बढ़ेर पेट फुल्दा तामा अवश्यै खानुपर्छ। रक्तचापमा पनि तामा उपयुक्त सब्जी हो।
रगतमा सोडियम (नुनजन्य पदार्थ)-को मात्रा धेरै हुँदा रक्तचाप बढ़ेको हो भने पोटासियमको मात्रा धेरै हुने तामाले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्दछ।
यसमा हुने उच्च गुणयुक्त एण्टिएनल्जेसिक तत्त्वहरूले मानिसमा अवसाद वा नैराश्यता कम गर्ने, छटपटी कम गर्ने काम गर्छ भने मानसिक सक्रियता बढ़ाउने काममा पनि यसमा हुने पोटासियम र अन्य तत्त्वहरूले सहयोग गर्दछ।
यदि सबै गुणयुक्त कुनै पनि स्वस्थकर सब्जीको सिफारिस गर्ने हो भने तामा एक नम्बरमा आउने भयो। हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै आएको यो तामा यति गुणकारी छ भन्ने कुरा हालै मात्र सार्वजनिक भयो र अहिले एसियालीमुलुक छोड़ेर पाश्चात्य मुलुकहरूमा पनि यो सब्जी लोकप्रिय बन्दै गइरहेको छ।
यति हुँदाहुँदै पनि यसको अमिल्याइएको अचारहरू भने सबैको निम्ति सही नजच्ने हुँदा सबैले यस्ता अचारको सेवन नगरेको राम्रो हुन्छ।

पछिल्लो २४ घन्टामा बर्दियामा थप नौ जनामा कोरोना पुष्टि ।



 कृष्ण बा बुढा 

श्रावण १७ शनिबार
बर्दिया मा आज शनिबार नौ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ।

बर्दिया को विभिन्न क्वारेन्टाइन बाट स्वाब सङ्कलन गरि पठाईएकाहतु मध्य भेरी अञ्चल अस्पताल  कोरोना विशेष प्रयोगशाला नेपालगंजमा ९ जनामा कोरोना पुष्टि भएको हो । 
पुष्टि हुनेमा ठाकुरबाबा ३ का २७ बर्ष का एक जना पुरुष ,बढैयाताल ९ का एक जना पुरुष ,राजापुर १० कि ५६ बर्षिया एक जना महिला ,गेरुवा गाउपालिका का क्रमशः ४९,५६,३७,२८,५५र ३३ बर्षिय र   बासगढी ७ कि एक जना महिला मा कोरोना पोजेटिभ देखिएको छ ।  

 गत चौबीस घन्टामा ३८५ जना को नमुना परिक्षण गर्दा नौ जना मा पोजेटिभ देखिएको भेरिअन्चल अस्पताल स्रोत ले जनाएको छ। सङ्क्रमित सबै बर्दिया का छन।

कञ्चनपुर बेलौरीमा भीमदत्त पन्तको ६७ औ स्मृति दिवस मनाईयो, को हुन भीमदत्त पन्त ?


-सुनिलकुमार लो
कञ्चनपुर, १७ साउन ।
कञ्चनपुरको बेलौरीमा सहिद भिमदत्त पन्तको ६७ औं स्मृति दिवस मनाईएको छ । बेलौरी स्थित सहिद पन्तको शालीकमा माल्यार्पण गरि स्मृति दिवस मनाईएको हो । सो अवसरमा नेकपा क्षेत्रीय संयोजक पल्लवराज भट्ट, नेकपा बेलौरी नगर कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरु, जननिर्वाचित व्यक्तित्वहरुको उपस्थिति थियोे ।
"कि जोत हलो, कि त छोड थलो, हैन भने हुने छैन तेरो भलो" भन्ने नारा दिदै शोषक सामन्त वर्गका विरुद्ध गरीब किसानहरुलाई एकजुट पार्दै अघि बढेका भीमदत्त पन्तलाई तत्कालीन सरकारले ६७ बर्ष अघि हत्या गरेको थियोे ।
को हुन भीमदत्त पन्त?
सुदुरपश्चिम प्रदेशको डडेल्धुरा सदरमुकाम नजिकै रहेको हालको अमरगढि नगरपालिका कारिगाउँमा भीमदत्त पन्तको पीता तारानाथ पन्त र माता सरस्वती देवीबाट वि.सं. १९८३ साल मंसिर १० गते उनको जन्म भएको थियोे । उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गरेर नेपाल फर्के। डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले। त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे। उनले डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए। उनले आफूले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए।
भीमदत्त पन्तको विवाह ११ वर्षको उमेरमा पार्वतीदेवीसँग भएको थियोे । पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मे पनि कोही जीवित रहेनन्।
राजनीतिक यात्रा :-
नेपाल फर्केर २००६ सालमा उनले नेपाली कांग्रेस पार्टीको सदस्यता लिए। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि काङ्ग्रेस पार्टी छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौं आएर पार्टीसँगै सम्पर्क गरे। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए । अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा विरोधी आन्दोलनमा संलग्न गराउन भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसिंह दुई जना सेनाका कमान्डर थिए ।
उनको विद्रोहको शक्ति देखेर सरकार डरायो । तत्कालीन सरकारले उनको विद्रोह दवाउन भारत सरकारलाई सहयोग माग्यो । फलस्वरूप भारत सरकारले मार्न सेना पठायो । भारतीय सेना र नेपाली सेनाको संयुक्त प्रयासमा उनलाई डडेलधुरा जिल्लाको जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकेको ठाउँ उनकै साथीले देखाएको भन्ने भनाई छ ।
उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो । पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा डुबेको थियो ।
किसान नेता पन्तले गरेका आन्दोलनबारे खोज गरेर प्रकाशन भएका पुस्तकहरुमध्ये लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित "शहीद भीमदत्त पन्त" नामक कृति निकै चर्चित छ । उक्त कृतिमा उल्लेख भए अनुसार अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ साल देखि नै आन्दोलनको सुरुवात गरेका थिए । "उठ जाग रे, नेपाली नव जवान जागरे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाउँ रे" आदि उनका देशभक्ति गीत चर्चित रहेका थिए । त्यस्तै स्थानीय भाषाको "बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो"  भन्ने उनका गीत अझै पुराना मानिसहरू सम्झन्छन ।

