देवराज गिरी पुनर्वास , ९ भदौ / सोमबार राती परेको भारी बर्षा सँगै काटिएको विद्युत लाईनले माछा व्यावसायिको लाखौं नोक्सान भएको छ। कंचनपुरको पुनर्वास-२ मा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन गर्दै आएका शम्भु सार्कीको बर्षा सँगै काटिएको बिद्युत कारण अक्सिजन अभाव भएर ६००० कमनकार प्रजातिका माछा मरेपछी लाखौंको क्षति भएको हो । बिदेश बाट स्वदेश फर्किए पछि माछा ब्यबसायमा जम्न थालेका युवा ब्यबसायी पहिलो लटमै लाखौ क्षति ब्यहोर्नु परेपछि निरास बनेका छन। साथिभाई, आफन्त र साहु बाट ऋणको जोहो गरेर नयाँ प्रबिधिको प्रयोग गरेर माछा पालन सुरु गरेपनी ससानो कारणले हुने बुद्युत अवरोधका कारण उनको सपनामा तुसारापात भएको छ। सोमबार राती करिब ८ बजे भारी वर्षा सुरु हुन साथ पुनर्वासको बिद्युत पनि काटिएको थियो। तर राती ८ बजे काटिएको बिद्युत बिहान सम्म आएन। बिद्युत नभए पछि माछालाई अक्सिजन सोलार शक्ति बाट प्रयोग गरेपनी लामो समय त्यसबाट प्रयाप्त अक्सिजन दिन नसकेकोले जम्मै माछा मरेको युवा ब्यबसयी सम्भुले बताएका छन । उनले भने " ४/५ बर्ष बिदेशमा पसिना बगाए अब गाउँ मै केहिगरौ भनेर नयाँ प्राविधि बाट माछा पालन सुरु गरे तर पहिलो लटमै यति ठूलो घाटा खानु पर्ने भयो। अब कसरि माथी उस्कने ।" उनले हल्का वर्षा सुरु हुनसाथ बिद्युत काटिदिने, तर वर्षा रोकिए पनि लामो समय सुचारु नफर्ने प्राधिकरणको लापरबाही प्रती आक्रोश ब्यक्त गरेका छन। उनको आक्रोश सगै हामिले विद्युत बितरण केन्द्र बेलौरीका एक कर्मचारीसङ बिद्युत अबरुद्ध हुनुको कारण बारेमा बुझ्न खोज्दा उनले पुनर्वासको विद्युतको बारेमा थाहा नभएको र त्यस्का लागि नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गरि बुझ्न सुझाए। नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गर्दा बिडम्पना त के भने फोन नै उठ्दैन। यसरी सानो सानो निहुमा पनि पुनर्वासमा बिजुली काटिनु बिडम्बना नै बनेको छ। उसो त प्राधिकरणले बिद्युत लाईन किलेर गर्ने र फल्ट पत्ता लगाउने भन्दै केही दिन अगाडि पनि पूरा दिन लाईन अबरुद्ध गरेर काम गरेको थियो तर पनि समस्या ज्युको तिहु देखिन्छ । यो सँगै गाउमा बसेर केही गर्छु भन्ने सोच गरेर ब्यबसाय गर्न सपना देख्नेहरुको सपना बिच्चैमा तुषारापात हुनु झन कति बिड्म्पना होला। शम्भु तिनै ब्यक्ति हुन जसले लामो समय बिदेशी भुमीमा आफ्नो श्रम बेचे र फेरि पनि बिदेश जानका लागि काठमान्डौ पुगेका थिए तर काठमाडौ पुग्दा सम्मको लामो र पट्त्यार लाग्दो बाटोले हुनलाई झकझक्ययो र अरुको देशमा बगाउने पसिना आफ्नै देशमा बगाउन सुझायो । गाँउमै केही गरेर युवाहरुलाई प्रेरणा दिने लक्ष्य सम्ममा मात्र पुगाएन एउटा स्पष्ट सपना उनका सामु राख्यो । तब उनि बिदेश नगएर काठमाडौ पुनः गाउँ फर्किए र ब्यबसायी बने । तर अरुको लापरबाहीले लाखौ क्षती ब्यहोर्ने अबस्था आएपछी भने अहिले उनी निराश बनेका छन पुनर्वासमा उनी मात्र एक्ला युवा ब्यबसयी हैनन बरु धेरै युवाहरु कुनै न कुनै ब्यबसायमा संलग्न हुदैछन र भैइपनि रहेका छन । तर यी युवा व्यावसायिलाई प्रोत्साहन गर्न स्थानीय सरकारले लगानी मैत्री बाताबरण तयार गर्न सक्ला कि नसक्ला ? यी ब्यबसायी हरुलाई प्रोत्साहन गर्न के कस्ता कार्यक्रम ल्याउला ? लगानी दुब्न नदिन अरु के ब्यबस्था गर्न सकिएला ? यस्तै यस्तै थुप्रै प्रश्न बारे अब स्थानीय सरकार गम्भीर बन्न्नु पर्ने समय आएन र? अब प्रश्न खडा भएको छ।
No comments:
Post a Comment