Monday, July 20, 2020

भदौ १ गतेबाट आन्तरिक तथा बाह्य उडान सुरु


काठमाडौ । पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतेबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान बन्द गरेको थियोे ।

No comments:

Post a Comment