Thursday, May 25, 2023
पुनर्वासको वडानम्बर ९ द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना
कञ्चनपुर, ११ जेठ ।
पुनर्वासको वडानम्बर ९ ले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ । वडाध्यक्ष तथा वडासदस्यहरुले पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको अवसर पारेर सो सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।
वडामा रहेका समस्या र त्यसको समाधानका उपायहरू बारे सम्बन्धित सरोकारवाला व्यक्तिहरुसंग बसेर अन्तर्कृया गरीएको सो कार्यक्रममा विद्यालय, स्वास्थ्य चौकी,खेलकुद,प्याराताल, सिमा, बाटोघाटो लगायतमा रहेका समस्याहरुबारे छ्लफल गरिएको थियो ।
सार्वजनीक सुनवाई कार्यक्रममा बोल्दै पुनर्वास–९ वडा अध्यक्ष नर बहादुर बि.क.ले आफूले चुनावका बेला बोलेका वाचाहरूलाई प्राथमिकतामा राख्दै अघि बढेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७९/८० मा वडामा भएका कामहरु प्रस्तुत गर्नुभएको थियो ।
पुनर्वासका वरिष्ठ पत्रकार दीपेन्द्र बस्नेतले प्यारातालको महत्त्व नेपाल सरकारले बुझ्न नसकेको तर भारतले यसको महत्त्वलाई बुझेर हडपेको बताउनुभयो ।
Tuesday, May 23, 2023
पुनर्वासमा दिउसै हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित
कञ्चनपुर,जेठ ०९।
पुनर्वासमा दिउसै हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छ्न ।
पुनर्वास नगरपालिका-१० विकास बस्ती दोदा पुल नजिकको हुलाकी राजमार्गमा मंगलबार दिउसो हात्ती देखिएको हो।
भारतीय दुधुवा निकुञ्ज संग सीमा जोडिएको पुनर्वासको दोदा नदी आसपासमा जंगली हात्तीले दिउँसै आतंक मच्चाएको छ।
जंगली हात्तीबाट मानवीय क्षति हुन नदिन वन कर्मचारीहरु सर्वसाधारणलाई सचेत गराइरहेका छन्। एउटा गोरु र भैसी घाइते भएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो ।
Tuesday, May 16, 2023
पुनर्वासको दस स्थानमा सिसिटिभी र तीन स्थानमा जनचेतनामूलक होर्डिङ बोर्ड जडान
कञ्चनपुर, २ जेठ ।
पुनर्वास नगरपालिकाको दस संवेदनशील स्थानहरुमा सिसिटिभी क्यामेरा र सडक बत्तिहरु जडान गरिएको छ ।
पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा सो सिसिटिभी क्यामेरा तथा बत्तिहरुहरु जडान गरीएका हुन । आज ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा सो सिसिटिभी क्यामेरा तथा सडक बत्तिको नगरप्रमुख तोय प्रसाद शर्मा र उपप्रमुख भूलिया कुमारी रानाले संयुक्त रूपमा उद्घाटन गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिलाई हस्तान्तरण गर्नुभयो । सिसिटिभी क्यामेरा ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज नरेशराज मल्लले
नगरपालिका क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम राख्न तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नका साथै सडक दुर्घटना न्यूनिकरण गर्न सो सिसिटिभी र सडक बत्तिले प्रहरीलाई महत्त्वपूर्ण सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पुनर्वास ६ का वडाध्यक्ष मित्रसिंह लामाले प्रहरीको सक्रियताका कारण पुनर्वासमा शान्ति सुरक्षाको अवस्था संतोषजनक रहेको बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख तोय प्रसाद शर्माले पुनर्वास क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न आफू र नगरपालिका प्रतिबद्ध रहेको र यसको लागि सहयोग गर्न आफू तत्पर रहेको जिकिर गर्नुभयो ।
पु.न.पा ११ डोकेबजार, पुनर्वास १ ढक्का चोक, वडा नम्बर १० दोदापुल, वडा ६ स्थित टाउन बजार र ईप्रका कार्यालय गेट अगाडी लगायतका ठाउँहरुमा सो सिसिटिभी क्यामेराहरु जडान गरीएका छन । पुनर्वास नगरपालािकाको आर्थिक सहयोग रु. ७,५१,०००/-मा सो सिसिटिभीहरु जडान गरिएको हो ।
