Wednesday, May 16, 2018

पार्टी एकतामा ‘ब्रेक थ्रु’, एमालेले बोलायो आकस्मिक केन्द्रीय कमिटी बैठक

काठमाडौँ ।
   नेकपा एमाले र माओवादी केन्द्रबीच जारी एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको छ ।

एकता प्रक्रियालाईनिष्कर्षमा पुर्याउन नेकपा एमालेले डेढवर्षपछि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

त्यसअघि १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने बुधबार बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको‘वान टु वान’ वार्ताले तय गरेको थियो ।“एकता प्रक्रिया निष्कर्षउन्मुख छ, दुवैपार्टीले बैठक बोलाएका छन् ।

आजै एमाले स्थायी कमिटीको बैठक बस्दैछ,” नेम्वाङले भने ।

त्यस्तै, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि एकताको गतिरोध अन्त्य भएको बताए । उनले केहीबेरमा पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गरिएको बताउँदै छ्ट्टिै एकता हुने दिशामा अघि बढेको जानकारी दिए।

No comments:

Post a Comment