Wednesday, March 20, 2019

कञ्चनपुरको पुनर्वासमा राहत शिक्षक र बाल विकास शिक्षकको अन्तरकृया कार्यक्रम सम्पन्न ।
-सुनिलकुमार लो कञ्चनपुर, ६ चैत गत फाल्गुन १९ गतेदेखि २५ गतेसम्म भएको राहत तथा बाल विकास शिक्षकहरुको काठमाडौ केन्द्रीत आन्दोलनको समिक्षा गर्न कञ्चनपुरको पुनर्वासमा हिजो मङ्गलबार अन्तर्कृयात्मक कार्यक्रम भएको छ । त्रिभुवन वस्ती स्थीत पुनर्वास जनता माध्यमिक विदयालयमा भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका विभिन्न विद्यालयमा अध्यापन गराउने राहत शिक्षक र बाल विकास शिक्षकहरुको उपस्थिति थियोे । राहत शिक्षक पुनर्वास नगर समिति र बाल विकास शिक्षक पुनर्वास नगर समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा राहत शिक्षक पुनर्वास कार्यसमितिका अध्यक्ष जय बहादुर मडै सभापति हुनुहुन्थ्यो । प्रमुख अतिथिमा नेपाल राहत शिक्षकका केन्द्रिय वरिष्ठ सह-अध्यक्ष नवीन सिंह धामी हुनुहुन्थ्यो । बिशिस्ट अतिथिका रुपमा नेपाल राहत शिक्षक प्रदेश अध्यक्ष प्रेमबहादुर सिंह र अतिथिका रुपमा नेपाल राहत शिक्षक प्रदेश सदस्य कुसुम न्यौपाने, नेपाल शिक्षक महासंघ अछामका जिल्ला अध्यक्ष दीपक कुँवर, बाल विकास शिक्षक संगठन कञ्चनपुर अध्यक्ष विन्दु बिष्ट, नेपाल राहत शिक्षक कञ्चनपुरका उपाध्यक्ष विरेन्द्र बहादुर सिंह, बाल विकासका जिल्ला सचीव लक्ष्मी पाण्डेयको उपस्थिति थियो । कार्यक्रममा राहत तथा बाल विकास शिक्षकहरुले गत फाल्गुन १९ गतेदेखि २५ गतेसम्म भएको काठमाडौ केन्द्रित आन्दोलनको उपलब्धिका बारेमा आफ्ना जिज्ञासा राख्नुभएको थियोे । कार्यक्रममा शिक्षकहरुको गुनासो र जिज्ञासाको उत्तर दिदै केन्द्रिय वरिष्ठ सह-अध्यक्ष नवीन सिंह धामिले २०७२ सालमा नियुक्ति पाएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षाबाट स्थायी हुने अवसर दिने सरकारले २०६० सालदेखि नियुक्ति पाई शिक्षण गरीरहेका राहत शिक्षकहरुलाई सौतेनी व्यवहार गरीरहेको बताउनुभयो । उहाँले राहत शिक्षकहरु तत्कालीन समयमा लिखित र मौखिक परिक्षा उत्तीर्ण गरि सेवामा प्रवेश गरेकाले कुनैपनि हालतमा अयोग्य नभएको जिकिर गर्नुहुँदै बाह्र बर्ष अगाडी नियुक्ति पाएका एस्पीलाई जवानसंग दौडाए एस्पी समेत अयोग्य सावित हुने बताउनुभयो । राहत शिक्षक पुनर्वास नगर समितिका अध्यक्ष जय बहादुर मडैले सम्पूर्ण शिक्षक साथीहरूमा आर्थिक र साङ्गठानीक ईमान्दारीता भएमात्र आफूहरू सफल हुने बताउदै आन्दोलनको लागि तयारी अवस्थामा रहन सबैलाई आग्रह गर्नुभएको थियो । कार्यक्रमलाई नगर सचिव नवराज ओझाले संचालन गर्नुभएको थियो । 

No comments:

Post a Comment