त्यसै अवसरमा प्रभु बैक पुनर्वास
शाखाको रु २०,०००/- सहयोगमा ३ वटा जनचेतनामुलक होर्डीङ बोर्ड र पु.न.पा ११ बस्ने पुर्ण बहादुर तामाङको व्यक्तिगत आर्थिक सहयोग रु २०५०००/- मा प्रहरी चौकी परासनमा निर्मित नागरिक सहायता प्रतिक्षालय, चौतारा समेत उदघाटन तथा हस्तान्तरण गरिएको थियोे ।
Monday, May 15, 2023
पुनर्वासमा सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा ध्यानाकर्षण
पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको भन्दै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी, पुनर्वास समितिले ध्यानाकर्षण गराएको छ ।
रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले पुनर्वासका मेयर तोय प्रसाद शर्मालाई आज ध्यानाकर्षण पत्र बुझाएका छ्न ।
पुनर्वास नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको र जनगुनासो समेत आए पछि आफुहरुले पालिकालाई खबरदारी गरेको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलले बताए ।
व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने, सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लाने गरेको समेत जनगुनासो बढेपछी नगरको ध्यानाकर्षण गराएको रास्वपा पुनर्वासका सभापति गजुरेलले बताए ।
यस्तै रक्सी भट्टीमा सवारी कुराएर राख्ने, पालिकाको ट्याक्टर, जेसिवि, भाईब्रेटर जस्ता भारी सवारी साधन समेत घर, आँगन तथा खेतवारि बनाउन उपभोग गर्ने, जिपमा खेतबाट अन्न बाली ढुवानी गर्ने भेटिएको, र सवारी साधन चालक अनुमति पत्र नभएका व्यक्तिलाई कानून विपरित सवारी साधन उपलब्ध गराएको भनी रास्वपाले असन्तुष्टी जनाएको छ ।
सार्वजनिक विदा वा कार्यालय समय भन्दा बाहिर सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन, तथापी नागरको काममा सहजता होस् भनी विदाको दिनमा पनि अति आवश्यक कामका लागि सवारी साधनको पास बनाई प्रयोग गर्न पाईने बाधा अडकाउ फुकाउको व्यवस्था गरिएको छ । तापनि व्यवस्थामा भएको यो सानो छिद्रबाट भित्र पसि पालिकालाई भित्र भित्रै खोक्रो बनाउने मुसा प्रवित्ति जनप्रतिनिधि तथा कर्मचारीमा देखिन थालेको सभापति गजुरेले बताए ।
रास्वपा पुनर्वासका अनुसार सरकारी सवारी साधनमा अधिकांस पुरुष कर्मचारीले मात्रै कब्जा गरेका छन् । पालिकाका भित्र शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला तथा बालबालिकाका शाखाहरु पनि छन तर उनीहरुलाई सवारी साधनको सुविधा अत्यन्तै न्यून दिने वा दिदै नदिने जस्ता असमान व्यवहार देखिएको छ ।
हामीले विरोधको लागि विरोध गर्न खोजेको हैनौं । जनताको सेवा सुविधाको लागि स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्छ । मात्र दुरुपयोग नगरौं भनेका हौं । नागरिक प्रति उत्तरदायी हुन हामी घण्टी बजाएर सरोकारवाला सबैलाई पदको उन्मादको चिर निन्द्राबाट जगाउन खोजेको सभापति गजुरेलले बताए ।
रास्वपाले सार्वजिक विदाका दिनमा पास लिएका सवारी साधनहरूको विवरण पालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक गर्नु पर्ने, कुन कुन जनप्रतिनिधि र कर्मचारीले सरकारी साधनमा रातो नम्बर प्लेट प्रयोग गरिरहेको छन् सोको विवरण सार्वजनिक गर्नु पर्ने, सवारी चालक अनुमति पत्र नभएकाबाट सरकारी सवारी साधान फिर्ता लिने जस्ता मागहरु राखेको छ ।
रास्वपाले राखेका मागहरु जायज भएको र सुझावहरु दिदा नगरको सुशासन व्यवस्था राम्रो हुने र यस बारे जाँचबुझ गरि कार्यान्वयन प्रकृया अघि बढउने पुनर्वास नगरपालिकाका मेयर तोय नाथ शर्माले बताए ।
