खानेपानी मन्त्री विना मगर सहितको टोलिद्वारा पुनर्वासको सर्वाङ्गिण विकासका लागि केन्द्र सरकारसंग आवश्यक बजेट माग
______विशेष प्राथमिकता _____
# यथासिघ्र सीमा समस्या समाधान
# सशस्त्र प्रहरी क्याम्पको स्थापना
# एमबिबिएस चिकित्सक सहितको ५० शैयाको अस्पताल
# पुनर्वास जोड्ने ५० किलोमिटर कालोपत्रे रिङरोड
# कृषि क्याम्पस स्थापना
# विद्युत प्राधिकरणको सव-पावर स्टेसन सहितको शाखा
# आधुनिक ल्याण्डफिल्ड साइडको निर्माण
# विस्थापित छोटी भन्सारलाई पुनःस्थापन
# सुकुम्बासी समस्या समाधान
हेमन्त न्यौपाने
पुनर्वास, जेष्ठ ०६
समृद्ध पुनर्वासको खाका लिएर काठमाडौं पुगेको पुनर्वासको डेलिगेसन टोलिले शुक्रबार सम्ममा ११ वटा छुट्टाछुट्टै मन्त्रालयमा पुगि माग पत्र पेश गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको नेतृत्वमा कञ्चनपुरबाट हिडेको टिमलाई खानेपानी मन्त्री विना मगर, राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट, प्रदेश सभा सदस्य तारा लामा तामाङ लगायतले साथ र सहयोग गरेका थियो ।
टोलिले पुनर्वासको सीमा समस्या, सुकुम्बासी समस्या, कटान लगायतका समस्या समाधान गर्दै विकासे योजना लिएर केन्द्र सरकारका विभिन्न मन्त्रालयमा ढोका ढकढ्क्याएको छ । टोलिले माग गरेका बिषयहरु यथासिघ्र सम्बोधन गरिने मन्त्रीहरुले आश्वासन समेत दिएका छन ।
टोलिले नेपालभारत सीमा विवाद यथासिघ्र समाधान गराउन, भारतीय पक्षद्वारा नेपाली भुमि मिच्दै स्थानीयलाई आतंकित पारेकाले अतिक्रमित नेपाली भु-भाग फिर्ता गराई राष्ट्रिय स्तरबाट सीमाको स्पष्ट निर्धारण गर्ने व्यवस्था मिलाउन माग गरेको छ त्यस्तै नेपालभारत सीमा क्षेत्रमा जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट बर्षेनि ठुलो मात्रामा आउने जंगली जनावरका कारण नेपाली जनधनको क्षति हुँदै आईरहेकोमा यस क्षेत्रमा विद्युतिय तारबार गर्ने व्यवस्था मिलाईदिनु हुन भनी माग गरिएको छ ।
सीमा क्षेत्रमा हुनसक्ने अपराधीक गतिविधि न्यूनीकरण गर्न तथा सीमा क्षेत्रको नियमित रेखदेख गर्न सीमा क्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरी क्याम्प व्यवस्था गरिदिन हुन भनी माग गरिएको छ । नेपाल विद्युत प्राधिकरणको सव-पावर स्टेसन सहितको शाखा व्यवस्था गर्न त्रिभुवनबस्ती स्वास्थ्यचौकीलाई ५० शैयाको बेड सहित एमबिबिएस चिकित्सक रहने गरि स्तरोन्नति गर्ने व्यवस्था मिलाइदिनु हुन भनी माग गरिएको छ ।
________________________________________
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समक्ष माग
यस मन्त्रालयमा समेत सीमा समस्याका कुरालाई महत्त्वका साथ उठाईएको छ । पुनर्वास नगरपालिकाको आईबिआरडी बजारमा आधुनिक कम्प्लेक्स सहितको भ्युटावर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन हुन भनी माग गरिएको छ । वडा नम्बर ११ को मोहना नदिमा रहेको पिकनिक स्पट, वडा नम्बर १० को दोदा नदि किनाराको पिकनिक स्पट, वडा नम्बर ८ को किशान जनजागरण वनको पिकनिक स्पट, वडा नम्बर ११ मा रहेको सिद्धदेवी धाम, वडा नम्बर ९ को प्याराताल, ४ को बन्दाताल, वडा नम्बर ४ कै कोटिहोम क्षेत्र, वडा नम्बर १ को कालेश्वर मन्दिर जस्ता पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन गरियोस भनी माग गरिएको छ ।
________________________________________
वन तथा वातावरण मन्त्रालय समक्ष माग
यस मन्त्रालयमा नेपालभारत सीमा क्षेत्रमा जोडिएको भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट बर्षेनि ठुलो मात्रामा आउने जंगली जनावरका कारण नेपाली जनधनको क्षति हुँदै आईरहेकोमा यस क्षेत्रमा विद्युतिय तारबार तथा अन्य कुनै दीर्घकालीन योजना व्यवस्था मिलाईदिनु हुन भनी मागपत्रमा उल्लेख गरिएको छ ।
यस मन्त्रालयमा समेत वडा नम्बर ८ मा रहेको जनजागरण सामुदायिक वन क्षेत्रको पिकनिक स्पटमा भुटावर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ ।
