Wednesday, April 4, 2018

म बुझ्दिन नारीलाई

स्पन्दन अविरल
ठेगाना: कैलाली, हाल पोखरा
________________________
हो म बुझ्दिन यी नारीहरु लाई
जस्का अनेक रुप छन
अनेक अनेक चरित्र छन
छिन मै बद्लिन्छ्न
छिन मै रङ्गिन्छन
सपना झै
मरुभूमि झै
यिन का भुमिका
बडो अझिब छन
हो म बुझ्दिन यी नारी लाई

हरेक बिहान कुखुराको डाक सङ्गै
उठेर भित्र बाहिर गर्ने
पति लाई बिछ्यौना मै
सन्तान लाई कोठामै खाजा
सबैका इच्छा पूरा गर्ने
उनलाई तातो नि छैन
चिसो नि हुदैन
कैसैले खाईस भनेर सोध्दैन
म बुझ्नै सक्दिन यी नारीलाई
यी कुन शरीर ले बनेकि हुन्छिन
जस्लाई दुख पिडा बेदना
थकाई ले कहिल्यै छुदैन
सबैको खुसी का लागि
आफुलाई खुसी राख्नि
यी नारी लाई म बुझ्नै सक्दिन

उ अचम्म कि छे
आफ्नो भर्भराउदो जवानि लूटाउछे
कहिले पैसा मा कहिले प्यासमा
कहिले अभावमा कहिले आसमा
उस्का रहर खुसी र चाहनालाई
उस्को जवानी सङ्गै लुटिदा
उ फगत मुस्कुराउछे
कत्ती धेरै प्यारले
थोरै आभार ले
लुट्ने रित्तिदा उ भरिएको महसुस गर्छे
उस्को हिम्मत धैर्यता लाई
म बुझ्दिन
म बुझनै सक्दिन
सबैको प्यास मेट्ने उस्को साहस
उस्को थकित बदन भित्रका पिडाहरु
आखमा सजिएका सपनाहरु
धुजा धुजा भएका कपडा झै
उस्को जिन्दगी
अरुलाई भर्न आफू रित्तिने
यी नारी लाई म बुझ्नै सक्दिन

हो साथी म बुझ्नै सक्दिन
उन्को अथाह प्रेमलाई
उ रुदा म हासेर उडाई दिन्छु
म रुदा उ काध दिन्छिन
उनका दुख दुख हुदैनन
मेरो पिडा उन्लाई सह्य हुदैनन
यति फरक किन छिन उनी
मेरा सपना सजाउनका लागि
आफ्नो सपना उजाड्ने उन्लाई
म बुझ्नै सक्दिन
म बुझ्नै सक्दिन यिनको त्यागलाई
जो आफैलाई त्यागेर मलाई म बनाउछिन
आँसु सङ्ग सपना साटेर
चाहना लाई मन भित्रै काटेर
मेरो आधा हिस्सा
आधा जिन्दगी बनेर
जीवन नै प्रफुल्ल बनाईदिने
त्याग, तप्स्या र संघर्ष कि खानी
यी नारी लाई म बुझ्नै सक्दिन

जीवन सबैको हुन्छ
उ पनि त्यही जीवन जिउछिन
खुसी उस्तै हुन हामी हेला गर्छौ
बिधुवा को रहर हैन
सिर भरी को उजाद सिउदो
सपना नसजिदै उजाडिएको जीवन
उस्का हरेक रात कति पीडादायी हुन्छन
हाम्रा हरेक बिहानिले खुसी ल्याउदा
उस्का बिहानि ले नया दुख ल्याउछ
हाम्रा हेला गाली बेइजती सहन्छिन
हाम्रै आँखा अगाडि बसेर
सुन्दर जीवन बिताउछिन
म बुझनै सक्दिन
उनको उजाड जिवनको भोगाई
दुख भित्र रमाउने कला
अधुरो सपना र अधुरो घर
एक्लै सजाउने महामहान
यी नारी लाई म बुझ्नै सक्दिन

कत्ती जिस्किन्छे
कहिले रिसाउछे
कहिले घुर्क्याक्याउछे
मेरा लागि सब छोडन त्याग्न तयार हुन्छे
म बुझनै सक्दिन
उस्को विश्वासका स्रोतहरु
चाहना का घरहरु
तिमी  रिसाउ मायाले फकाउछे
उस्को खुसी का अनगिन्ति स्रोतहरु छ्न
तिम्रो पर्खाईमा आफुलाई पर्खाई दिन्छिन
तिम्रो खुसिका लागि
आफ्नो खुसी बिर्सिदिने
प्रेम त्याग र अपनत्व को घर
हरेक कि सपनाकी प्रेमिका
यी नारी लाई म बुझ्नै सक्दिन

No comments:

Post a Comment