अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आउनु भएका सर्बज्ञ वाग्लेले गैह्र आवासीय संघ अमेरिकाको आसन्न निर्वाचनबाट बन्ने ( २०१९-२१ ) सम्मको कार्यकालको लागी उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
उहाँ लेखक ,सञ्चारकर्मी, व्यड्ग्यकार तथा कथाकार समेत हुनुहुन्छ । उहाँका नेपाली साहित्यमा जुवाघर ( व्यड्ग्य कृति ) ,क्यासिनो ( कथा सड्ग्रह ) र युधिष्ठिर ( कथा सड्ग्रह ) र साँढे ( व्यड्ग्य कथा ) गरि चार कृतिहरू प्रकाशन भइसकेका छन् भने उहाँको पहिलो उपन्यास कृति प्रकाशनको अन्तिम तयारीमा छ ।
पुनर्वासका वाग्ले यतिबेला रोजगारीका लागि अमेरिकास्थित क्यालिफोर्नियामा बस्दै आएका छन ।
वाग्लेले यस अघि पनि यस संस्थाको जिम्मेवार पूर्ण पदमा बसेर काम गरेको लामो अनुभव छ । उनको अनुभव,सोच र कार्यायोजनाहरू यस कार्यकालमा पनि संस्थालाई चुस्त ,दुरुस्त सेवामुखि बनाउन अति नै उपयोगी सिद्द हुने त्यहाका नेपालीहरु बताउँछन् । लामो समय देखि अमेरिकी नेपाली समाजमा उनको योगदान अमूल्य छ । संस्थाको हित,उन्नति,प्रगतिको लागी अहोरात्र खट्ने प्रतिबद्धता जाहेर गर्दै सबै चिर-परिचित ,इमान्दार , ब्याक्तित्व भएकोले एनआरएन एनसिसिको अमेरिका पश्चिम क्षेत्रको उपाध्यक्षमा निर्वाचित गराउनु हुन् अमेरिकामा बसोबास गर्नुहुने सम्पूर्ण बा-आमा ,दाजुभाई दिदिबहिनि , विद्यार्थी साथीहरू तथा सम्पूर्ण मित्रहरू सबैलाई उहाँले मतदान गरि विजयी गराउन हुन अपिल समेत गर्नुभएको छ।
एमटी खबरबाट ।
No comments:
Post a Comment