यो पहिलो चरणको आन्दोलन हो यस पछि पालिकाले व्यवहारमा सुधार नगरि सरकारी सवारी साधनको दुरुपयोगलाई निरन्तरता दिईएको देखिएमा प्रहरीलाई बुझाई दिने, कानुनी उचारहरु खोज्ने, दुरुपयोगका फोटोहरु जनचेतना लागि संचार माध्यम तथा सामाजिक संजालमा सम्पे्रष्ण गर्ने र बेतिथि विरुद्धको अभियान व्यापक जन सहभागिता मूलक बनाई यो बेतिथीलाई रोकि छाड्ने सभापति गजुरेलले बताए ।
Sunday, May 14, 2023
लालझाडीको अमरज्योती युवा क्लबको आयोजनामा गंगा दशहरा मेला लाग्ने
कञ्चनपुर/बैशाख ३१।कञ्चनपुरको लालझाडीमा रहेको अमर ज्योती युवा क्लबले जेठ दोस्रो सातादेखि गंगा दशहरा मेला संचालन गर्ने जनाएको छ । आइतबार दोदा रिभर साईडमा पत्रकार सम्मेलन गर्दै यस बर्षदेखि गंगा दशहरा मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
बषौँदेखि बेलौरी नगरपालिका ५ भकुण्डा कालेश्वर महादेव मन्दिर मन्दिरमा जेठ महिनामा मेला लाग्दै आएको थियो । यस बर्षदेखि लालझाडी गाँउपालिकाको सहयोगमा आयोजकले दोदा नदीवारी राम जानकी वन बाटिकामा मेला संचालन गर्ने जनाएको छ ।
लालझाडीका स्थानीय एव युवा अगुवा प्रकाश रानाले बषौँदेखि लाग्दै आएको गंगा दशहरा मेला यस पटक लालझाडी गाँउपालिका २ मा समेत भव्य रुपमा मनाईने र मेला थप व्यवस्थित गर्न होमेष्ट सहितका कार्यक्रम संचालन गर्ने बताउनुभयो। अमर ज्योती युवा क्लबका अध्यक्ष मदन रानाले लालझाडीलाई धार्मिक पर्यटकिय रुपमा चिनाउनका लागि मेला संचालन गर्न लागेको र जिल्ला प्रशासन कार्यालयले अनुमती दिन आलटाल गरेपछि लालझाडी गाँउपालिकाले अनुमति दिए पश्चात् १५ जेठदेखि १९ सम्म मेला संचालन गरिने र मेलामा बाल उद्यान सहितका विभिन्न साँस्कृतिक कार्यक्रम , स्टलहरुको व्यवस्था गरिएको मेला आयोजक मुल समितिका संयोजक बिनोद रानाले बताउनुभयो। कार्यक्रममा बोल्दै लालझाडी गाँउपालिका २का वडाध्यक्ष एवं गाउपालिका प्रवक्ता आशाराम रानाले वडा सहित पालिकाबाट आवश्यक सहयोगका लागि पहल गर्ने जानकारी दिनुभयो ।
Saturday, May 6, 2023
आजको राशिफल/आज २०८० साल वैशाख २३ गते शनिवार
आज वि.सं. २०८० वैशाख २३ गते शनिवार तदनुसार ई. सं. २०२३ मई ०६ तारिख , पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४ , कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:३० बजे , चन्द्रास्त : बिहान ०५:३७ बजे र चन्द्रोदय : साँझ ०६:५० बजे , काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२३ बजे र सूर्यास्त : साँझ ०६:३९ बजे , पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२८ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, ज्येष्ठ कृष्णपक्ष (वछलागा) प्रतिपदा/परेवा तिथि, बेलुका १०:२२ बजेसम्म, त्यसपछि द्वितीया तिथि, विशाखा नक्षत्र, बेलुका ०९:५५ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०३:५८ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, व्यतिपात योग, बिहान ०८:११ बजेसम्म, त्यसपछि वरीयान् योग , सुरुमा बालब करण दिउँसो १०:४९ बजेसम्म, त्यसपछि कौलव करण बेलुका १०:२२ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : शुभ, चन्द्रवणर् : सेतो (दिउँसो ०३:५८ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:५८ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : पूर्व (बेलुका १०:२२ बजेसम्म), त्यसपछि उत्तर, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : बिहान ०७:४५ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पूर्व र पाशको दिशा : पश्चिम, आजको मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अग्निवास (यज्ञ र हवनादि)
