Wednesday, May 16, 2018

गर्भवती महिलाले के गर्ने के नगर्ने ? जान्नुहोस् भ्रम र वास्तविकता

हाम्रै साझा पत्रिका
पुनर्वास, जेठ ०२
दैनिक रुपमा योग तथा व्याम गर्नाले हरेक उमेरका व्यक्तिलाई फाइदा पुग्छ ।

यहाँ सम्मकी गर्भवतीमहिलाहरुले पनि दैनिक योग गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ । तर गर्भावस्थामा रहेका महिलाहरुलाई योगाका कुनै कुनै कार्यहरु नगर्ने सल्लाह दिइएको छ । गर्भावस्थामा योगाको बारेमा लिएर विभिन्न प्रकारका भम्रहरु फैलिएका छन् ।
जान्नुहोस् गर्भवती महिलाको लागी योगा सम्बन्धिभ्रम र वास्तविकता ।

१. पीठ्युँको सहायताले नपल्टिनुहोस्

धेरै जनाले भन्ने गर्दछन् गर्भवती महिलाले पिठ्युँमा भार पर्ने कुनै पनि कामहरु गर्नु हुदैन यसो गर्नाले बच्चा र आमा दुवैलाई असर पर्दछ । तर यस अवस्थाका महिलाहरुले योगा कक्षामायस्ता व्यामहरु सजिलै गर्न सक्दछन् ।

२. दैनिक कीगल व्यायाम

व्यायाम त्यस्तो व्यायाम हो जसले तपाईको यौन सम्बन्धि सम्पूर्ण समस्याको समधान गर्दछ र दैनिक रुपमा कीगल व्यायाम गर्नाले शरिरका मांशपेशिहरुलाई पनि फाइदा हुन्छ ।

३. नयाँ व्यायाम

नयाँ वा कुनै पनि योग आसन गर्दा शरिरलाई कुनै पनिकष्ट नदिई योगा गर्ने कोसिस गर्नु पर्दछ ।

४. इंवर्जनले तपाईको बच्चा उल्टो बनाईदिन्छ

इंवर्जन आसन त्यस्तो आसन हो जुन आसन गर्दा सबै शरिर उल्टो हुने गर्दछ  । यसले गर्दा गर्भावस्थामा रहेको महिलाहरुलाई यो व्यायाम गर्न दिइदैन जसबाट बच्चा जन्माउँदा गाह्रो हुन्छ भन्ने मान्यता रहेको हुन्छ । तर यो योग आसनगर्नाले बच्चा र आमा दुवैलाई फाइदा हुन्छ ।

५. धेरै काम नगर्ने

गर्भवस्थामा रहेका हरेक महिलालाई सबैजनाले दिनेयो मुख्य सल्लाह हो । यस्तो अवस्थामा धेरै गह्रौ काम भने गर्नुे हुदैन तर स–साना कामहरु गर्दैमा तपाईको बच्चालाई कुनै खतरा भने हुदैन । घर वा अफिसमा तपाईहरुले यस्ता कामहरु गर्न सक्नुहुन्छजसबाट तपाईको शरिरका मांशपेशिहरुलाई फाइदा हुन्छ ।

No comments:

Post a Comment