काठमाडौँ ।
भोली नै एमाले माओवादीको एकता हुने, ४ सय जना केन्द्रीय सदस्य हुने !काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रबीच भोली नै एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने सहमति भएको छ ।बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको ‘वान टु वान’ वार्ता पश्चात दुई नेताले दुवै दलको उच्चस्तरिय नेताहरुको बैठक डाकेका छन् । पार्टी एकताको टुङ्गोमा पुगिएको जानकारी दिनका लागि दुवै दलले बैठक डाकेका छन् ।
नेकपा एमालेले पार्टी केन्द्रीयकार्यालयमा पार्टी स्थायि समिति बैठक बोलाएकोछ भने माओवादी केन्द्रले अध्यक्ष निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तरित बैठक बोलाएका छन् ।दुई नेताबीच बुधबार करिब २ घण्टा लामो छलफल भएको थियो । छलफलका क्रममा केन्द्रीय समितिमामाओवादी भन्दा एमालेबाट २५ जना बढी केन्द्रीयसदस्य सहभागी हुनेछन् । पार्टी एकता संयोजन समितिले भोली विहान १० बजे बैठक बोलाएको छ ।माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त पार्टीमा ४ सय जना केन्द्रीय सदस्य हुने जनाइएको छ ।
No comments:
Post a Comment