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २४ गते : किराँत समाज सुधार दिवस, राष्ट्रिय पत्रकारिता दिवस, मुहूर्त : व्रतबन्ध, पसल थाप्ने (दोकान खोल्ने), अग्निवास (यज्ञ र हवनादि) , २५ गते : विश्व रेड क्रस दिवस , २६ गते : मङ्गलचौथीव्रत, कानुन दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अग्निवास (यज्ञ र हवनादि)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । अड्डा/अदालत वा सरकारी काम पूरा गर्न राम्रो समय छ, तर आज झैझगडा र विवाद/बहसबाट जतिसक्दो टाढा बसेको राम्रो हुनेछ । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । भविष्यका बारेमा चिन्तन गर्ने समय हो । केही समय धार्मिक क्रियाकलापमा अथवा कुनै पुरानो वा पवित्र स्थलको अवलोकनमा व्यतीत हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । माइतीपक्ष वा दिदीबहिनीका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । धार्मिक प्रयोजनको काम वा सामाजिक क्रियाकलापमा पनि दौडधूप गर्नुपर्ने दिन हो । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ/सहयोग प्राप्त हुनेछ । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो । पारिवारिक माहौल पनि आनन्दप्रद देखिन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । विपरीत परिस्थितिलाई समेत मोड्न सकिने राम्रो दिन छ, भौतिक उन्नति र सुखसुविधाका सामाग्रीहरू किनमेल गर्न धन खर्च हुनेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो/खरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मन्दचेष्टाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो/कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पेसागत स्थितिमा सुधार गर्नुछ भने योजना बनाएर काम थाल्न आजको दिन अनुकूल हुनेछ । अन्य दिनका तुलनामा धेरै खट्नुपर्ने समय हो । आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । आज ५० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो/कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ठूलाबडाको सरसहयोग र सहानुभूति मिल्नेछ । पारिवारिक वातावरण पनि अनुकूल हुनेछ । नयाँ ठाउँको भ्रमण वा अवलोकन हुने समय हो । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ सेतो/खरानी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । महत्त्वपूणर् काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो/कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )
Sunday, April 30, 2023
सरस्वती माध्यमिक विद्यालय मोतिबस्तीमा ‘सफल अभिभावकत्व सम्बन्धी’ एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
कञ्चनपुर/ पुनर्वास नगरपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय मोतिबस्तीले सनिवार ‘सफल अभिभावकत्व सम्बन्धी’ एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।
कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुका अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई सत्मार्गमा कसरी हिड्न सिकाउने? घरमा कसरी शिक्षा दिने लगायत विषयमा शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई ग्लोबल स्किल डेप्लपमेन्ट नेपालका प्रबन्ध निर्देशक क्षेत्र प्रसाद ज्ञवालीले अभिमुखिकरण दिएका थिए।
