एक वर्षमा सीमा नक्सांकनको तथ्यांक : ३१ नयाँ, १०१ मर्मत
कञ्चनपुर, वैशाख २८ – नेपाल भारत सीमा विवाद टुङग्याउन दुवै देशका संयुक्त टोलीले सीमा नक्सांकनको काम गरिरहेका छन् । सीमा क्षेत्रका विषयमा पटक–पटक विवाद पछि नेपाल भारत संयुक्त सर्भे टोलीले सीमा नक्सांकन सुरुगरेका हुन् ।
एक वर्षको अवधिमा निर्मल आचार्य र सुदर्शन सिंह धामीसहितको नेपाल भारत संयुक्त सर्भे टोलीले सीमा क्षेत्रको नक्सांकन गरिसकेका छन् । सर्भे टोलीले एक वर्षभित्रमा गरेका कामको तथ्यांक विहीबार सार्वजनिक गरेको छ । नेपाल भारत संयुक्त सर्भे टोलीले कैलाली र कञ्चनपुरमा नक्सांकन गरिएका ६ सय ५९ सीमा स्तम्भमध्ये २ सय ९० वटा सीमा स्तम्भ नयाँ बनाउनुपर्ने जनाएको छ ।
सर्भे टोलीले कैलालीमा रहेका २ सय ८२ सीमा स्तम्भमध्ये ७३ वटा र कञ्चनपुरमा रहेका ३ सय ७७ सीमा स्तम्भमध्ये २ सय १७ वटा सीमा स्तम्भ नयाँ बनाउनु पर्ने जनाएको हो ।संयुक्त सर्भे टोलीमा नेपालको नेतृत्व गरिरहनु भएका नापी विभागका अधिकृत सुदर्शन सिंह धामीले नक्सांकन गरिएका सीमा स्तम्भ मध्ये कैलालीमा १ सय ४१ र कञ्चनपुरमा १ सय २५ वटा सीमा स्तम्भ मर्मत गर्नुपर्ने बताउनुभयो । उहाँले कैलालीमा ६८ वटा र कञ्चनपुरमा ३५ वटा सीमा स्तम्भ पानीभित्र वा बालुवामा रहेका बताउनुभयो ।
२ वर्ष भित्र ७ नम्बर प्रदेशको सीमा जोडिएका जिल्लाहरुकोनक्सांकन गर्ने जिम्मेवारी पाएको संयुक्त सर्भे टोलीले एक वर्षको अवधिमा कैलालीको खग्रोलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म अवलोकन गरेको छ भने कैलालीमा ३१ वटा सीमा स्तम्भ निर्माण तथा १ सय १ वटा सीमा स्तम्भ मर्मत गरेको छ ।
नापी विभागका अधिकृत धामीले भन्नुभयो ‘अहिलेसम्म कैलालीको खग्रौलादेखि कञ्चनपुरको ब्रह्मदेवसम्म अवलोकन तथा कैलाालीमा ३१ वटा सीमा स्तम्भ पूनर्निर्माण र १ सय १ वटा सीमा स्तम्भ मर्मत ग¥यौँ ।’
धामीका अनुसार सीमा नक्सांकनका क्रममा कैलालीको केही ठाँउमा नेपालको भूमी भारततर्फ र भारतको भूमी नेपालतर्फ परेको छ ।‘भजनिको मारियाघाटमा नेपालले भोगचलन गर्दै आएको ६/७ बिघा र फुलबारीमा १६/१७ बिघा भारतको परेको छ’, उहाँले भन्नुभयो‘तर अन्य ठाँउमा भारतले भोगचलन गर्दै आएको झण्डै ६० बिघा जमिन नेपालको परेको छ ।’ भारतको जमिन नेपालतर्फ पर्दा खुशी हुने र नेपालको जमिन भारततर्फ पर्दा विवाद गर्ने परिपाटीले काम गर्न असहज भएको उहाँको भनाई छ ।सीमा फेरबदलकैलालीमा मोहना नदीसँग जोडिएको केहि ठाँउमा सीमा फेरबदल भएको छ । नदीले धार परिर्वतन गर्दा सीमा क्षेत्र फेरबदल भएको हो । ‘सीमा नक्सांकन सँधै हुँदैन । तर नदीको धार बर्सेनि परिवर्तन भइरन्छ’ धामीले भन्नुभयो ‘उ बेला सीमा नक्सांकन गर्दा मोहना नदीको धार एकातिर थियो । अहिले अर्कैतिर छ ।’