Monday, June 1, 2020

रुकुम हत्याकाण्डको विरोधमा पुनर्वासका दलित समुदाय आन्दोलित

-सुनिलकुमार लो
कञ्चनपुर, १९ जेठ ।
रुकुम हत्याकाण्डको विरोधमा पुनर्वासका दलित समुदाय आन्दोलित भएका छ्न । गणतन्त्रमा पनि दलितहरु जातीय विभेदकै कारण मारीनु परेको भन्दै यो कुरिति सदाको लागि अन्त्य हुनुपर्ने माग उनीहरूको छ । संविधानमै संशोधन गरेर भएपनि जातीय विभेद गर्नेलाई मृत्युदण्डको सजायँको व्यवस्था गर्नुपर्ने भन्दै दलित अगुवाहरुले मागको बेवास्ता गरीए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छ्न ।
सोमबार पुनर्वास ६ स्थित पुर्णलक्ष्मी चलचित्र मन्दिरको प्राङ्गणमा भेला भई सो भेला जुलुसमा परिणत  भएको थियोे । स्थानीय आईबिआरडी बजारलाई परिक्रमा गर्दै ईलाका प्रशासन कार्यालय, त्रिभुवन बस्तीमा पुगि ज्ञापन-पत्र बुझाएको थियोे । 
ईलाका प्रशासन कार्यालयको प्राङ्गणमा आयोजित  कोणसभामा बोल्दै पूर्व शिक्षक तथा समाजसेवी टेकबहादुर विश्वकर्मा(जेमिन)ले जातीय उत्पीडन र भेदभावको कारण दलितहरुले ज्यान गुमाईरहनु पर्ने अवस्थालाई सदाका लागि अन्त्य गर्न आन्दोलनको विकल्प नभएको विचार राखेका थिए ।
मन्तव्यको क्रममा नेकपा कञ्चनपुरका जिल्ला कमिटी सदस्य आरपी सार्कीले जातीय कुसंस्कार र भेदभाव विरुद्ध सुरु गरिएको डिजिटल आन्दोलनलाई आफुलाई बौद्धिक भन्न रुचाउने व्यक्तिहरुबाटै विरोध भएकोमा आक्रोश प्रकट गरे ।
नेकपा सुदुरपश्चिम प्रदेश सदस्य दिपक बिसीले विश्व एक्काइसौं शताब्दीमा दौडिरहेको वर्तमान परिप्रेक्ष्यमा मान्छेले मान्छे माथी विभेद गर्ने र मान्छेले छोएको पानी नचल्ने अवस्था हटाईदेउ सरकार भनेर आन्दोलन गर्नुपर्ने अवस्था अत्यन्त लज्जास्पद र विडम्बनापूर्ण भएको बताए ।
कार्यक्रममा बोल्दै
पूर्व सहायक राज्यमन्त्री लालबहादुर विश्वकर्माले एउटा दलितले अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा मारिनुपर्ने कुन युगमा बाँचिरहेका छौ ? भनेर प्रश्न गरेका थिए ।

No comments:

Post a Comment