आफ्ना बालबालिकालाई शिक्षा प्रदान पहिलो थलो परिवार भएकोले अभिभावकले बालबालिकालाई राम्रो संस्कार सिकाउन अभिभावकको मुख्य जिम्मेवारी रहने प्रशिक्षक ज्ञवालीले बताए।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मीन बहादुर तामाङ, पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष डम्बर बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनार, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरको उपस्थिति रहेको थियोे।
शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालयले यस शैक्षिक सत्रमा कक्षा १ देखि १० कक्षासम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट अध्यापन गराइने विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद पौडेलले बताए।
Saturday, April 29, 2023
कञ्चनपुरमा चर्को आलोचनापछि फेरियो च्यातिएको झण्डा
भीमदत्त नगरपालिका–११ भुजेलास्थित नेपाल–भारत सीमामा च्यातिएको नेपाली राष्ट्रिय झण्डा फेरिएको छ। सीमामा च्यातिएको झण्डा टाँगिएको भन्दै चर्को आलोचना भएपछि शनिबार भीमदत्त नगरपालिकाले राष्ट्रिय झण्डा फेरेको हो।
‘झण्डा च्यातिएको जानकारी आएपछि हिजो नै नगरपालिकासँग समन्वय गरिएको थियो, आज च्यातिएको झण्डा फेरिएको छ,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अर्यालले भने, ‘सीमा क्षेत्रमा नयाँ राष्ट्रिय झण्डा फहराइएको छ।’
गड्डाचौकीस्थित नेपाल–भारत ७ नम्बर पिल्लर नजिक रहेको स्तम्भमा टाँगिएको राष्ट्रिय झण्डा हावाले च्यातिएको थियो। च्यातिएको झण्डा नफेरेको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो।
Friday, April 28, 2023
पुनर्वासको भागेश्वर सुगर मिलले किटनासक औषधी स्प्रे गर्ने
कञ्चनपुर/ पुनर्वास मा रहेको भागेश्वर सुगर मिलले मिल संग जोडिएका बस्तिहरूमा किटनासक औषधी छर्कने भएको छ ।
सुगर मिलका कारण धुँवा धुलो तथा फोहोरमैलाको कारणले लामखुट्टेको वृद्धि हुन थालेपछि नियन्त्रणका लागि मिलले किटनासक औषधी स्प्रे गर्ने भएको हो ।
पुनर्वास नगरपालिका उपप्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी , योजना शाखा अधिकृत शंकर बोगटी , भागेश्वर सुगर मिल प्रशासन शाखा प्रमुख डम्बर खड्का बिच भएको छलफल पश्चात् सुगरमिलको फोहोरमैलाका कारण लामखुट्टे लगायत किटाणु हरू बढेकोले विभिन्न रोग बढ्न सक्ने बिषयलाई मध्यनजर गरि यथासिघ्र किटनासक औषधी स्प्रे गरिदिन नगर उप प्रमुख रानाले सुगर मिल सञ्चालकलाई निर्देशन दिनुभएको हो ।
मिलसंग नजीक रहेका बस्तिहरू पुनर्वास वडानम्बर २ दशरथ बस्ति , ईटाभट्टि गाउँ , वडानम्बर ५ सिमरी , रातो ताल गाउँ , उदरी गाउँ र पराशन गाउँमा किटनासक औषधी छर्किनु पर्ने र सो को अनुगमन नगरपालिका कर्मचारी एवम स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने सहमति भएको छ ।
सुगरमिलको फोहोरमैलाबाट प्रभावित स्थानीयले गत फागुन २ गते पुनर्वास नगरपालिका लाई ज्ञापनपत्र पेश गरेपछि उपमेयर भुलिया कुमारी रानाको अगुवाइमा नगरपालिका प्रशासन , जनप्रतिनिधि , पत्रकार लगायतको टोलिले भागेश्वर सुगर मिल अनुगमन गर्दै मिल सञ्चालक संग अन्तरक्रिया गरेको थियोे भने सुगरमिल सञ्चालन गर्दा मापदण्ड पालना गरिनुपर्ने सहमति भएको थियो ।
बुधबार भएको छलफलमा पुनर्वास नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम धामी , भलमन्सा सुमन चौधरी , भलमन्सा नाथोराम राना र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Wednesday, April 26, 2023
पुनर्वासमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला हुँदै
कञ्चनपुर,१३ बैशाख ।