‘सीमाना कहिल्यै फेरबदल हुदैन । फेरबदल हुने नदीको धार हो’, उहाँले भन्नुभयो ‘नदीले जता बगर बनायो, त्यो ठाँउ त्यहि देशले भोगचलन गरिरहेको हुन्छ । तर, भोगचलन गर्दैमा त्यो भूमि उसैको हुन्छ भन्ने गलत हो ।’काम गर्न असहजसंयुक्त सर्भे टोलीले सीमा नक्सांकनको काम थालेको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधीमा दुई वटा टोलीले सीमा नक्सांकलनको काम गरिसकेका छन् ।
यसअघि, निर्मल आर्चाय नेतृत्वको सर्भे टोलीले झण्डै दुई महिना काम गरेर विभागले बोलाएको भन्दै काम पूरा नगरी फर्किएको थियो भने गत पुस २७ गतेबाट सुर्दशन सिंह धामी नेतृत्वको संयुक्त सर्भे टोलीले सीमा नक्सांकनको काम गरिरहेको छ ।तर, सीमा नक्सांकन गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय रराजनीतिक दलले सहयोग नगरेको संयुक्त सर्भे टोलीमा नेपालको नेतृत्व गरिरहेका नापी विभागका अधिकृत धामीले गुनासो छ ।‘सीमा नक्सांकन सजिलो काम होइन । यसका लागि सुरक्षाको खाँचो हुन्छ’, धामीले भन्नुभयो । उहाँका अनुसार भारतीय पक्षसँग सुरक्षाको राम्रो व्यवस्था भए पनि नेपाली पक्षसँग सुरक्षाको खासै राम्रो व्यवस्था छैन।‘यो काम सर्भे टोलीको मात्रै होइन ।
यसलाई सबैले आफ्नो दायित्व बोध नगराएसम्म काम गर्न गाह्रो छ’ धामीले भन्नुभयो ‘हामीले मन्त्री, सीडियो, सुरक्षा निकाय, राजनीतिक दल सबैलाई राखेर छलफल गरेका छौ । तर, काम गर्दा कसैले साथ दिएको देखिँदैन।’ समयमै काम सकिँदैनसरकारले भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, दार्चुलालगायत जिल्लाका सीमा क्षेत्रमा देखिएका विवाद टुङग्याउन नेपाल भारत संयुक्त सर्भे टोलीलाई सीमा नक्सांकनका लागि दुई वर्षको समय दिएको छ ।
सर्भे टोलीले एक वर्षमा कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने ६ सय ५९ सीमा स्तम्भको अवलोकन र कैलालीमा ३१ वटा सीमा स्तम्भ निर्माण तथा १ सय १ वटा सीमा स्तम्भ मर्मतको काम मात्रै गरेको छ ।दुई वर्षको समय भए पनि समयमै सीमा नक्सांकनको काम सकिनेमा नापी विभागका अधिकृत धामी आफैँ सशंकित हुनुहुन्छ । ‘हामीलाई दुई वर्ष भित्रमा काम सक्नुपर्ने म्याण्डेड छ,’ धामीले भन्नुभयो ‘तर, आम नागरिक र अन्य व्यक्ति तथा निकायबाट हुनुपर्ने सहयोग छैन् । त्यसैले पनि समयमै काम सकिन्छ जस्तो लाग्दैन ।’एक वर्ष एउटा जिल्लामा मात्रै नयाँ सीमा स्तम्भ बनाउने, मर्मत गर्नेलगायतको काम भएका बताउदै यहि गतिले काम भए तोकिएको समयमा काम नसकिने उहाँले बताउनुभयो ।
No comments:
Post a Comment