नेपाली काङ्ग्रेस प्रवेश गरेका साठी जना पुन: नेकपा मै फर्किए(फोटो फिचर सहित)


-यम प्रसाद आचार्य
कञ्चनपुर, १७ साउन।
नेपाली काङ्ग्रेस प्रवेश गरेका साठी जना व्यक्तिहरु पुन: नेकपा मै फिर्ता भएका छ्न । गत साता पुनर्वास ७ का नेकपा पुनर्वास नगर कमिटी सदस्य जङ्ग बहादुर तामाङको नेतृत्वमा नेपाली काङ्ग्रेस प्रवेश गरेका साठी जना कार्यकर्ता र सर्वसाधारण पुन: नेकपा मै प्रवेश गरेका हुन । शुक्रबार पुनर्वास ७ मा भएको पार्टीको कार्यक्रममा नेकपा कञ्चनपुरका जिल्ला अध्यक्ष वीर बहादुर थापा, कञ्चनपुर १ का क्षेत्रीय कमिटी संयोजक पल्लवराज भट्टले खादा लगाएर पुन: प्रवेश गरेका व्यक्तिहरुलाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट, नेकपा कञ्चनपुरका सदस्य तथा नेकपा पुनर्वास नगर सह-ईञ्चार्ज कञ्चन गीरी, पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ लगायतका व्यक्तित्वहरुको पनि उपस्थिति थियोे ।
कार्यक्रममा आफ्नो बिचार राख्दै नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापा पातलले सानोतिनो असमझदारी र कमजोरीहरु हरेक संगठनमा हुने र त्यस्ता कमिकमजोरीहरुलाई आत्मालोचना र छ्लफलबाट टुङ्याउदै अघि बढनुपर्ने बताए । क्षेत्रीय संयोजक पल्लवराज भट्टले जिवन्त पार्टी भित्र सामान्य विवाद र असमझदारी आउनु स्वभाविक भएको र यसलाई छ्लफल र विचार विमर्श गरि टुङ्याउदै पार्टीलाई थप मजबुत गरेर लग्ने दिशा तर्फ आफ्नो पार्टी अगाडी बढिरहेको जिकिर गरे । 

बेलौरीमा अज्ञात व्यक्तिद्वारा आक्रमण गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते


कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा अज्ञात व्यक्तिले एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छ्न भने महिलाका श्रीमानलाई  आक्रमण गरी घाइते बनाएका छ्न ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गएराति अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको जानकारी दिए । यस्तै उनका श्रीमान ६२ वर्षीय घनश्याम धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते भएका घनश्यामलाई उपचारका लागि धनगढी पठाइएको छ ।
प्रहरीका अनुसार घटना खाती परिवारको घरमै मध्यरातमा भएको थियो । हत्यामा संलग्नको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

एसईई नतिजा मंगलबारसम्म आउने

 
  एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबार सम्ममा प्रकाशित हुने भएको छ । उपनियन्त्रक महेश्वर शर्माको अनुसार सबै तयारी अन्तिम चरणमा पुगेको र कुनै समस्या नआएमा मंगलबार सम्ममा नतिजा प्रकाशित हुने भएको हो । ‘एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेका छौँ,’ उनले भने । यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए । तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो । पछि परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो । नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर 34949 मा पठाउन सकिन्छ । उदाहरणको लागि तपाइँको सिम्बोल नम्बर १२३४५६७८ हो भने आफ्नो म्यासेज बक्समा गई SEE 12345678 लेखेर 34949 मा पठाउने ! त्यस्तै see.ntc.net.np मा गएर समेत एसइईको नतिजा हेर्न सकिन्छ ।    

आज २०७७ साउन १७ गते शनिबारको राशिफल


आज २०७७ साउन १७ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।