पुनर्वासमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा आगामी बैशाख १६ गते भेला हुन लागेको सो पार्टिले जनाएको छ । टाउन बजार स्थित पुनर्वास नगरपालिका वडानम्बर ६ को सभाहलमा बिहान ११ बजे आयोजना हुन लागेको सो भेलामा रास्वपाका जिल्ला तथा केन्द्रबाट आएका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै सो भेलाले राष्ट्रिय स्वतन्त्र पार्टी पुनर्वास नगरसमितिको समेत गठन गर्ने कार्यक्रम रहेको छ ।
Sunday, April 23, 2023
बेलौरीमा मान्छे मार्ने बाघ सदर चिडियाखानामा राखियो
बेलौरी नगरपालिका–पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई आइतबार सदर चिडियाखानास्थित बाघ खोरको होल्डिङ कोठामा राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीले जानकारी दिए। पोथी बाघ अन्दाजी पाँच वर्षको रहेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णयअनुसार शुक्लाफाँटा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघ सदर चिडियाखाना ल्याएको हो। यो बाघले ८ वैशाखमा पचुईकी ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो। घटनाको २२ घन्टापछि मात्र बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघविज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभाष श्रेष्ठसहितले हात्ती परिचालन गरी डार्ट गरेर नियन्त्रणमा लिएका थिए।
चन्द मृत फेला परेकी थिइन्। भारतको दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रनजिकै रहेको यहाँ एक महिनाअघि मात्र बाघको आक्रमणमा परी एक भारतीय र एक नेपालीको ज्यान गइसकेको छ।
नेपालमा सन् २००९ मा १२१ बाघ रहेकामा हाल यो संख्या ३५५ पुगिसकेको छ। शुक्लाफाँटा र वरपरको क्षेत्रमा मात्र ३६ बाघ रहेको अनुमान छ। तराई क्षेत्रमा रहेको लालझाडी–मोहना, वसन्ता र ब्रह्मदेव जैविक मार्गमा बाघको विचरण बढिरहेको छ। नेपाल र भारत दुवै देशमा फैलिएको तराई भूपरिधि क्षेत्रमा बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्वका घटना पनि बढेका छन्।
Saturday, April 22, 2023
बाघ आक्रमणमा बेपत्ता भएकी बेलौरीकी गंगा चन्द मृत फेला
बेलौरी नगरपालिका ८ पचुईकी ४२ बर्षिया गंगा चन्दलाई आक्रमण गर्ने बाघ शुक्रबार बिहान ८ बजेतिर फेला परे संगै गंगा पनि मृत फेला परेकी छिन । श्रृखलाबद्ध रुपमा मानिस माथि आक्रमण गर्दै आएको बाघलाई नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ विज्ञ डा. दिनेश देवकोटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आभास श्रेष्ठ सहित हात्ती परिचालन गरिएका थिए ।
महिला बेपत्ता पार्ने बाघ नियन्त्रणमा,महिलाको खोजतलास जारी
बेलौरीमा महिला बेपत्ता पार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । बेहोस पार्ने ईन्जेक्सन(डार्ट) दिई बाघलाइ नियन्त्रणमा लिईएको हो । शुक्रबार बिहान बेलाैरी नगरपालिका ८ की ४२ वर्षीया महिला गंगा चन्दलाई नजिकैकाे खप्टि नालामा घाँस काट्न गएको बेला बाघले आक्रमण गरि बेपत्ता बनाएको थियोे । आक्रमण पश्चात् स्थानीय सहित सुरक्षाकर्मी दिनभर खाेजतलासमा खटिएको थियोे । तर झन्डै
आज बिहान ८ बजे करिब २१ घण्टा पछि प्रहरीले बाघ नियन्त्रणमा लिएको छ । भने महिलाकाे अत्तोपत्तो छैन् - ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक सन्दिप चन्द्र शाहले भने - " यतिबेला बाघलाई इन्जेक्सनले लठ्याइकाे छ - थप अप्रेसन जारी छ, हामी फिल्डमै छाैं ।"
शाहले थपे - विषेश सुरक्षा टाेली सहित रातभर चार हात्ती लगाएर खाेजीकाे गरेका थियौं, प्रविधिक कठिनाइले आज बिहान मात्रै बाघलाई नियन्त्रणमा लिन सकियाे ।"
उनले यसपछि बेपत्ता महिलाको सुक्ष्म ढंगले खाेजी गरिने बताए ।
तर यता स्थानीयले महिलाको अनुसन्धानमा ढिलासुस्ती र फितलो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
Subscribe to:
Posts (Atom)