-सुनिलकुमार लो
कञ्चनपुर, १७ जेठ ।
गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको हत्याकाण्डको विरोधमा पुनर्वास-बेलौरीका नेकपा निकट दलित युवाहरूले डिजिटल आन्दोलनको घोषणा गरेका छ्न ।
त्यो घटना अत्यन्त पासविक, बर्बर तथा जातीय विभेदको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।
हिजो शुक्रबार पुनर्वासमा बसेको भेलाले डिजिटल आन्दोलनको घोषणा गर्नुका साथै भोलि आईतवार एक बजे सुदुरपश्चिमको मुख्यमन्त्री कार्यालयमा भेला भई कालो पट्टी र कालो झण्डा सहित एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाई सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेकपा जिल्ला कमिटी सदस्य भारमल सुनारले बताए ।
भेलामा पुनर्वास र बेलौरी नगरपालिकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका दलित युवा नेताहरुको उपस्थिति थियोे । उपस्थितिमा नेकपा प्रदेश कमिटी सदस्य कमरेड दिपक बि.सि (आदर्श), नेकपा नेता क. राम बहादुर देवकर (रक्तविज), नेकपा जिल्ला कमिटी सदस्य क. आर.पी सार्की, नेकपा कञ्चनपुर जिल्ला कमिटी सदस्य भारमल सुनार, नेकपा नेता कमरेड विनोद नेपाली, नेकपा नेता क. गगन बि.क, नेकपा बेलौरी नगर कमिटी सचीव क. हर्क भुल (रोचक), नेकपा पुनर्वास नगर कमिटी सदस्य क. अशोक सार्की,नेकपा भिमदत्त नगर कमिटी सदस्य क. भगत सिंह बि.क, नेता क. दान बहादुर बि.क, दलित अधिकारकर्मी युवा नेता क. जि.बि आग्री, नेता सुरेश सार्की, क. टेक बहादुर बि.क, क. लक्ष्मण बि.क, क. रमेश फुलौटी, युवा नेता क.रुपेश बि.क. लगायतको उपस्थिति थियोे ।
के हो डिजिटल आन्दोलन?
विभिन्न पार्टीमा आवद्ध दलित समुदायका नेता कार्यकर्ताले आफ्नो नेतृत्वलाई तथा सरकारलाई सामाजिक सञ्जाल मार्फत दवाब दिने अभियान चलाउने भएका छ्न । जसलाई उनीहरुले डिजिटल आन्दोलनको नाम दिएका छ्न ।
यस अन्तर्गत पहिलो चरणमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले
प्रोफाईल तस्वीरमा कालो पृष्ठभुमिमा "जातीय विभेद गर्नेलाई मृत्युदण्डको व्यवस्था गर", "जातीय विभेद अन्त्य गरौ" जस्ता नारा राख्ने निर्णय गरिएको छ । त्यसैगरी सामाजिक सञ्जालमा कुनै भनाइ (स्टाटस) राख्दा कालो पृष्ठभुमिमा राख्ने, सामाजिक सञ्जाल मार्फत जातीय भेदभावको विरोधमा लेख्ने तथा सबैलाई जातीय भेदभावको विरुद्ध एक हुन आग्रह गर्ने र संविधान संशोधन गरेरै भएपनि जातीय विभेद गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न दवाब दिने कार्यक्रम रहेको बताईएको छ । कोभिड १९ को कारण देशमा जारी लकडाउनलाई मध्यनजर राख्दै सामाजिक सञ्जाल तथा फोन मार्फत आफ्ना भनाईहरु राखी आफू आवद्ध पार्टी तथा सरकारलाई दवाब दिने कार्यलाई डिजिटल आन्दोलनको नाम दिईएको नेकपा नेता बिनोद नेपालीले बताए ।
डिजिटल आन्दोलन किन?
नेकपा नेता बिनोद नेपालीले सरकार मै रहेका जिम्मेवार व्यक्तिहरुबाट रुकुम हत्याकाण्डको बारेमा गैरजिम्मेवार र हलुका अभिव्यक्ती आएकाले आफुहरु आन्दोलनमा जानुको विकल्प नरहेको विचार राखेका छ्न । अपराधिहरुले उन्मुक्ती पाउने र पीडितहरुले न्याय नपाउने विडम्बनापूर्ण अवस्था आउन लागेको आभास पाएको कारण
आफुहरुले आन्दोलन गरेको उनले बताए ।
के थियोे घटना ?
गत जेठ १० गते जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । त्यस काण्डमा ज्यान गुमाएका नवराज विकसहित पाँच जना मध्ये चार जनाको शव फेला परिसकेको छ भने १७ बर्षिय गोविन्द शाहीको खोजी भईरहेको छ ।
यस घटनामा संलग्न भनिएका मृतक नवराजकी प्रेमिका, उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
No comments:
Post a Comment