कञ्चनपुर, १९ जेठ ।
रुकुममा भएको हत्याको विरोधमा पुनर्वासमा विरोध कार्यक्रमको आयोजना गरीने भएको छ । आज सोमबार विहान ११:०० बजे पुनर्वास ६ स्थित पूर्णलक्ष्मी चलचित्र मन्दिरमा सो विरोध कार्यक्रमको आयोजना गरिएको दलित अगुवा तथा नेकपा कञ्चनपुर जिल्ला कमिटी सदस्य भारमल सुनारले जानकारी गराएका छ्न ।
सो विरोध कार्यक्रममा सम्पुर्ण दलित समुदायका अगुवाहरु,सवै दलका व्यक्तिहरु,नागरिक समाज, पत्रकार, दलित अधिकारकर्मी र आन्दोलन प्रती समर्थन र सहानुभूति राख्ने सवैलाई उपस्थितिको लागी आव्हान गरिएको छ ।

सो हत्याकाण्डको अनुसन्धानका लागी दलित सांसद सहितको संसदीय छानबिन समिति गठन गर्नुपर्ने, घटनाका दोषीहरुलाई सर्वस्व सहित आजिवन कारावास हुनुपर्ने, मृतकहरुलाई सहिद घोषणा गर्नुपर्ने र नेपालमा सदाको लागि जातीय भेदभाव अन्त्य गर्न संविधान संशोधन गरि मृत्युदण्डको व्यवस्था गर्नुपर्ने जस्ता मागहरू सो विरोध कार्यक्रममा राखिने भएको छ ।
गत जेठ १० गते जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । त्यस काण्डमा ज्यान गुमाएका नवराज विकसहित पाँच जना मध्ये चार जनाको शव फेला परिसकेको छ भने १७ बर्षिय गोविन्द शाहीको खोजी भईरहेको छ ।
यस घटनाको सर्वत्र विरोध भएपछि अहिले त्यस घटनाको सत्यतथ्य बाहिर ल्याउन र मृतक परिवारलाई उचित न्याय दिन अनुसन्धान भईरहेको छ ।
जातीय भेदभावकै कारण सो हत्याकाण्ड भएको भन्दै अहिले नेपालभरीका दलित समुदाय आन्दोलित भईरहेका छ्न ।

No comments:
Post a Comment