Friday, February 22, 2019
पुनर्वासमा शनिबार एकदिने स्वास्थ्य सिविर सञ्चालन हुँदै
हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन १०
कञ्चनपुरको पुनर्वास नगरपालिकामा भोलि शनिबार एकदिने स्वास्थ्यसिविर सञ्चालन हुनेभएको छ । धनगढीको माया मेट्रो हस्पिटलको आयोजनामा पुनर्वासको जेठो विद्यालय मानिने पुनर्वास जनता उच्च माध्यमिक विद्यालय पुनपा ६ मा स्वास्थ्यसिविर सञ्चालन हुने भएको छ ।
स्त्रीरोग, हार्डजोर्नी, नाक कान घाँटी सम्बन्धि, सर्जरी, पेट सम्बन्धि तथा बाल रोग सम्बन्धि विशेषज्ञ डाक्टरहरु आउने भएका छन । सिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु आउने भएका छन । विशेषज्ञ डाक्टरहरुमा डाक्टर मोहन सिंह साउद, डाक्टर पुजन पन्त, फिजिसियन डाक्टर विनय बास्तोला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुशिला भण्डारी गरि ६ जना विशेषज्ञ डाक्टरहरु आउने कार्यक्रम तय भएको अस्पताल सदस्य कविता बिष्टले जानकारी दिनुभयो ।
विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुआई एकदिनका लागि सञ्चालन हुने स्वास्थ्यसिविरबाट पुर्ण स्वस्थ्यलाभ लिन पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले नगरबासीहरुमा आह्वान गर्नुभएको छ ।
सिविरमा नाम दर्ता गराउन शुल्क लाग्नेछैनभने हस्पिटल जानुपर्ने, अप्रेसन गर्नुपर्ने जस्ता स्वास्थ्यसमस्या देखिए रोग हेरेर विशेष छुट सहित उपचार हुने बिष्टले जानकारी गराउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment