काठमाडौं । ‘अतिथी देवो भवः’ अर्थात् पाहुना भगवान सरह हुन्छन् । यो नेपाली संस्कृतिकोअभिन्न पाटो हो । त्यसैले भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीको स्वागत र नेपाल बसाई अविश्मरणीय बनाउने प्रयास भइरहेको छ । मोदीको तीर्थाटन नेपाल–भारतको सम्बन्धलाई थप सुदृढ बनाउन फलदायी हुने विश्वास गरिए पनि ‘नागरिक अभिनन्दन’को भने आलोचना भइरहेकोछ ।संविधान जारी भएसँगै मधेस केन्द्रित दलहरुले गरेको सीमा नाका केन्द्रित आन्दोलनमै टेकेर भारतले नेपालमाथि नाकाबन्दी लगायो । ६ महिना लामो नाकाबन्दीका कारण चरम अभावमा गुज्रिदा नेपालीमा भारत विरोधी भावना निकै बढ्यो । सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिले विधिपूर्वक जारी गरेको संबिधानलाई स्वागत नगरेको भारतले आफुले लगाएको नाकाबन्दी प्रति दुःखसमेत व्यक्त गरेको छैन ।प्रधानमन्त्रीकै रुपमा भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रवादी’को पहिचान बनाए । र, त्यही पहिचानलेउनलाई दोस्रो पटक सत्ता नेतृत्वमा पु¥यायो । तर, ओली नेतृत्वको सरकारकै निर्देशनमा भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीलाई बैशाख २८ गते जनकपुर उप–महानगरपालिका र २९ गते काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्दै छन् । पाहुनाको स्वागत, सत्कारमा कुनैकमी हुन नदिने प्रयास सकारात्मकभए पनि नाकाबन्दी लगाएका मोदीलाई नागरिक अभिनन्दन नै गर्नुलाई जनस्तरले रुचाइएको छैन ।नेपालको संविधान अनुसार परराष्ट्र मामिला सम्बन्धी नीति तथा कार्यक्रममा संघीय सरकारकै नियन्त्रणमा रहन्छ । स्थानीय तहलाई परराष्ट्र मामिलाका सन्दर्भमा संघीय सरकारले नै निर्देशन दिन्छ । सोही अनुरुप संघीय सरकारको निर्देशनमा जनकपुर उप–महानगरपालिका र काठमाडौं महानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्न लागेका हुन् । यसैलाई आधार मानेर प्रधानमन्त्री ओलीको ‘राष्ट्रवाद’ लम्पसारवादमा परिणत भएको टिप्पणी समेत भइरहेको छ । तर, मोदीको अभिनन्दनप्रति मधेसको मत अलि भिन्न छ । जो मधेस आन्दोलन र नाकाबन्दीसँग मिसाएर राष्ट्रियप्रतिष्ठासँग जोडिएको मोदीको नागरिक अभिनन्दनलाई विवादित बनाउन नहुने तर्क गर्छ ।पाहुनाको स्वागत गर्ने संस्कारका धनी नेपालीबाट मोदीको अभिनन्दनको विरोध भएका प्रति संघीय सरकारले मुख खोलेकोछैन । तर, ‘राष्ट्रवाद’को आडमा सत्ता हत्याएका ओली नेतृत्वकै सरकारले मोदीलाई नाकाबन्दीको ‘पुरस्कार’ दिन खाजेको टिप्पणी राजनीतिक नेतृत्व, प्रबुद्ध व्यक्ति र सर्वसाधारणले गरिरहेका छन् । सामाजिक सञ्जालमा त विरोधको जेहाद नै छेडिएको छ ।छिमेकी देशका प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु राम्रो हो । दुई छिमेकी मुलुक संधै तिक्तताको सम्बन्धमा रहनु पनि हुन्न । तर, सम्बन्ध सुधारका लागि भन्दै गर्न लागिएको धार्मिक भ्रमणमा राज्यस्तरबाटैगर्न लागिएको नागरिक अभिनन्दले दिने र लिने दुवैलाई विवादमा तानेको छ ।
No comments:
Post a Comment