Sunday, June 14, 2020

सुदुरका चौथो कोरोना संक्रमित स्वास्थ्यकर्मी डडेल्धुरा अस्पतालको स्वास्थ्यकर्मी भएको खुलासा


डडेल्धुरा, ३२ जेठ ।
सुदुरपश्चिममा हालसम्म चारजना स्वास्थ्यकर्मीहरु संक्रमित भएका छ्न । सनिवार संक्रमित देखिएका दुई स्वास्थ्यकर्मिहरु कञ्चनपुरको लालझाडीका ३२ वर्षीय पुरुष र डडेल्धुराको २७ बर्षिया महिला हुन ।

गत शनिवार डडेल्धुरामा एकै दिनमा २४ जनामा कोरोना पुष्टि भएको थियोे । सोही २४ जना मध्ये एक जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।संक्रमितहरु तेईस जना नवदुर्गा गाउँपालिकाको रहेको र २७ बर्षीया महिला डडेल्धुरा अस्पतालमा कार्यरत नर्सिङ स्टाफ रहेको खुलेको हो ।
उनी अहिले आईसोलनमा रहेको अस्पतालका निमित्त मेसु डाक्टर जगदिशचन्द्र विष्टले जानकारी दिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट टेसिंगको काम भईरहेको विष्टले बताए । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ ।
यस अघि कञ्चनपुरको पुर्नवास नगरपालिकामा दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ ।

No comments:

Post a Comment