________________________________________
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय समक्ष माग
पुनर्वास नगरपालिका वडा नम्बर ३ मा कृषि क्याम्पको स्थापना गरियोस, नगरपालिकामा एउटा नमुना विद्यालय स्थापना गरियोस, एउटा प्राविधिक क्याम्पस स्थापना गरिदिन हुन भनी मागपत्रमा उल्लेख गरिएको छ । वडा नम्बर ६ मा रहेको जनता बहुमुखी क्याम्पसमा भवन अभाव रहेको हुँदा १० कोठे भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरियोस भनी माग गरिएको छ ।
________________________________________
खानेपानी तथा सरसफाइ मन्त्रालय समक्ष माग
यसै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका साझा उम्मेदवार भएर प्रतिनिधि सभासदस्य जितेर हाल नेपाल सरकारको खानेपानी मन्त्री बन्नुभएकी मन्त्री विना मगर रहनुभएको यस मन्त्रालयमा टोलिले धेरै आशा र अपेक्षा गर्दै लामो सुचिको मागपत्र प्रस्तुत गरेको छ । सीमा समस्या यथासिघ्र समाधान, भारतीय जंगलबाट आउने जंगली जनावर नियन्त्रण गर्न आवस्यक तारवार तथा अन्य व्यवस्था मिलाईदिन, त्रिभुवनबस्ती स्वास्थ्यचौकीलाई ५० शैयाको बेड सहित एमबिबिएस चिकित्सक रहने गरि स्तरोन्नति र वडा नम्बर १० र ११ मा समेत स्वास्थ चौकीको लागि व्यवस्था मिलाइदिनुहुन भनी मागपत्रमा लेखिएको छ । त्यस्तै, प्रत्येक वडामा स्वास्थ्य क्लिनिक स्थापना, पुनर्वास नगरपालिकाको सबै क्षेत्र छुनेगरि ४० किलोमिटरको ४ लेनको चक्रपथ निर्माण, दोधा नदिमा तटबन्धनको व्यवस्था, त्रिभुवनबस्ती स्वास्थ्यचौकी देखि दोधा पुल सम्मको कृषि सडकलाई कालोपत्रे गर्न आवश्यक प्रवन्ध मिलाई बजेट विनियोजन गराईदिन हुन भनी माग गरिएको छ ।
त्यस्तै, पुनर्वासको पुरानो अनि अति आवश्यक सुकुम्बासी समस्या समाधानका लागि छिटो नितिगत व्यवस्थापन गरिदिन, पुनर्वास नगरपालिकाको विस्थापित छोटी भन्सारलाई पुनःस्थापन र स्तरउन्नतिका लागि आवश्यक व्यवस्था मिलाईदिन, शहरी विकासका लागि व्यवस्थित तथा उच्च प्रविधियुक्त ढल निकास निर्माणको व्यवस्था गतिदिन, विशिष्ट सामाजिक, धार्मिक क्षेत्रको प्रवर्द्धन गर्न धार्मिक तथा सांस्कृतिक पर्यटनको विकास तथा भ्युटावरको निर्माण गरिदिन, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पुनर्वासमा उखुको सुपर जोन, केराको ब्लक कार्यक्रम उपलब्ध गराईदिन, मझौला तथा ठुला सिंचाइ आयोजनाहरु व्यवस्था गरिदिन, कृषि सडकहरुको स्तरोन्नति गरिदिन, खेलकुदका लागि छुट्याएको जमिनमा कवर्ड हलको स्थापना गराईदिन, वडा नम्बर ११ को डोके बजार, वडा नम्बर १० को चकमलि बजार, वडा नम्बर ८ प्रगती बजार र वडा नम्बर ४ को आनन्द बजारमा सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिन तथा नगरपालिकामा आधुनिक ल्याण्डफिल्ड साइडको निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिनुहुन माग गरिएको छ ।
________________________________________
भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय समक्ष माग
यस मन्त्रालय पुनर्वास नगरपालिकाको सुकुम्बासी समस्या समाधानका लागि छिटोभन्दा छिटो नितिगत व्यवस्था गरिदिन, नगरपालिकामा एउटा कोल्डस्टोर स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत पुनर्वासमा उखुको सुपर जोन, केराको ब्लक कार्यक्रम उपलब्ध गराईदिन, कृषिमा आत्मनिर्भरका लागि साना सिंचाइ परियोजना लागू गरिदिन, नगरपालिकामा एउटा कृषि उत्पादन वस्तुहरुको संकलन केन्द्र स्थापना गरिदिन भनी मागपत्रमा उल्लेख गरिएको छ ।
________________________________________
भौतिक योजना पुर्वाधार तथा यातायात मन्त्रालय समक्ष माग
विकासे योजनाहरुका लागि मानिएको भौतिक योजना मन्त्रालयमा पहिलो बुँदामा पुनर्वास नगरपालिकाको प्रत्यक वडा छुनेगरि लगभग ५० किलोमीटर चार लेन सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन भनी मागपत्र पेश गरिएको छ ।
पुनर्वास नगरपालिका ११ को ६ किलोमीटर भित्री सडक कालोपत्रेका लागि आवश्यक बजेट व्यवस्था गरिदिन, दोधा पुल देखि परासन स्वास्थ्य चौकी सम्मको सडक कालोपत्रेका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, नगरपालिका भित्रका सम्पुर्ण कृषि सडकको स्तरोन्नति गरि कालोपत्रेका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, वडा नम्बर १० को लमौया खोलामा पक्की पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनहुन, वडा नम्बर २ भागेश्वर सुगर मिल हुँदै लालझाडी गाउँपालिका १ को बिचमा दोदा नदिमा झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११ को मोहना नदि किनारामा र वडा नम्बर ५ र १० मा पर्ने दोदा नदि किनारामा शवदाह गृह निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनहुन भनी माग गरिएको छ ।
________________________________________
पुनर्वासको खेलकुद विकासको योजना सहित टोलिले खेलकुद मन्त्री जगत विश्वकर्मालाई भेटी वडा नम्बर ५ मा निर्माणाधीन कभर्ड हललाई आधुनिक कभर्ड हल बनाउनका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, वडा नम्बर ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदान निर्माणका लागि आवश्यक बजेट विनियोजन गराइदिन हुन, वडा नम्बर ३को खेलमैदान निर्माण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, खेलकुद सामाग्रीका लागि पुनर्वास नगरपालिकामा आवश्यक बजेट उपलब्ध गराइदिन भनी माग गरेको छ ।
________________________________________
page 3
टोलिले गृह मन्त्री राम बहादुर थापालाई भेटी नेपालभारत सीमा विवाद यथासिघ्र समाधान गराउन, भारतीय पक्षबाट पटकपटक सीमा मिच्दै स्थानीयलाई आतंकित पारेकाले अतिक्रमित नेपाली भु-भाग फिर्ता गराई राष्ट्रिय स्तरबाट स्पष्ट सीमा निर्धारण गर्ने व्यवस्था मिलाउन हुन, सीमा क्षेत्रमा हुन सक्ने अपराधीक गतिविधि न्यूनीकरण गर्न तथा सीमा क्षेत्रको नियमित रेखदेख गर्न सीमा क्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरी क्याम्प व्यवस्था गरिदिनुहुन, वडा नम्बर १० को पचकडिया प्रहरी चौकि विस्तापित भएकाले पुनःस्थापनका लागि आवश्यक प्रवन्ध मिलाईदिनुहुन, वडा नम्बर ३ को अस्थायी प्रहरी चौकीलाई स्थायी गरि भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गराईदिनुहुन भनी मागपत्र पेश गरेको।छ ।
________________________________________
सुचना तथा सञ्चार मन्त्रालय समक्ष माग
पुनर्वास नगरपालिका भित्र नेपाल टेलिकम टावरको क्षमता विस्तार गरिदिनुहुन, पुनर्वास नगरपालिकाको सम्पुर्ण वडाहरुमा ल्यण्डलाइन सेवा विस्तार गरिदिनुहुन र मोबाइल ४ जि सेवाको समेत विस्तार गरिदिनुहुन, पुनर्वास नगर भित्रका सबै वडाहरुमा ईन्टरनेट एडिएसएल सेवा विस्तार गरिदिनुहुन भनी माग गरिएको छ ।
________________________________________
उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्षमाग
पुनर्वास नगरपालिका ६ मा रहेको नेपाल विद्युत प्राधिकरणको जमिनमा सवस्टेसन तथा विद्युत शाखा स्थापना गरिदिनुहुन, पुनर्वास नगरपालिकाका सम्पुर्ण वडाका लागि ३० थान १०० केभीको ट्रान्सर्फमर उपलब्ध गराईदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११ को देउराली नालामा लगभग ३ किलोमिटर तटबन्धका लागि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिका वडा नम्बर ११, २ र ४ मा रहेका डिप ट्युवेललाई सिंचाइ प्रणालीमा परिणत गरि आवश्यक बजेट विनियोजन गरिदिनुहुन, पुनर्वास नगरपालिकाका सम्पुर्ण वडाहरुमा ११ वटा डिपट्युवेल तथा ५०० वटा स्यालो ट्युवेलका लागि आवश्यक बजेट बिनियोजन गराईदिनुहुन भनी माग गरिएको छ ।
No comments:
Post a Comment